site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ सार्वजनिक 

ललितपुर । कमलमणि प्रकाशन प्रा.लि.ले प्रकाशनमा ल्याएको ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’ (दोस्रो ठेली) सार्वजनिक भएको छ । यस पुस्तकमा लोक साहित्य, साहित्यको प्रारम्भिक काल, माध्यमिक काल र अनुवाद सम्बन्धी विषय समेटिएको छ । ललितपुर पाटनढोकास्थित यलमाया केन्द्रमा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि, नेपाली भाषा साहित्यका विद्वान प्रा.डा. वासुदेव त्रिपाठीले सो पुस्तक सार्वजनिक गरे ।

प्रमुख अतिथि प्राडा त्रिपाठीले मदन पुरस्कार पुस्तकाल र साहित्यकार कमलमणि दीक्षितसँग आफ्नो सम्वन्ध विस्तारको चर्चा गर्दै सार्वजनिक भएको पुस्तक नेपाली साहित्यमा कोसेढुङ्गा भएको उल्लेख गरे । पुस्तकका सम्पादकमध्येका एक प्रा.डा. दयाराम श्रेष्ठले यो पुस्तक विद्वान लेखकहरूबाट लेखिएको लेखहरूको संग्रह भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुस्तकका प्रधान सम्पादक प्रा.डा. माधवप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कुन्द दीक्षित र गीता त्रिपाठीले पनि बोलेका थिए ।  करिब हजार पृष्ठको पुस्तक चार भागमा विभक्त छ । ‘नेपाली लोक साहित्य र विधागत अनुसन्धानको इतिहास’को सम्पादन प्राडा चुडामणि बन्धुले गरेका छन् भने ‘प्रारम्भिक कालको नेपाली साहित्यको पूर्वपीठिका’को सम्पादन प्राडा दयाराम श्रेष्ठले गरेका छन् ।

त्यस्तै ‘नेपाली साहित्यका माध्यमिक कालको इतिहास’को सम्पादन कमलमणि दीक्षित र डा. नारायण गडतौलाले गरेका छन् भने ‘नेपालमा अनुवादको इतिहास’लाई बलराम अधिकारीले सम्पादन गरेका छन् । 

   
 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १९:१४
प्रतिक्रिया दिनुहोस्