site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दशकपछि आयो चलचित्र "तुलसी"

काठमाडाैं । ऋचा घिमिरेको प्रस्तुतिमा, शंकर घिमिरेको निर्माण तथा निर्देशनमा तयार नेपाली कथानक चलचित्र 'तुलसी' BODHI HD को आधिकारिक यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ । "देशमा अझै विद्यमान रहेको छुवाछुत तथा जातीय विभेदजस्तो गहन विषयवस्तुमा केन्द्रित चलचित्र तुलसीले चेतनाका साथै मनोरञ्जन दिनेछ, दर्शकहरुले अवश्य मन पराउनुहुनेछ," कलाकार तथा प्रस्तुतकर्ता ऋचा घिमिरेले बताइन् ।

चलचित्रमा ऋचा घिमिरे , विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भुमिकामा छन् भने विशेष भूमिकाहरुमा राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर रहेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रा.लि. को ब्यानरमा तयार "तुलसी" को साङ्गीतिक पाटो वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको अनुभवले सजिएको छ । यसअघि सार्वजनिक "आजको रमाइलो बेला" बोलको गीतलाई दर्शकले रुचाएका थिए जसमा एकसाथ सबै सुपरस्टारहरु राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, तृप्ति नाडकर, भुवन केसी, मौसमी मल्लको नृत्य रहको थियो । चलचित्रमा जम्मा पाँचवटा गीतहरु रहेका छन् जसमा आशा भोषले, साधना सरगम, शान तथा सुपरहीट लोकप्रिय गायक स्व. कुमार कान्छाले स्वर दिएका छन् ।

पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ । चलचित्र 'तुलसी'को एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ । 'तुलसी'लाई शिवम् अधिकारीले लेखेका हुन् जसको सम्पादन शिव पुरीले गरेका हुन् भने यसमा छायाँकन दीपक बज्राचार्यको रहेको छ ।

भिडियो

 

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६  १९:०३
प्रतिक्रिया दिनुहोस्