
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ‘जनक बालपत्रिका’ प्रकाशन सुरु गरेको छ । विभिन्न विधाका बालोपयोगी पठन तथा अभ्यास सामग्री समेटिएको यस त्रैमासिक पत्रिकामा स्थापित रचनाकार एवम् बालबालिकाका विभिन्न रचना समावेश गरिने छन् ।
आइतबार जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले उक्त पत्रिका विमोचन गरेका छन् ।
पत्रिका विमोचन गर्दै बरालले बालोपयोगी सामग्री समेटिएका यस्ता पत्रिकाले विद्यार्थीको पठन संस्कारको क्षितिज विस्तार गर्ने र पाठ्यान्तर व्रिmयाकलापमा विद्यार्थीको सव्रिmयता बढाउने बताए ।
पत्रिकाबारे बोल्दै पाठ्यव्रmम विकास केन्द्रमा महानिर्देशक डा. लेखनाथ पौडेल, जनक शिक्षाका प्रबन्ध सञ्चालक महेश तिमिल्सेना र लेखक जीवनाथ धमलाले पत्रिकाले समेटेको चैतन्य पक्ष, विषय क्षेत्र विस्तार र निरन्तरता एवम् विद्यार्थीको प्रतिभा प्रस्फुटन र संस्थाको सामाजिक दायित्वको विषयमा चर्चा गरे ।
उक्त कार्यक्रममा बालबालिकालाई पढाइप्रति उत्प्रेरित गर्ने उद्देश्यले बालबालिकाको शैक्षिकस्तर अनुकूलका पठन सामग्री पर्याप्त नभइरहेको अवस्थामा यो पत्रिकाले उक्त अभाव पूर्ति गर्ने वक्ताहरुले बताएका छन् ।
चरञ्जीवी बराल, गणेशप्रसाद भट्टराई, जयन्ती सत्याल र चित्र आचार्यद्वारा सम्पादित जनक बालपत्रिकाको डिजाइन सन्तोषकुमार दाहालले गरेका छन् ।
६४ पृष्ठको रङ्गीन कलेवरमा रहेको पत्रिकाको मूल्य १० रुपैयाँ रहेको छ ।