साहित्य

काठमाडौं । सामाजिक सञ्जालमार्फत् नै एन्ड्रयू निबोनलाई पति सम्बोधन गरेकी अभिनेत्री इलिआना डिक्रुजले सामाजिक सञ्जाल मार्फत् नै पतिसँगको सम्बन्ध टुटेको घोषणा गरेकी छिन् । उनले इन्स्टाग्राममा आफ्नो र निबोनसँगको सबै फोटो हटाएकी छिन् भने यी दुवैले एकअर्कालाई अनफलो पनि गरेका छन् ।
यी जोडीले सामाजिक सञ्जालबाहेक अफिसियल रुपमा भने कहिले पनि आफ्नो सम्बन्धको बारेमा बोलेका थिएनन् । अंग्रेजी म्यागजिन स्पटब्वाइका अनुसार यी जोडी फेरि सम्बन्धमा बस्ने कुनै पनि मुडमा छैनन् ।
एन्ड्रयू निबोन अष्ट्रेलियन फोटोग्राफर हुन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६ १६:१४
प्रतिक्रिया दिनुहोस्