site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भ्वाइस अफ नेपाल युट्युबको एक नम्बर ट्रेन्डिङमा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिङगिङ रियालिटी ‘शो’ भ्वाइस अफ नेपाल युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । भ्वाइस अफ नेपाल सिजन–२ को तेस्रो श्रृंखला युट्युबको नेपाल च्याप्टरमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । 

युट्युब ट्रेन्डिङको दुई नम्बरमा नेपाली कथानक चलचित्र ‘कृ’ छ । एक साता लगातार एक नम्बरमा रहेको ‘कृ’ भ्वाइस अफ नेपाल एक नम्बरमा पुगेपछि दुई नम्बरमा धकेलिएको हो । 

भ्वाइस अफ नेपाल सिजन–२ को कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत छन् । भ्वाइस अफ नेपालको पहिलो सिजनको विजेता सिडी विजय अधिकारी भएका थिए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ९, २०७६  १४:३१
प्रतिक्रिया दिनुहोस्