site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खेलाडीहरुको आत्मविश्वास: जित्नकै लागि जाँदैछौं
Sarbottam CementSarbottam Cement

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्ससँग चैत १५ गते हुने ‘अवे’ खेलको लागि नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । फिलिपिन्सको राजधानी मनिलामा हुने छनोटको पहिलो खेलअघि नेपाली राष्ट्रिय फुटबल टोलीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अन्तिम तयारी गरिरहेको छ । 

नेपाली टोलीले बिहान दैनिक ३ – ४ घण्टा तयारी गरिरहेका छन् । फिलिपिन्सविरुद्धको खेलका लागि नेपाली टोलीलाई मुख्य प्रशिक्षक जापानिज ग्योतुकु कोजी, सहायक प्रशिक्षक राजुकाजी शाक्य र गोल किपर प्रशिक्षक उज्जवल श्रेष्ठको टोलीले प्रशिक्षण गराइरहेका छन् । र, नेपाली टोलीले शुक्रबार अन्तिम दिनको अभ्यास गर्नेछन् । अखिल नेपाल फुटबल संघ एन्फाले पनि नेपाली टोलीलाई शुक्रबार बिदाइ गर्ने कार्यक्रम राखेको छ ।

फिलिपिन्स फिफा वरियतामा नेपालभन्दा ४६ औं स्थान माथि छ । पछिल्लो समय एसियामा पावर हाउस बन्ने होडमा रहेको फिलिपिन्सका केही खेलाडीहरुको युरोपमा शीर्ष डिभिजनका लिग खेलेको अनुभव छ । त्यसमाथि फिलिपिन्सविरुद्ध नेपाली टोलीको पछिल्लो नतिजा सम्झन लायक छैन । तर, फिलिपिन्स जानुअघि टिममा परेका खेलाडीहरु हौसिएका छन् । उनीहरु फिलिपिन्सलाई पराजित गर्ने आत्मविश्वासमा पुगेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“फिलिपिन्ससँग डराएर खेल्नु पर्ने अवस्था छैन,” नेपाली टिमका कप्तान विराज महर्जनले ढुक्कका साथ भने, “जित्न जाँदैछांै ।” नेपालले पछिल्लो समय दोहामा भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग ३–० को हार बेहोरेको थियो । यस्तै, नेपालले फिलिपिन्ससँग त्यसअघिको दुई मैत्रीपूर्ण खेल गुमाएको छ । नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो । 

\"\"तर, त्यसयता नेपाली टोलीमा धेरै सुधार आएको छ । नेपालले गतवर्ष बंगलादेशमा बंगबन्धु, भारतमा सम्पन्न साग गेम्समा स्वर्ण र गत कात्तिकमा एएफसी सोलिडारिटी कप जितेर आफूलाई प्रमाणित गरिसकेको छ । जसको कारण पनि नेपाली टोली फिलिपिन्सबिरुद्ध जित्ने योजनामा रहेको कप्तान विराजको भनाइ छ ।

Global Ime bank

“हाम्रो ओभरअल तयारी राम्रो छ । केटाहरू फिट छन् । पहिले फिलिपिन्ससँग आफ्नै गल्तीका कारण हारेका थियौँ । तर, अहिले हामी फिलिपिन्सलाई पराजित गर्न नसक्ने भन्ने तथ्य छैन,” विराजले थपे, “पछिल्लो समय जितको मानसिकता बोकेका छौँ र त्यही अनुसार नतिजा आएको छ । हामी पूर्ण जित्ने योजनामा छौ ।” सदाझैँ नेपालले यो पटक अन्तर्राष्ट्रिय खेलअघि मैत्रीपूर्ण खेल खेलेन । तर, करिब दुई महिनायताको तयारीमा नेपाली टोली फिलिपिन्ससँग मैदान ओर्लदैछ । यसले टोलीलाई केही घाटा हुने कप्तान विराजको बुझाइ छ । “मैत्रीपूर्ण खेल टिमको लागि महत्वपूर्ण हुन्छ । हामीले यो समय मैत्रीपूर्ण खेल खेल्न सकेनौ । जसको कारण टिममा केही घाटा भने हुन्छ,” विराजले भने । 

फिलिपिन्सविरुद्धको खेलका लागि नियमित कप्तान अनिल गुरूङ परेका छैनन् । त्यस्तै, नियमित फरवार्ड नवयुग श्रेष्ठ चोटका कारण राष्ट्रिय टीमबाट बाहिरिएका छन् । यो पटक रोहित चन्द, जितेन्द्र कार्की र कर्ण लिम्बुले नेपाली टोलीमा पुनरागमन गरेका छन् । 

यस्तै, पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सबाट फर्किएर नेपाली टोलीमा सामेल भइसकेका छन् । किरण माल्दिभ्सको शीर्ष डिभिजन लिग उपविजेता ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सबाट त्यहाँको शिर्ष लिग खेलिरहेका थिए ।  तर, फिलिपिन्ससँगको खेलका लागि किरण नेपाल फर्कदै बुधबारबाट टोलीको अभ्यासमा फर्किएका हुन् । र, नेपालले फिलिपिन्सलाई पराजित गर्नेमा किरण पनि आशावादी दखिए ।

“फिलिपिन्स त्यति धेरै राम्रो टिम हैन ।  हामीभन्दा केहि माथि हो ।  हामीले हराउन नसक्ने भन्ने छैन,” किरणले  भने, “हामी पनि एक लेभलमा पुगेका टिम हौँ । फुटबलमा राम्रो र टप टिमले मात्र जित्दैन, टप टिमलाई सानो टिमले पराजित गरेको देख्दै आएको पनि छौँ । त्यसैले हामी जित्नको लागि जानेछौँ ।” त्यस्तै उनले नेपाली टोली फिलिपिन्ससँग अंक गुमाउने पक्षमा नरहेको बताए । किरणले थपे, “हामीले सक्ने प्रयास गर्नेछौं । मैले मेरो तर्फबाट सक्ने प्रयास पनि गर्ने छु । हामीले उसको मैदानमा अंक गुमाउनु हँुदैन । त्यसो भएमा हामीले हाम्रो मैदानमा उनीहरुसंग ३ अंक लिन सक्छौं ।” 

\"\"होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्ने छन् । त्यसअघि नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । त्यस्तै नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । 

एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई  मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement