site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकारिताको विकल्पमा व्यवसाय, को के गर्छन् ?
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्र उद्योगमा कलाकार र निर्देशकको पारिश्रमिकबारे बेलाबेला चर्चा चल्ने गर्छ । चलचित्रको व्यापार ओरालो लागिरहेका बेला कलाकारको पारिश्रमिकको पारो भने चढिरहेको निर्माता गुनासो गर्छन् । कलाकारले पारिश्रमिक बढाएकै कारण चलचित्र निर्माण गर्ने आँट गर्न नसकेको पुराना निर्माताहरुले बताइरहेका छन् भने नयाँ निर्माताहरु पनि कमैमात्रै दोहोरिने गरेका छन् । 

बजार र व्यापारको तुलनामा कलाकारको पारिश्रमिक महँगो भएको गुनासो एक पक्षबाट आइरहेका बेला स्वयम् कलाकार भने वैकल्पिक पेसा अपनाइरहेका छन् । बजारमा रुचाइएका कलाकारहरु नै वैकल्पिक पेशा गरिरहेका छन् । वैकल्पिक पेशा अपनाउनेमा चलचित्रमा मुख्य अभिनय गर्नेदेखि चरित्र अभिनयमा जम्नेसम्म छन् ।

नायिका नम्रता श्रेष्ठ अहिलेकी रोजाइकी नायिका हुन् । उनी प्रतिचलचित्र  १५ लाखसम्म पारिश्रमिक लिन्छिन् । उनीसम्म प्रशस्त स्क्रिप्ट आउँछन् । तर नम्रता कथा, निर्देशक र समग्र टिम हेरेर मात्रै चलचित्र खेल्ने–नखेल्ने निर्णय गर्छिन् । 

KFC Island Ad
NIC Asia

अफरहरु आइरहने, पारिश्रमिक पनि राम्रो लिइरहेकी नम्रता पनि वैकल्पिक पेशा गरिरहेकी छन् । उनी रेष्टुराँ व्यवसायी हुन् । उनको एट्टिक रेष्टुराँ तथा बार छ । 

नायिका ऋचा शर्मा पनि अब्बल नायिकाहरुको सूचीमा पर्छिन् । उनी पनि चलचित्रसँगै अन्य व्यवसायमा छिन् । उनले पाङ्ग्रो नामक रेष्टुराँ सञ्चालन गरिरहेकी छन् । रेष्टुराँ खोले पनि उनी चलचित्र क्षेत्रबाट टाढिएकी भने छैनन् । भदौबाट सुरु हुन लागेको कमेडी च्याम्पियनमा उनी निर्णायकको भूमिका निभाउँदैछिन् । 

Royal Enfield Island Ad

श्वेता खड्का पनि अभिनय र व्यवसाय दुवैलाई सँगै अगाडि बढाइरहेकी नायिका हुन् । पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘कान्छी’ हो । नायिकासँगै निर्मात्रीसमेत रहेकी श्वेता हिमालयन जाभा कफी सप सञ्चालन गर्दै आएकी छन् । 

वर्षा राउत र सञ्जोग कोइराला पनि कलाकारितासँगै व्यवसाय गरिरहेका कलाकार हुन् । चलचित्रमा वर्षाको राम्रै उपस्थिति र माग भइरहेका बेला उनी चिया अड्डा खोलेर बसेकी छन् । सञ्जोग र वर्षाले संयुक्त रुपमा चलाइरहेका छन् यो व्यवसाय ।  

मोडल तथा कलाकार कृति भट्टराई पनि अन्य पेशा अपनाउनेमा पर्छिन् । कृतिले अर्ग्यानिक एसप्रेसो कफी सप खोलेकी छन् ।  सञ्चारकर्मीसमेत रहेकी उनको अर्ग्यानिक एसप्रेसोमा कफीसँगै   मःमः, स्यान्डवीच तथा बेकरी आइटम पाइन्छ । उनी अहिले कलाकारिताबाट टाढिएकी छन् । 

नायक गौरव पहारी पनि कलाकारिता र व्यवसाय दुवैलाई सँगै अगाडि बढाइरहेका छन् । उनी रेष्टुराँ व्यवसायी हुन् । 

नायक सरोज खनाल पनि अभिनयसँगै अन्य पेशा व्यवसायमा संलग्न कलाकार हुन् । कुनै समय रोजाइका नायक रहेका सरोज अहिले चरित्र अभिनेतामा परिणत भएका छन् । उनी अहिले ह्याचरी उद्योग खोलेर बसेका छन् । हरेक दिन बिहान उनी ललितपुरको एकान्तकुना पुगेर ह्याचरी व्यवसायमा सक्रिय हुन्छन् । 

कलाकार कामश्वेर चौरसिया पनि अभिनयसँगै व्यवसाय गर्दै आएका छन् । करिब एक वर्ष कामका लागि कुनै पनि चलचित्रबाट प्रस्ताव नआएपछि उनले माछा–भुजा बेच्ने खाजा पसल खोले । 

चरित्र अभिनेता उत्तम केसी सरकारी जागिरे हुन् । यद्यपि अहिले रिटायर्ड हुन् । 

कलाकार पूर्ण केसी पनि कलाकारितासँगै सरकारी जागिरे थिए । सञ्चारकर्मी उनी रेडियो नेपालमा काम गर्छन् । 

गायिका सुनिता दुलाल पनि गायनसँगै व्यवसायमा आवद्ध छिन् । सुनिताले डालो नामक फाष्ट फुड रेष्टुराँ सञ्चालन गर्दै आएकी छिन् । उनी केही समय पहिला अनलाइन बिजनेस पनि गर्थिन् ।  

गायक नारायण रायमाझी, गायिका राधिका हमाल रेकर्डिङ स्टुडियो खोलेर सञ्चालन गरिरहेका छन् । स्टुडियो खोलेर व्यवसाय गर्ने कलाकारको संख्या निकै ठूलो छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro