साहित्य

काठमाडौं । चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’को पुरस्कार रकम बढाउने भएको छ । हरेक विधामा २५ हजार रुपैयाँ प्रदान गरिँदै आएकोमा अर्को वर्षबाट बढाएर ५१ हजार रुपैयाँ बनाउन लागिएको बोर्डले जनाएकाे छ ।
बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर यही २७ असारमा २०७३, २०७४ र २०७५ गरी तीन वर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गर्ने भएको छ ।
हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह विविध कारणले २०७४ र ०७५ मा हुनसकेको थिएन ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६ ०९:५८
प्रतिक्रिया दिनुहोस्