site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
युट्युब ट्रेन्डिङमा दुई नेपाली चलचित्र

काठमाडौं । युट्युब ट्रेन्डिङमा दुई नेपाली कथानक चलचित्र आइपुगेका छन् । युट्युबको नेपाल च्याप्टरमा चलचित्र ‘फाटेको जुत्ता’ र ‘रामकहानी’ ट्रेन्डिङमा आइपुगेका हुन् । 

‘फाटेको जुत्ता’ ट्रेन्डिङमा एक नम्बरमा छ भने  ‘रामकहानी’ दुई नम्बरमा छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘रामकहानी’मा पुजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सनविक्रम राई, रवीन्द्र झा, राजाराम पौडेल लगायत कलाकार छन् ।

‘फाटेको जुत्ता’मा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रवीन्द्र झा लगायत कलाकारको अभिनय छ । 

‘रामकहानी’ शुदर्शन थापाले निर्देशन गरेका हुन् भने ‘फाटेको जुत्ता’ निकेश खड्का निर्देशित चलचित्र हो ।   

ट्रेन्डिङ दुई र चारमा हिन्दी चलचित्र छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १५:२७
प्रतिक्रिया दिनुहोस्