
काठमाडौं । नेपाली सर्ट फिल्म ‘द मुन इज ब्राइट टु नाइट’ले सार्क फिल्म फेष्टिवलमा अवार्ड हात पारेको छ । श्रीलंकामा भएको सार्क फिल्म फेष्टिवलमा ‘द मुन इज ब्राइट टु नाइट’ले ‘स्पेसल जुरी रिकगनिसन’ अवार्ड जितेको हो ।
‘द मुन इज ब्राइट टु नाइट’ अभिनास विक्रम शाहले निर्देशन गरेको यो चलचित्र १५ मिनेट लामो छ । उक्त फिल्म फेष्टिवलमा अर्को सर्ट मुभी ‘द रिमाइन्स’ पनि सहभागीता जनाएको छ ।
सोही फिल्म फेष्टिवलमा नेपाली कथानक चलचित्र ‘बुलबुल’की नायिका स्वस्तिमा खड्काले ‘वेष्ट पफर्मर जुरी अवार्ड २०१९’ जितेकी छन् ।
विनोद पौडेलले निर्देशन गरेको चलचित्र ‘बुलबुल’मा स्वस्तिमा खड्का मुख्य भूमिकामा छिन् भने उनको अपोजिटमा मुकुन भुषाल छन् ।
सार्क फिल्म फेष्टिवलमा नेपालबाट फिचर फिल्म ‘बुलबुल’ सँगै ‘हरि’ र ‘प्रसाद’ले सहभागीता जनाएका थिए ।