site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 नेपाल टुर गर्दै सुगम पाेखरेल

काठमाडौं । गायक सुगम पोखरेलको वन एमबी फेरी त्यो दिन’ नेपाल टुर हुने भएको छ । फेम नेपालको आयोजनामा देशका विभिन्न जिल्लामा आयोजना हुन लागेको कन्सर्ट सुगमको पहिलो इन्डोर कन्सर्ट हुनेछ । 

जुलाई १२ मा पोखराको किङ्स लाउन्जबाट शुरु हुने कन्सर्ट जुलाई १३ तारिक बुटवलको द कन्सेप्ट, जुलाई १५ तारिक नारायणगढको ग्यालेक्सी एम्पायरमा हुनेछ । जुलाई १७ तारिक इटहरीको इम्पेरियल, जुलाई १९ तारिक धरानको भिन्टेज,  जुलाई २६ मा काठमाडौंको प्ले बोई क्लबमा हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं बाहिर साँझ ६ बजे देखि ११ बजेसम्म आयोजना हुने कन्सर्ट काठमाडौंमा भने राति ९ बजे देखि बिहान ४ बजेसम्म आयोजना हुनेछ । 

कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीत प्रस्तुत गर्नेछन् । 

फेम नेपालका प्रबन्ध निर्देशक बिमल पछाईले ‘नेपाली संगीतको उत्सव’ भन्ने नाराका साथ आगामी दिनमा अन्य गायक गायिकालाई समेटेर अन्य साङ्गितिक टुरहरुको आयोजना गरिने जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १७:१४
प्रतिक्रिया दिनुहोस्