
ऐ नानी तिमी कस्तो ।
साह्रै पढ्ने ज्ञानी जस्तो ।
दिउँसो हेर्दा घामै जस्तो
राति हेर्दा जुन जस्तो
ऐ नानी तिमी कस्तो ।
उज्यालोको खानी जस्तो ।
यताबाट हेर्दा पुतली जस्तो
उताबाट हेर्दा फूलै जस्तो
ऐ नानी तिमी कस्तो ।
मुसुमुसु हाँस्ने देउतै जस्तो ।
प्रेरणा
खुट्टा बिनाको साहसी
साम नाम गरेको व्यक्तिको फिलादेखि तल खुट्टाका सबै भाग छैन । तर पनि उनले जीवनका सबै चुनौती स्वीकार गरेका छन् ।
उनको एउटा खुट्टामा जन्मदै खराबी आएको थियो । पछि चिकित्सले दुवै खुट्टा नकाटे खतरा बढ्ने देखे । १३ वर्षको उमेरमा उनको खुट्टा माथिसम्मै काटिए । अब साम पूरै मात्रामा हातको सहारमा बाँच्न थाले ।
आज उनी अरु सामान्य मानिसजस्तै मोटर चलाउन सक्छन्, अध्ययन गर्छन्, विलियर्ड खेल्छन् र अरुले गर्ने सबै काम सहजरुपमा आफू नै गर्छन् । उनका हात अहिले पनि सक्षम छन्– अरु मानिस उनीसँग हात लडाउन डराउँछन् । जम्मा ७५ सेन्टिमिटर अग्ला साम कुनै कार्यमा कोहीभन्दा कम छैनन् ।
सामले के प्रस्ट गरेर देखाइदिएका छन् भने अपाङ्ग पनि कोहीभन्दा कम छैनन् । शरीरका कुनै अंँग नहुँदैमा जीवन बोझलो किसिमले जिउनु पर्दैन । केवल साहस, जाँगर र आत्मबल चाहिन्छ ।
(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री ।)