site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘छ माया छपक्कै’ को इन्टरनेशनल राइट्स अहिलेसम्मकै महङ्गो मूल्यमा विक्री

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छ माया छपक्कै’ को इन्टरनेशनल राइट्स विक्री भएको छ । अहिलेसम्मकै सबैभन्दा महङ्गो मूल्ययमा ‘छ माया छपक्कै’ को इन्टरनेशनल राइट्स विक्री भएको हो । 

‘छ माया छपक्कै’का निर्देशक दीपेन्द्र लामाका अनुसार एक करोड १० लाखमा इन्टरनेशनल राइट्स विक्री गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“इन्टरनेशनल राइट्स विक्रीको अहिलेसम्मको इतिहासमा यो सबैभन्दा महङ्गो मूल्य हो,” निर्देशक लामाले बाह्रखरीसँग भने, “एक करोड १० लाखको सेरोफेरोमा अन्य केही चलचिको राइट्स पनि विक्री भएको छ तर त्यो पूरै डिजिटल राइट्सको मूल्य हो ।”

‘छ माया छपक्कै’को इन्टरनेशनल राइट्स निशान बजगाईंले खरिद गरेका हुन् ।

छ माया छपक्कै’मा  दीपकराज गिरी, केदार घिमिरे, जितू नेपाल, केकी अधिकारी लगायत कलाकार मुख्य भूमिकामा छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १७, २०७६  ११:१३
प्रतिक्रिया दिनुहोस्