site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘आईफा अवार्डका लागि सरकारले एक रुपैयाँ पनि दिएको छैन’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि सरकारले पैसा दिने निर्णय नगरेको बताएका छन् । 

चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवलाई आज संबोधन गर्दै मन्त्री बाँस्कोटाले सरकारले आईफा अवार्ड गर्न सरकारले स्वीकृति दिने निर्णय गरेको तर पैसा दिने निर्णय नगरेको दाबी गरे । उनले आईफाका लागि सरकारले एक रुपैयाँ पनि नदिएको उनले स्पष्ट पारे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सञ्चारमाध्यममा गलत समाचार आएको उनले बताए । उनले आईफा अवार्डमा सरकारले ब्यबस्थापकको भूमिका मात्रै निर्वाह गर्ने स्पष्ट पारे । 

सरकारले करिब साढे ४४ करोड रुपैयाँ दिने तयारी गरेको समाचार आएछि त्यसको चौतर्फि आलोचना हुँदै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १८:१८
प्रतिक्रिया दिनुहोस्