site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
छ महिना नेपाली चलचित्र नचलाउने हलमा ताला लगाउने मन्त्री बाँस्कोटाको चेतावनी

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले छ महिनासम्म नेपाली चलचित्र हलमा नचलाउने हलमा ताला गाउने बताएका छन् ।

चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवलाई आज संबोधन गर्दै मन्त्री बाँस्कोटाले नेपाली कला, साहित्य, सभ्यता, संस्कृति, अनुपमता समेटेर बनाइएका चलचित्र हलमा जान  नपाउने अवस्था रहेको बताउँदै छ महिना नेपाली चलचित्र हलमा नचलाउने हलमा ताला गाउने चेतावनी दिएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चले पनि नचलेपनि नेपाली चलचित्र हलमा कम्तिमा छ महिना राख्नै पर्ने उनको भनाइ छ । हलिउड र बलिउडका चलचित्रलाई मात्रै राम्रो देख्ने तर आफ्नै चलचित्रलाई नराम्रो देख्ने परिपाटी गलत भएको उनको भनाइ छ । हिमाली र पहाडी जिल्लामा ससाना हल बनाउन सकिने उनको भनाइ छ । 

बालाजु औद्योगिक क्षेत्रमा एनएफडीसीको नाममा रहेको  २७ रोपनी जग्गा अहिले ब्यक्तिका नाममा नामसारी भएको सुनेको भन्दै मन्त्री बाँस्कोटाले उक्त जग्गा खोस्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाए । २७ रोपनी जग्गामा अहिले ६.७५ रोपनीमात्रै देखिएको  बोर्डले जनाउँदै आएको छ । 

सरकारले बजेट भाषणा काठमाडौंमा सुविधा सम्पन्न इनडोर स्टुडियो बनाउने कार्यक्रम अगाडि सारेपछि एनएफडीसीको जग्गाको खोजी भएको थियो । 

फाइल तस्बिर
 

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १५:४८
प्रतिक्रिया दिनुहोस्