site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र ‘आमा’को शुभमुहूर्त

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’को शुभमुहूर्त भएको छ । पशुपतिनाथ मन्दिर परिषरमा सोमबार ‘आमा’को शुभमुहूर्त गरिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । 

वर्कसपमा बसेको ‘आमा’को युनिट अब छायांकनमा जानेछ । “चलचित्रको शुभमुहूर्तसँगै छायांकन सुरु भयो । काम चित्त नबुझेसम्म छायांकन हुन्छ, त्यसैले मैले सुटिङ्ग डेज् तोकको छैन,” निर्देशक खनालले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रमा सुर्यमाला शर्मा, सुरक्षा पन्त, सरिता गिरी लगायत कलाकार मुख्य भूमिकामा हुनेछन् । 

शर्मिला पाण्डेको निर्माण चलचित्र ‘आमा’ निर्देशक खनाल स्वयम्ले लेखका हुन् । चलचित्र पनि निर्देशक आफैं खिच्दैछन् । 

सोसल ड्रामा चलचित्र ‘आमा’ फागुन ९ गते प्रदर्शनमा आउने छ ।   
 

प्रकाशित मिति: सोमबार, असार १६, २०७६  १४:२७
प्रतिक्रिया दिनुहोस्