site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भारतीय अभिनेता गिरीश कर्नाड रहेनन्
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ख्यातिप्राप्त भारतीय अभिनेता गिरीश कर्नाडको ८१ वर्षको उमेरमा निधन भएको छ । भारतीय सिनेमाजगत्मा गिरीशलाई विशेष अभिनय तथा निर्देशनका कारण स्मरण गरिनेछ । 
उनी नाटककार, लेखक पनि थिए । उनले भारतमा प्रसिद्ध ज्ञानपिठ पुरस्कारसमेत पाएका थिए । उनी आफ्नो मातृभाषा कन्नड तथा अङ्ग्रेजीमा पनि पोख्त थिए । आफैले लेखेको कन्नड नाटकलाई उनले अङ्ग्रेजीमा अनुवाद गरेका थिए । उनको प्रख्यात नाटक ययातिलाई केही समयअघि नेपालीमा अनुवाद गरी प्रदर्शन गरिएको थियो । उनका अन्य थुप्रै नाटक प्रख्यात छन् ।

गिरीशले १९९४ मा साहित्य अकादमी पुरस्कार, १९९८ मा ज्ञानपिठ, १९७४ मा पद्म श्री, १९९२ मा पद्म भूषण पुरस्कार पाउनुका साथै १९९८ मा कालिदास सम्मानसमेत पाएका थिए । भारतीय सिनेजगत्मा उनले अभिनयमा एउटा बेग्लै उचाइ बनाएका छन् ।   
 

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १०:३८
प्रतिक्रिया दिनुहोस्