site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘राम्रो खेल्नुपर्छ, केन्यालाई जित्छौं’
Sarbottam CementSarbottam Cement

काठमाडौं  । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शनिबार केन्यासँग पहिलो खेल घरेलु मैदानमा खेल्दैछ । नेपाल र केन्याबीचको खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुने पाँचौ चरणको पहिलो खेलका लागी नेपाली टोलीले शुक्रबार अन्तिम तयारी गरेको छ । र, नेपालका लागि महत्वपूर्ण मानिएको केन्यासँगको खेलका लागि नेपाली टोली राम्रो खेल्दै जित निकाल्ने लक्ष्यका साथ मैदान ओर्लँदैछ । 

“केन्यासँगको खेलका लागि हामी शारीरिक तथा मानसिक रुपमा तयार छौं,” नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले शुक्रबार केन्यासँगको खेलबारे भने,“सबै खेलाडीले मेहनत गरेका छन् । युवा र सिनियर खेलाडी रहेकाले टिम सन्तुलित छ । त्यसैले हामी भोलि राम्रो भन्दा राम्रो क्रिकेट खेल्दै जित्ने लक्ष्यका साथ मैदान ओर्लनेछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

केन्यासँगको खेलका लागि नेपालले चार वैकल्पिकसहित १४ सदस्यीय नेपाली टोलीको घोषणा अघिल्लो साता नै गरेको थियो । र, नेपालको लागि केन्यासँगको खेल निकै महत्वपूर्ण रहेको छ ।

सन् २०१८ को एकदिवसीय विश्वकप क्वालिफायरमा छनौट हुने सम्भावना जीवित राख्न नेपालले केन्यालाई दुवै खेलमा हराउनुपर्नेछ । विश्व क्रिकेट लिगको शीर्ष चारमा रहने टोलीले विश्वकप क्वालिफायरमा छनौट हुने अवसर पाउनेछ । त्यसैले नेपालको उक्त सम्भावना कायम रहन केन्यालाई दुवै खेलमा पराजित गर्नुपर्ने हुन्छ । 

Global Ime bank

भारतमा गरिएको प्रशिक्षण र आफ्नै लामो तयारीका कारण नेपाली टोली पूर्ण तयारी अवस्थामा रहेकोले केन्यालाई हराउने प्रशिक्षक टमटाको विश्वास छ ।

“हामीलाइ च्यालेन्ज पनि छ । होम ग्राउन्डमा जित्नैपर्ने अवस्था छ । त्यतिमात्रै होईन, समर्थकको पनि प्रेसर छ । यो खेल हाम्रा लागि निकै महत्वपूर्ण छ,” उनले भने, “केन्या राम्रो टोली हो । उनीहरु बलिङमा निकै सशक्त छन् ।  त्यसैले जित्न हामीले राम्रो खेल्नैपर्ने हुन्छ ।”
नेपाली टोलीको ओपनिङ उप–कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले गर्ने सम्भावना छ ।

“ओपनिङ र पुछारका ब्याटिङ लाइन राम्रो बनाएका छौं । ओपनिङ ब्याट्सम्यान चेन्ज गरेका छौ,” प्रशिक्षक टमटाले थपे, “मिडल अर्डरका ब्याटिङ लाइन पुरानै हो । पारस लगायत राम्रा ब्याट्सम्यानहरु छन् । हामीले पछिल्लो समय महेबुब आलम जस्ता पुछारमा खेल्ने ब्याट्सम्यानहरुलाई पनि राम्रो बनाएका छौं ।”

यस्तै नेपाली टोलीका कप्तान पारस खड्काले खेलको तयारी राम्रो गरेकोले जित निकाल्ने बताए । तर, खेल जित्न राम्रो क्रिकेट खेल्नुपर्ने बताउँदै कप्तान पारसले भने,“हामीले एक डेढ महिनाबाट तयारी गरेका थियौं । त्यसैले समग्रमा पूर्ण तयार छौं । निकै राम्रा खेलाडीहरु छनोट गरिएको पनि छ । उनीहरुले आवश्यक परेको बेलामा राम्रो गर्न सक्छन् तर हामीले राम्रो क्रिकेट खेल्नुपर्छ ।”

त्यस्तै विश्व क्रिकेट खेल्दै गरेका सबै टिम उतिकै राम्रा रहेको र केन्यालाई पनि जित्नैपर्ने दबाब भएकोले घरेलु मैदानमा नेपालले फाइदा लिन सक्नुपर्ने बताए । “हामीले घरेलु मैदानमा राम्रो गर्दै आएको रेकर्ड छ,” उनले भने, “हामीलाई यो पटक पनि घरेलु मैदानको फाइदा छ । त्यो फाइदा हामीले लिन सक्नुपर्छ ।”

च्याम्पियनसिपको चौथो चरण खेल सकिँदा नेपाल ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । केन्या ८ अंक जोडेर लिगको पाचौँ स्थानमा छ । नेपालले अहिलेसम्म खेलेको ८ खेलमा ३ जित र ५ खेलमा हार बेहोरेको छ ।

त्यसैले क्वालिफायर छनौटको आशा जीवित राख्न नेपालले केन्यालाई दुईवटै खेलमा हराएर १० अंकसहित तालिकाको पाँचौ स्थानमा जानैपर्नेछ । त्यसपछि नेपालले छैटौं चरणमा हङकङ र सातौं चरणमा युएईलाई हराउनु जरुरी छ । 

कप्तान पारस खेल्ने / नखेल्ने निर्णय शनिबार  
केन्याविरुद्धको खेलमा नेपाली टोलीका नियमित कप्तान पारस खड्का खेल्ने नखेल्ने शनिबार मात्रै निर्णय हुने भएको छ । तीन साताअघि एपेण्डिक्सको शल्यक्रिया गरेका पारस केहि दिनअघिबाट नेपाली टोलीको प्रशिक्षणमा सामेल भए पनि केन्याबिरुद्ध खेल्ने नखेल्ने टुङ्गो लागिसकेको छैन । 
तर, केन्यासँगको खेलको एकदिन अघि शुक्रबार कप्तान पारसले टिमसँग अभ्यास गरेका थिए । 

“केहि दिनअघिसम्म चालीस प्रतिशत फिट थिएँ भने अहिले ६० ÷ ७० प्रतिशत फिट भएको छु, खेलका लागि मानसिक र शारिरिक रुपमा तयार रहेको बताउँदै कप्तान पारसले भने,“म खेल्ने नखेल्ने शनिबार बिहानै निश्चित हुन्छ ।”

त्यस्तै उनले टिम गेम भएकाले र राम्रा खेलाडीहरु भएकाले आफ्नो अनुपस्थितिमा पनि टिमले राम्रो गर्ने बताए । यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक टमटाले पारस खेल्ने नखेल्ने बिहान मात्रै भन्न सकिने बताए । 

करण केसी टिमबाट बाहिर 
यस्तै नेपाली टोलीका बलर करण केसीले केन्यासँगको खेल गुमाउने भएका छन् । एपेण्डिक्स भएर शुक्रबार अस्पताल भर्ना भएपछि करणले केन्यासँगको खेल गुमाउने भएका हुन् । 

करण बल्खुस्थित बयोधा अस्पताल भर्ना भएका छन् । र, एपेण्डिक्स भएको कारणले उनको तत्काल अपरेसन गर्नुपर्नेछ । करण टिमबाट बाहिरिएपछि उनको स्थानमा कसलाई बोलाउने भन्नेबारे निर्णय भइसकेको छैन ।

पहिलो खेलका लागि ११ हजार टिकट बिक्री  
यस्तै च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको पहिलो खेलका लागि छुटाईएको सम्पूर्ण टिकट बिक्री भएको छ । आइसीसीबाट टिकट बिक्री तथा व्यवस्थापनको जिम्मा पाएको ई–सेवा फोन पे प्रालिले शनिबार हुने खेलका लागि सम्पूर्ण टिकट बिक्री भएको जनाएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७३  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement