site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र कलाकार संघको अध्यक्षमा खड्का निर्वाचित, रेजिनालाई लोकप्रिय मत

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का निर्वाचित भएका छन् । खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतान्तरले पराजित गरेका हुन् । खड्काको पक्षमा २१८ मत खस्दा लामिछानेलाई १६१ मत परेको थियो । 

उपाध्यक्षमा अभिनेत्री रेजिना उप्रेती २४३ मत प्राप्त गरेर विजयी भइन् । उनी लोकप्रिय मत ल्याउने उमेदवार बनिन् ।  उपाध्यक्षमा सानुकुमार ताम्राकार पनि विजयी भए ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी विजयी हुँदा सुनिल कटुवाल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भइन् । 

सदस्यमा शितल केसी, गोपाल नेपाल, शारदा नेपाल, जयकिशन बस्नेत, उद्धव भट्टराई, धर्मानन्द आचार्य, जीवन थापा, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् । 

शनिबार भएको कलाकार संघको निर्वाचनमा ३८७ कलाकारले मतदान गरेका थिए ।

तस्बिरः सुशील नेपालको फेसबुकबाट 
 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  ०६:००
प्रतिक्रिया दिनुहोस्