site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘घर’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि केही समय अगाडि फस्टलुक पोस्टर सार्वजनिक गरेको निर्माण पक्षले आज ट्रेलर सार्वजनिक गरेको हो । 
सार्वजनिक ट्रेलरमा सुरक्षा पन्त, अर्पण थापा र बेनिशा हमाल देखिएका छन् । 

अर्पण थापाको लेखन तथा निर्देशन रहेको चलचित्रको पोस्टरले  ‘घर’ हरर चलचित्र भएको पुष्टि गर्छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘घर’लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् । डीएस डिजिटल निर्देशक दीपेन्द्र के खनाल र सुरज पोण्डेको संयुक्त ब्यानर हो । 

चलचित्र ‘घर’ले साउन ३ गतेलाई रिलिज डेट लक गरेको छ । 

चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १३:३५
प्रतिक्रिया दिनुहोस्