site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केन्याको सामना गर्न नेपाली क्रिकेट टोली पूर्ण तयारीमा

काठमाडौं  । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शनिबार र सोमबार केन्यासँग घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपालले पाँचौ चरणको खेल अन्तर्गत केन्यासँगको दुवै खेल कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा खेल्न लागेको हो ।

नेपालका लागि महत्वपूर्ण रहेको केन्यासँगको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम तयारी गरिरहेको छ । भारतको नोयडामा एकसाता लामो प्रशिक्षण गरेर फर्किएको नेपाली टोलीले त्रिवि  मैदानमा अहिले दैनिक अभ्यास जारी राखेको छ ।

“केन्यासँगको खेलका लागि हामी शारीरिक तथा मानसिक रुपमा तयार छौ,” नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले बाह्रखरीसँग भने, “बिगत डेढ महिना यताबाट तयार गरिरहेका छौ । त्यसैले हामी जित्ने लक्ष्यका साथ मैदान ओर्लनेछौं ।”

भारतमा गरिएको प्रशिक्षण र आफ्नै लामो तयारीका कारण नेपाली टोली पूर्ण तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

यस्तै यो पटक नेपाली टोली सन्तुलित र उत्कृष्ट रहेकाले केन्यालाई पराजित गर्न सक्ने प्रशिक्षक टमटाको विश्वास छ ।

“भारतमा अभ्यास खेल खेल्यौं,” उनले भने, “सबै खेलाडीले मेहनत गरेका छन् । युवा र सिनियर खेलाडी रहेकाले टिम सन्तुलित छ । हामीलाइ च्यालेन्ज पनि छ । होम ग्राउन्डमा जित्नैपर्ने अवस्था छ । त्यतिमात्रै होईन, समर्थकको पनि प्रेसर छ । यो खेल हाम्रा लागि निकै महत्वपूर्ण छ । हाम्रो बलिङ, ब्याटिङ, फिल्डिङ सबै पक्ष राम्रो भएको छ ।”

केन्यासँगको खेलका लागि नेपालले चार वैकल्पिकसहित १४ सदस्यीय नेपाली टोलीको घोषणा अघिल्लो साता नै गरिसकेको छ । केन्यासँगको खेलका लागि अलराउन्डर मेहबुब आलमको पुनरागमन भएको छ । नेपाली टोलीमा सुनिल धमला र दिपेन्द्र सिंह ऐरी नयाँ अनुहार छन् । र, नेपाली टोलीको ओपनिङ उप–कप्तान ज्ञानेन्द्र मल्ल र सुनिल धमलाले गर्ने सम्भावना छ ।

यो खेल नेपालका लागि किन पनि महत्वपूर्ण छ भने सन् २०१८ को एकदिवसीय विश्वकप क्वालिफायरमा छनौट हुने सम्भावना जीवित राख्न नेपालले केन्यालाई दुवै खेलमा हराउनुपर्नेछ । विश्व क्रिकेट लिगको शीर्ष चारमा रहने टोलीले विश्वकप क्वालिफायरमा छनौट हुने अवसर पाउनेछ । त्यसैले नेपालको उक्त सम्भावना कायम रहन केन्यालाई दुवै खेलमा पराजित गर्नुपर्ने हुन्छ । 

तर, यो महत्वपूर्ण खेलमा नेपाली टोली केन्यालाई पराजित गर्न सक्षम रहेको कप्तान पारस खड्काको दाबी छ । “नेपालको लागि यो महत्वपूर्ण खेल रहेको छ । यो खेलले हाम्रो क्रिकेटको भविस्य निर्धारण गर्छ, देशका लागि देशमै खेल्ने र समर्थकलाई खुसी बनाउने अवसर हामीलाई छ,” कप्तान खड्काले भने,“निकै राम्रा खेलाडीहरु छनोट गरिएको पनि छ । उनीहरुले आवश्यक परेको बेलामा राम्रो गर्न सक्छन् भन्ने हामी सबैलाई विश्वास छ । विश्व क्रिकेट खेल्दै गरेका सबै टिम उतिकै राम्रा छन् । केन्यालाई पनि जित्नैपर्ने दबाब हामीलाई भएकाले हामी राम्रो खेल्नैपर्छ ।”

घरेलु मैदानमा प्रतिष्पर्धा गर्नुपर्ने भएकाले पनि यसलाई अर्को फाइदाका रुपमा लिनुपर्ने उनको भनाई छ ।  “हामीले घरेलु मैदानमा राम्रो गर्दै आएको रेकर्ड छ,” उनले भने,“हामीलाई घरेलु मैदानको फाइदा छ, टिम पनि तयार छ । यसपटक तयारीमा पनि गुनासो छैन ।  किनकी हामीले एक डेढ महिनाबाट तयारी गरेका थियौं । त्यसैले समग्रमा पूर्ण तयार छौं ।”

कप्तान पारसले केन्यासँगको खेल नयाँ खेलाडीहरुलाई आफ्नो कौशल सिद्ध गर्ने अवसर पनि भएको बताए । चौथो चरण खेल सकिँदा नेपाल ६ अंकसहित तालिकाको छैटौं स्थानमा छ । केन्या ८ अंक जोडेर लिगको पाचौँ स्थानमा छ ।

नेपालले अहिलेसम्म खेलेको ८ खेलमा ३ जित र ५ खेलमा हार बेहोरेको छ । त्यसैले क्वालिफायर छनौटको आशा जीवित राख्न नेपालले केन्यालाई दुईवटै खेलमा हराएर १० अंकसहित तालिकाको पाँचौ स्थानमा जानैपर्नेछ ।

त्यसपछि नेपालले छैटौं चरणमा हङकङ र सातौं चरणमा युएईलाई हराउनु जरुरी छ । पाँचौ चरणको खेल चलिरहँदा च्याम्पियनसिपको शीर्ष स्थानमा नेदरल्यान्ड, दोस्रोमा पपुवान्युगिनी र तेस्रोमा हङकङ छन् ।
 
केन्यासँगको खेलका लागि छनोट भएको नेपाली टोली 

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
सागर पुन
सन्दिप लामिछाने
बिनोद भण्डारी    
मेहबुब आलम 
सोमपाल कामी
सुनिल धमला
दिपेन्द्र सिंह ऐरी
वसन्त रेग्मी
शक्ति गौचन
शरद भेषवाकर
आरिफ शेख 
करण केसी  
वैकल्पिक खेलाडी
भुवन कार्की
दिलिप नाथ
अभिनाश कर्ण
राजेश पुलामी मगर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७३  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro