site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘रातो टीका निधारमा’को अफिसियल घोषणा 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल घोषणा गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल घोषणा गरिएको हो ।

चलचित्रमा नायिकाका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भएकी छिन् । उनी १६ लाख पारिश्रमिकमा अनुबन्ध भएकी हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साम्राज्ञीको अपोजिटमा अंकित शर्मा छन् । अंकित अशोक शर्माका छोरा हुन् । यही चलचित्र मार्फत उनी नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् । चलचित्रलाई अशोक शर्माले निर्देशन गर्र्दैछन् । 

यसअघि उनले दसैंको फुलपातीमा रिलिज भएको चलचित्र ‘जय भोले’ १२ वर्ष पछि निर्देशन गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १७:५९
प्रतिक्रिया दिनुहोस्