site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘द भ्वाइस अफ नेपाल’मा कोच अभया र सनुपको ठाउँमा राजु र आस्था आउँदै

काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ मा  दुईजना कोच परिवर्तन हुने भएका छन् । सिजन वानमा कोचका रुपमा रहेका दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद रहेका थिए । 

उक्त चारजना मध्ये दुईजना दीप श्रेष्ठ र प्रमोद खरेल सिजन–२ मा कोचकै रुपमा यथावत रहेपनि बाँकी दुईजना अभया सुब्बा र सनुप पौडेल भने बाहिरिने स्रोतले बताएको छ । 

उनीहरुका ठाउँमा राजु लामा र आस्था राउत कोचका रुपमा ‘द भ्वाइस अफ नेपाल’को सिजन–२ मा भित्रिने स्रोतले बताएको छ । यद्यपि यसबारे आयोजकले भने घोषणा गरिसकेको छैन । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अभया सुब्बा सिजन–१ को ‘ग्रान्ड फिनाले’मा सहभागी नभएका कारण ‘हेडक्वाटर’ले नै असन्तुष्टि जनाएका कारण उनको विकल्प खोज्नु परेकोे ‘भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले बताए । 

उनले दुईजना मध्ये बाँकी एक कोच को बाहिरिँदै छ र कोको आउँदैछन् त्यसबारे निर्देशक पौडेल बोल्न चाहेनन् । 

‘द भ्वाइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुँदैछ । ‘डिजिटल अडिशन’ सम्पन्न गरिसकेको ‘द भ्वाइस अफ नेपाल’ले उक्त अडिशनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिसकेको छ । निर्देशक पौडेलका अनुसार डिजिटल अडिशनमा दुई हजार दुई सय सहभागी भएका थिए । 

‘ब्लाइन्ड अडिशन’को सुटिङ अबको केही दिनमा शुरु हुँदैछ । धुम्बाराहीमा रहेको स्टुडियोमा ब्लाइन्ड अडिशनको सुटिङ हुनेछ  । लाइभ हेर्न चाहनेले उक्त सुटिङ हेर्न सक्ने निर्देशक पौडेलले बताए । ब्लाइन्ड अडिशनमा २२ हजारले सहभागिताका लागि आवेदन दिएका थिए । पहिलो सिजनमा १२ हजार सहभागी भएका थिए ।  

स्टुडियो निर्माणका लागि दुई करोड रुपैयाँ लागेको पौडेलको भनाइ छ । 

गत वर्ष ‘ब्लाइन्ड’, ‘ब्याटल’ र ‘लाइभ’ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा ‘नक आउट चरण’ पनि थपिएको छ । सिजन–२ मा ‘लाइभ शो’मा एकै दिन गत सिजनमा जस्तो चार जना बाहिरिने छैनन् । “गत वर्ष लाइभ शोमा एकै दिन चार जना आउट हुँदा राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक ‘लाइभ शो’मा एक जनाका दरले आउट हुने ‘फम्र्याट’ ल्याउँदैछौं,” निर्देशक पौडेलले भने । यो वर्ष ‘नक आउट’ चरणमा धेरै बाहिरने छन् । 

कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुनेछ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १७:०५
प्रतिक्रिया दिनुहोस्