
काठमाडौं । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँगको द्वन्द्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइप्रति प्रतिक्रिया दिएका छन् । खामेनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "अमेरिकाको कुनै पनि सैन्य हस्तक्षेपको जवाफ निश्चित रूपमा अपूरणीय क्षतिका साथ दिइनेछ ।"
उनले भने, "इरान, यसका जनता र यसको इतिहास जान्ने बुद्धिमान व्यक्तिहरूले यो देशसँग कहिल्यै धम्कीपूर्ण भाषामा कुरा गर्दैनन्, किनकि इरानीहरू आत्मसमर्पण गर्ने मानिसहरू होइनन् ।"
खामेनीले थप भने, "अमेरिकी राष्ट्रपतिले हामीलाई धम्की दिन्छन्, आफ्नो आधारहीन बयानमार्फत । उनी इरानी जनताबाट आत्मसमर्पणको माग गर्छन् । इरानी जनता यस्ता धम्कीबाट डराउँदैनन् ।"
मंगलबार राति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखेका थिए, "हामीलाई थाहा छ तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन् । उहाँ निशानामा हुनुहुन्छ, तर अहिलेको लागि, उहाँ त्यहाँ सुरक्षित हुनुहुन्छ ।"
ट्रम्पले लेखेका थिए, "हामी उनीहरूलाई मार्ने छैनौँ, कम्तीमा अहिले त होइन । तर हामी नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार होस् भन्ने पनि चाहँदैनौँ । हाम्रो धैर्यता अब टुट्दै गएको छ ।"
जुन १३ मा, इजरायलले इरानको 'आणविक कार्यक्रम'सँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण गर्यो । त्यसबेलादेखि, दुई देशहरूबीचको द्वन्द्व जारी छ ।