
काठमाडौं । नेपाली कथानक चलचित्र ‘घर’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । अर्पण थापाको लेखन तथा निर्देशन रहेको चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा युवतीको मुहार फिचर्ड छ । पोस्टरमा फिचर्ड सुरक्षा पन्तको मुहारले ‘घर’ हरर चलचित्र भएको पुष्टि गर्छ ।
डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘घर’लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् । डीएस डिजिटल निर्देशक दीपेन्द्र के खनाल र सुरज पोण्डेको संयुक्त ब्यानर हो ।
चलचित्र ‘घर’ले पोस्टरसँगै रिलिज डेट पनि सार्वजनिक गरेको छ । ‘घर’ले साउन ३ गतेलाई रिलिज डेट लक गरेको छ ।
अर्पण थापाको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त, बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन् ।