site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चर्चित हलिउड उभिनेत्री तथा गायिका डोरिस डेको निधन

संयुक्त राज्य । चर्चिक हलिउड अभिनेत्री तथा गायिका डोरिस डे को ९७ वर्षको उमेरमा सोमबार निधन भएको छ । 

डोरिस डे एनिमल फाउन्डेसनका अनुसार उनकै निवास कारमेल भ्याली, क्यालीफोर्नियामा सोमबार उनको निधन भएको हो । उनी केही वर्षअघिसम्म उमेरको हिसाबमा एकदमै स्वस्थ भए पनि केही समययता भने निमोनियाको संक्रमण भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सदाबाहर अभिनेत्रीको उपाधी पाएकी डोरिस गायिका हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनका कलामिटी र पिलो टक सन् १९५६ तिर निकै चर्चित चलचित्र हुन् । त्यस्तै क्यू सेरा, सेरा पनि त्यो समयको निकै चलेको चलचित्रमध्ये पर्छ । 

सन् १९२२ अप्रिलमा मारी एन भोन कपपेहोफमा जन्मिएकी डेको सानैदेखि डान्सर बन्‍ने चाहना थियो । तर, कार दुर्घटनामा उनको दायाँ खुट्टामा चोट लागेपछि डान्सर बन्‍ने सपना अधुरै रहेको थियो । त्यसपछि उनले १५ वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी थिइन् । उनको संगीतको यात्राको सुरुवात नै 'सेन्टिमेन्टल' गीतबाट भएको थियो । जसले उनलाई चर्चाको शिखरमा पुर्‍यायो । 

उनको चलचित्र 'दी म्यान हु न्यू टु मच्' र 'द्‍याट् टच अफ मिन्‍क' ले उनलाई विश्‍वभर चिनाएको थियो । पिलो टक चलचित्रबाट सन् १९६० मा ओस्कार अर्वाडका लागि मनोनयमा परेकी थिइन् । 

उनले सन् २००४ मा प्रेसिडेन्‍सियल मेडल अफ फ्रिडम र सन् २००८ मा लाइफ टाइम अचिभमेन्‍ट ग्रामीबाट सम्मानित भएकी थिइन । उनको पछिल्लो समय सन् २०११ मा सार्वजनिक भएको 'माइ हर्ट' गीति एल्बम बेलायतमा नम्बर एक बनेको थियो । बीबीसी
 

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  २०:००
प्रतिक्रिया दिनुहोस्