site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समन्वयको अभाव कम्युनिस्टको हार

‘इज्म’ मानिएको ‘कम्युनिज्म’को विश्वव्यापी अवपतन समन्वयको अभाव वा एकात्मक सोच, शैली र व्यवहारको कारण नै भएको हो । भनिएला, नेपालमा त कम्युनिस्ट सरकार छ । सही हो, कम्युनिस्ट नामको पार्टीको सरकार यहाँ छ । यसको पनि त शैलीमा समन्वय छैन, तानाशाहीपन छ । यो कम्युनिस्ट पन हो । यथार्थमा भने अहिलेको सरकार नक्कली कम्युनिस्ट र सत्ताका लागि लोकतन्त्रको नक्कली बखान गर्ने प्रवृब्किो छ । सोचले पहिचान लुप्त र भ्रामक यस्तो सरकारलाई कस्तो भन्ने ?

कम्युनिस्ट प्रणाली समन्वयको आधारमा चल्दैन । समन्वय उसको दर्शन होइन, हो त एकाधिकारवादी । एकाधिकारमा कता समन्वय भेटिनु ? माक्र्सले गल्ती यहीँनिर गरे । वर्गीय अधिनायकवादबाट साम्यवादमा जाने भने । जो आफैँमा विरोधाभाषी छ । अधिनायक वर्गले साम्यवादमा लाने कल्पना आफैँमा गलत छ । किनभने, समाज खास कुनै एक वर्गले मात्र बन्दैन । त्यहाँ वर्गहरु हुन्छन्, तिनमा आवश्यक समन्वय एकाधिकारवादी अधिनायकत्वले दिन सम्भव छैन । कुनै एउटा कम्युनिस्ट ‘राजा’ले यही हो साम्यवाद भन्दैमा साम्यवाद हुन्छ र ?

त्यो असम्भव त्यतिबेला मात्र सम्भव बनाइएला जब अधिनायकवादी शासनले सबैलाई चुप लगाएर दमन चक्रमा एकपक्षीय घोषणा गरिदेला । तर, कम्युनिस्ट सत्ताले अहिलेसम्म त्यो गर्न सकेन । त्यो सम्भव पनि होइन । दमनको उपायलेभन्दा बाहेक समानवर्ग स्वाभाविक निर्माण हुने विषय होइन । सत्ताको डण्डा ठोकेर वर्गहरुको अन्त्य घोषणा गर्न सकिएला तर साम्यवाद सहर्ष आउनै सक्तैन । 

सुन्न मीठो लाग्नसक्छ ‘साम्यवाद’ कसैकसैका लागि कर्णप्रिय । एउटा गीतको बोल छ – ‘‘हामी नदीका दुई किनारा, मिलन हाम्रो असम्भव’’ । कसैको एकाधिकार वा अधिनायकत्वमा साम्यता आउँछ भनी ठान्नु सहज अवस्था होइन । 

मार्क्सले भने – जतिजति उद्योगको बढोत्तरी हुन्छ त्यसका मालिक र काम गर्ने मजदुर वर्गबीच स्वार्थको टक्कर सुरु हुन्छ । शोषक र शोषितको संघर्षमा मजदुर वर्गले उद्योग हत्याउँछ र त्यसै वर्गले अधिनायकत्व कायम गर्छ । तर, उद्योग हत्याउने मजदुर, मजदुर रहँदैन, मालिकमा नै बढोत्तरी हुन्छ, भयो यस्तै । मजदुरबाट मालिक बनेका उदाहरण प्रशस्तै छन् । यहाँ पनि माक्र्सले श्रमिक र मालिकबीच लाभमा समन्वय हुनसक्ने भविष्य देखेनन् । 

साम्यवादको त कुरै छोडिदिऊँ । त्यो सम्भव भए आदिम मानव ’सम्यता’मा थियो होला । सबै नांगै गुफामा । त्यतिबेला तेरोमेरो सायद थिएन । विचार र भौतिक चिन्तनले पनि प्रायः शून्य थियो मान्छे । उत्कृष्ट मान्ने हो भने त्यही आदिम अवस्था साम्यवाद हो । अन्यथा, पुँजी लेख्ने माक्र्स र पुँजीका लागि श्रम खर्चने मान्छेबीच के कस्तो साम्य ? 

कम्युनिस्टहरुले भन्ने गरेको साम्यवाद त के समाजवाद पनि ल्याउन सकेनन् । पुँजीको विकासपछि समाजवाद ल्याइन्छ भन्ने यिनीहरु अन्ततः पुँजीवादी सुखसयलमा चुर्लुम्म रमाउने भए । बरु पुँजीवादले सामाजिक कल्याणको उपाय अपनाएर यिनीहरुलाई जबाफ दियो । पुँजीवादले सकभर वर्ग समन्वय खोज्यो, कम्युनिस्टहरुले वर्ग विभाजनको साहारा लिए । विचारमा पनि पुँजीवादीले समन्वय र विविधता खोजे, कम्युनिस्टले विचार निषेध रोजे । निषेधले कतै साम्यवाद पाउँछ वा ल्याउँछ ? ल्याउन नसक्ने यही (दु) आग्रह कम्युनिज्म असफल हुनुको मूल कारण हो । 

मार्क्सले जे भने, उनले भनेको ल्याउँछु भन्दाभन्दै लेनिन जन्मे, स्टालिन आए, माओ भए, अरु यस्तैयस्तै । समन्वय आवश्यक छ भन्दा रोजा लक्जम्बर्ग जडसूत्री कम्युनिस्ट आन्दोलनबाट बाहिरिनु पर्यो । पुँजीवादलाई दुत्कारेर श्रमिक वर्गको अधिनायकवाद ल्याउँछु भन्दाभन्दै लेनिन, स्टालिन र माओ सिंगो राष्ट्रको टुप्पी समाएर घनचक्कर लगाइदिने सामन्त, मालिक भए । वैज्ञानिक भौतिकवादले महिमा मण्डित मार्क्सवादी साम्यवाद ल्याउछौँ भन्ने यिनीहरु अन्ततः असफल रहे ।     विचार निषेधको चरम प्रयत्नमा कम्युनिस्टहरुले विचार त मार्न सकेनन् तर विचारवाहक मानिस चाहिँ सक्दो मारे । कम्युनिस्ट सत्ताको विचारभन्दा भिन्नलाई मात्रै होइन कि, त्यसमा सुधारको सुझाव राख्नेलाई पनि यिनले कतैै अनुमति दिएनन् ।  विचार र वर्गवीच समन्वयी बन्ने दर्शनको अभावले कम्युनिस्टको हार भयो । यस्तोमा जो स्वाभाविक पनि हो । 

समन्वयको भावले व्यापक अर्थ बोध गर्छ । सद्भाव, समभाव, सहिष्णुता र विकेन्द्रित अस्तित्वबोधी संस्कारले  मानिसको विविधताबीच समन्वय राख्नसक्छ र समन्वय खोज्न जान्दछ । केन्द्रीकृत एकाधिकारमा यो सम्भव छैन । जतिसुकै ठूलो ठेलीमा ठेलमठेल गरे पनि निष्कर्ष यत्ति हो । वैज्ञानिक भौतिकवाद भने पनि अबौद्धिक भौतिकवाद बन्यो कम्युनिस्ट दर्शन । वैज्ञानिक थियो भने विश्वमा एकसय वर्ष पनि आफ्नो पहिचानमा यो वाद बाच्न सकेन किन ? 

यस्तै भ्रामक अवस्थितिको कम्युनिस्ट सरकार अहिले नेपालमा छ । छोटकरीमा बुझ्न, कुनै दिनका माओवादी नेता डा.बाबुराम भट्टराईले त्यसबेलाको नेकपा एमालेलाई ‘पहिचान नछुट्टिएको’ दल भन्थे । अहिलेको नेकपा पनि भट्टराईको भनाइभन्दा माथि हैन, बरु तलै छ । विचारहीन तर व्यवहार तानाशाही शैलीको सरकार । 

राज्य संयन्त्रको सबै अधिकार अधिग्रहण गर्ने, भ्रष्टाचार, महँगी, असुरक्षा, पक्षपात, कम्युनिस्टीकरण र बेथिति अहिले सबैले भोगेको व्यथा हो । समन्वय र सुशासनको लक्षणसम्म पनि केपी ओलीको वा ‘राष्ट्रपतिको सरकार’ले देखाउन सकेन । प्रधानमन्त्री कुन हदसम्म असहिष्णु छन् भन्ने कुरा उनकै भनाइले देखाउँछ । असहिष्णुता समन्वयमाथिको प्रहार हो ।  

सप्रमाण असफलता देखाउने आफ्ना आलोचकमाथि अरिङ्गाल भएर जाइलाग्न सरकारी कार्यकर्तालाई अराउने । बुद्धिजीवीलाई थला पार्ने र दिवालिया देख्ने । जनप्रतिनिधि भनिने सम्मानित संसद्मा प्रतिपक्षबाट व्यक्त विचारलाई ‘आक्रोश, कुण्ठा र निम्छरा’ भनेर टिप्पणी गर्ने । यसरी असहिष्णुता पोख्ने प्रधानमन्त्रीले मुलुकमा के सुशासन देलान् ? सबैसँग आवश्यक समन्वय के खोज्लान् ? सरकारको प्रतिपक्षसमेत सबैसँग संवादहीनताको अपूर्व स्थिति अहिले छ । यो कुरा बुझ्नेहरुकै समाजले भनी रहेको छ । संवादहीनतामा रमाउनु, समन्वय र समझदारी कामय नगर्नुलाई लोकतान्त्रिक मर्ममाथिको प्रहार भनिन्छ । लोकतन्त्रमाथिको प्रहारको परिणाम के हुन्छ ?

संविधानको व्यवस्थाविपरीत राष्ट्रपतिबाट ‘मेरो सरकार‘ भनाउनुलाई सबैले अनधिकृत प्रयत्न भने । सत्तारुढ नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि सानै स्वरमा सही यसलाई जायज ठहर्याएनन् । त्यही संसद्मा नीति, कार्यक्रममाथि बोल्दै दाहालले प्रतिपक्षको सुझावलाई समेत समेटेर जानुपर्ने  कुरा राखे । तर, अर्का अध्यक्ष प्रधानमन्त्री ओलीले सांसदहरुको भनाइलाई आक्रोश किटानी गरे । राष्ट्रपतिको ‘मेरो सरकार‘लाई बुद्धिजीवीले समेत आलोचना गरेकोमा दुःख व्यक्त गर्ने प्रधानमन्त्रीले तिनलाई दिवालियासम्म भन्न भ्याए । सुझाव र आलोचना बुद्धिजीवीले नभने, भन्छ कसले ? बफादार कार्यकताले सक्छन् ?  

‘मेरो सरकार’को प्रतिरक्षामा अरुको त कुरै भएन अर्को कुनै कम्युनिस्ट नेता पनि खुल्न सकेका छैनन् । केही सरकारी कार्यकर्ताबाहेक प्रधानमन्त्री ओली एक्लै यो उनैको सरकार हो भन्दैछन् । अनधिकृत र एकाधिकारवादी चिन्तनको संविधानविपरीत सम्बोधनलाई प्रतिरक्षा गर्न तिनले पनि उचित ठानेनन् र मौन बसे ?

मानौं यो ठूलो कुरा होइन । ठूलो कुरा यसभित्र लुकेको मनसाय हो जुने घातक राजनीतिक चरणको अर्को सन्देश हो । माथि भनियो सबै अधिकार आफैँमा केन्द्रित गर्ने प्रधानमन्त्रीको त्यही एकाधिकारवादी चिन्तनको छाया ‘मेरो सरकार’मा परेको छ । यसमा संविधानको मर्म पनि छैन र समन्वयी संस्कार पनि भेटिएन । समन्वयको अभावमा कम्युनिस्टका महारथीहरुले घुँडा टेके । कम्युनिस्ट नामधारी सरकारको हविगत पनि समन्वयको अभावमा योभन्दा अर्को हुनेछैन । लोकतन्त्रको सयलमा कम्युनिस्ट अधिनायकवादको सपना जप्ने यो कस्तो सरकार हो र कसको सरकार हो ?
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख २६, २०७६  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro