site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
उमेर पुगेका १८ लाख ७२ हजारले भोट दिन नपाउने !
SkywellSkywell

काठमाडौं । फोटोसहितको मतदाता नामावलीमा सहभागी नभएका कारण देशभित्रै रहेर पनि करिब १८ लाख ७२ हजार ३ सय नागरिक मतदानबाट वञ्चित हुने भएका छन् । 

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै देशभर जारी मतदाता नामावली संकलनको काम रोकिएकाले उनीहरू मतदानबाट वञ्चित भएका हुन् ।

तथ्यांक विभागको जनगणनाअनुसारको संख्या, निर्वाचन आयोगको मतदाता नामावलीमा सहभागीको संख्या र बिदेसिएका नेपालीको हालसम्मको तथ्यांकलाई विश्लेषण गर्दा यो तथ्यांक निस्किएको हो । 

KFC Island Ad
NIC Asia

निर्वाचनसम्बन्धी जानकार स्रोतका अनुसार राजनीतिप्रति अनिच्छुक युवा, नागरिकता लिन नसकेका तथा निर्वाचनबारे अशिक्षित जनता मतदाता नामावली संकलनमा सहभागी हुँदैनन् ।

नेपालको जनगणना २०६८ का आधारमा २०७३ असार ८ गतेसम्म १८ वर्ष पुगेका नेपालीको संख्या १ करोड ८४ लाख २२ हजार ३ सय हुन आउँछ ।

तथ्यांक जनगणना २०६८ मा १३ वर्ष पूरा भएको जनसंख्यामा हालसम्मको मृतकको संख्या घटाएर निकालिएको संख्या होे । विभागले हालै उपलब्ध गराएको तथ्यांकअनुसार २०६८ असारयता मृत्यु हुनेको संख्या १ लाख २९ हजार ९ सय ७८ छ । 

यसमध्ये विभिन्न तथ्यांकलाई आधार मान्दा करिब ३० लाख नेपाली विदेशमा छन् । कामको सिलसिलामा खाडी मुलुक जाने युवा स्वदेश आउने–जाने गर्दा कतिपयले मतदाता सूचीमा आफ्नो नाम दर्ता गराएका छन् । 

निर्वाचन आयोगका पूर्वसचिव शारदाप्रसाद त्रितालका अनुसार विदेशमा रहेका नेपालीमध्ये करिब १५ प्रतिशत अर्थात् ४ लाख ५० हजारले नेपाल आउँदा मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् । 

निर्वाचन आयोगले २०६७ सालदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको थियो, जसमा ०६७ पछि विदेश गएका र त्यसबीचमा नेपाल आउने–जाने गरेका नेपालीले मतदाता नामावली संकलनमा भाग लिएको पूर्वसचिव त्रितालको भनाइ छ । 

“विशेषगरी खाडी मुलुकमा जाने नेपाली आउने जाने गरिरहन्छन्,” उनले भने, “उनीहरूले यहाँ आउँदा जिल्ला निर्वाचन कार्यालय, मतदाता नामावली संकलन अभियान तथा जिल्ला प्रशासन कार्यालयमा गएर आफ्नो नाम दर्ता गराएका छन् ।”

उनका अनुसार ०६७ यता नेपालमै नआएका र आए पनि छुटेका मतदाताको संख्या नै करिब २४ लाख ५० हजारको नजिक छ । “उनीहरू पनि नेपाली नागरिक भएकाले भोटरकै रूपमा गनिन्छन् । तर, ०६७ यता नेपाल नआएपछि त दर्ता भएका छैनन्,” त्रितालले भने । 

निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिन नसके पनि जिल्लाबाट आएको जानकारीअनुसार देशभरबाट करिब १ करोड ४० लाख मतदाता हुनसक्ने जनाएको छ । यद्यपि यो अनुमानित संख्या भएकाले केही थपघट हुन सक्नेछ । 

आयोगकै एक अधिकारीका अनुसार यो संख्या १ करोड ३८ लाखको आसपास हुन्छ । यसअघि २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा १ करोड २१ मतदाता थिए । 

ऐनले गर्दा छुटे मतदाता
संसदले हालैमात्र पास गरेको मतदाता नामावलीसम्बन्धी ऐनमा सरकारले निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली संकलन रोकिनाले पनि धेरै जना नाम दर्ता गराउनबाट छुटे ।  निर्वाचन आयोगले जिल्ला प्रशासनमा नागरिकता बनाउन आउने सबैलाई त्यहीँ बसेर फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको थियो । 
तर, ०६७ साल अगाडि नागरिकता बनाएका जनता नामावली संकलन गराउन आयोगले तोकेको ठाउँमा जानुपर्थ्यो । 
निर्वाचनको मिति घोषणा भएपछि मात्रै नाम दर्ता गर्न गर्न तात्ने स्वभावले गर्दा धेरै छुट्न पुगे । “यसअघि निर्वाचनको मिति घोषणा भएपछि पनि १०–१५ दिन आयोगले अभियानकै रूपमा नाम दर्ता गराउँथ्यो । तर, अहिले बनेको नयाँ नियमले घोषणा भएपछि नामावली संकलन रोक्ने भएपछि धेरै छुटे,” आयोग स्रोतले भन्यो ।

कसले गराएनन् मतदाता नामावली दर्ता ?
नेपाली नागरिकता भएका सबै जनता मतदाता नामावलीमा नाम दर्ता गराउन योग्य भए पनि विशेषगरी निजी स्कूल कलेज पढ्ने युवा राजनीतिक रूपमा वितृष्णा जागेकाले पनि नाम दर्ता गर्न चासो नदिएको पूर्व सचिव त्रिताल बताउँछन् ।

“राजनीतिप्रति चासो नभएका, पहुँच नभएका, विभिन्न कारणले नागरिकता नभएका अधिकांश नाम दर्ता गर्नबाट छुटेका छन्,” उनले भने । 
त्यसैगरी दुर्गमका जनता, गरिब, दलित समुदायका मानिस पनि मददाता नामावली संकलनमा छुटेको पाइने त्रितालले जानकारी दिए ।
 
हालसम्मको १८ वर्षमाथिको जनसंख्याः १,८४,२२,३००
फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्याः १,४०,००, ०००
नामावली दर्ता गराउन छुटेकाः ४४,२२,३०० 
बिदेसिएको जनसंख्याः ३०,००,००० 
विदेश गए पनि मतदाना नामावलीमा दर्ता भएकाः ४,५०,०००
विदेशमा भएर नामावली छुटेकाः २५,५०,०००
नेपालमै भएर मतदाता नामावली दर्ता नगराएकाः १८,७२,३००

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७३  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro