site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
त्रिवि मैदान पहिलेको भन्दा उत्कृष्ट, स्पिनर सुहाउँदो पिच 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले फागुन अन्तिम साता केन्यासँग त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतिष्पर्धा गर्दैछ ।
फागुन २८ र ३० (मार्च ११ र १३ ) गते हुने खेलका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले त्रिवि क्रिकेट मैदानको मर्मतलाई तीब्रता दिएको छ । 
नेपाल र केन्याबीचको खेललाई मध्यनजर गर्दै आईसीसीले त्रिवि क्रिकेट मैदान मर्मतका लागि ‘ग्राउन्ड क्युरेटर’ मधु तामाङसहित १५ जना स्थायी कर्मचारी खटाएको छ । र, उनीहरुले दैनिक मैदान मर्मत गर्ने र मैदान सजिसजाउको काम गरिरहेका छन् ।
उनीहरुले मैदानको घास उमार्ने, दुबो रोप्ने, अनावश्यक झार उखेल्ने, खाल्डा पुर्ने, दुवो जगाउन पानी हाल्ने तथा पिच मर्मतका काम गरिरहेका छन् ।
केन्याविरुद्धको खेलअघि अन्तिम तयारी गर्न नेपाली टोली भारत गएपछि ‘ग्राउन्ड क्युरेटर’हरुले मैदान मर्मत तथा सम्भारलाई तीब्रता दिएको हो । नेपाली टोली हाल भारतको ग्रेटर नोयडामा छ । केन्यासँगको खेल हुन दुई साताभन्दा कम समय बाँकी रहँदा मैदान मर्मतको काम लगभग अन्तिम अवस्थामा पुगिसकेको तामाङले जानकारी दिए ।
“लगभग आउटफिल्डको काम सकियो । अब पिचको काम बाँकी छ,” तामाङले भने, “मैदानमा अहिले पानी हालेर घास उमार्ने कामलाई तीब्रता दिएका छौं । लगभग मैदानको काम सकियो ।  केही दिनमा मैदान हरियो हुनेछ ।”
त्यस्तै तामाङले दर्शक बस्ने प्राकृतिक प्याराफिटबाट ठोस बस्तुहरु, सुरक्षा खलल पुर्याउने चिजहरु निकालिसकेको जानकारी दिए । 

\"\"

मैदान पहिलेको भन्दा उत्कृष्ट, स्पिनर सुहाउँदो पिच 
नेपाल र केन्याका खेलाडीहरुले यसपटक पहिलेको तुलनामा सुधारिएको मैदानमा खेल खेल्नेछन् ।  विगत केही महिनायता मैदानको मर्मत तीब्र गतिमा जारी राखिएकोले यो पटक त्रिवि मैदान पहिलेको भन्दा राम्रो हुने तामाङले बताए । 
“अब पिचको काम बाँकी छ,” तामाङले भने, “पिचको काम आगामी आइतबारबाट पूर्ण रुपले सुरु गर्नेछौं । अहिले पिचबाहिरको भागको काम सक्नै लागेका छौं । यो पटक मैदान पहिलेको भन्दा धेरै उत्कृष्ट हुनेछ ।”
तामाङले यो पटक मैदानको भित्री र बाहिरी भागमा पर्याप्त दुबो रोपिएको र मैदानको खाल्डा खुल्डीसमेत बालुवाले भरिसकेको जानकारी दिए । उनले मैदानमा रोपिएको दुबो जागेपछि केही दिनमा मैदानको रंग परिवर्तन हुने बताए । 
तामाङले यो पटकको पिच पनि लगभग पुरानै शैलीको स्पिन बलरलाई फाइदा पुग्ने खालको हुने बताए । “पिचको काम सुरु गरेका छौं । हामीले नेपालमा पहिलेदेखि रहँदै आएको पिचलाई नै निरन्तरता दिनेछौ,” उनले भने, “नेपालमा स्पिन बलरलाई फेबर गर्ने खालको हुनेछ र बल अलि बढी बाउन्स हुन्छ ।”
यस्तै पिचमा हल्का घास हुने भएको हुँदा सुरुवाती ब्याट्सम्यानलाई गाह्रो र सुरुवाती ६–७ ओभरको बलिङ गर्ने बलरलाई फाइदा हुने तामाङको भनाई छ ।

Prabhu Bank
Agni Group
NIC Asia

\"\"

टिकट बिक्री मंगलबारबाट सुरु, ई–सेवाबाट किन्न सकिने 
नेपाल र केन्याबीचको खेलको टिकट बिक्री सुरु मंगलबारबाट नै भैसकेको छ । र, केन्यासँगको खेलमा लगभग १५ हजार दर्शकले खेल हेर्न सक्ने नेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी  लामाले जानकारी दिए ।  
आईसीसीले टिकट विक्री तथा व्यवस्थापनको आधिकारिक प्रतिनिधी ई–सेवा फोन–पे प्रालिलाई नियुक्त गरेको छ । आईसीसीले खेलको टिकट मुल्य २ सय रूपैयाँ तोकेको छ । ग्राहकहरुले खेलको टिकट नजिकैको साईबर, स्टेसनरी, कम्युनिकेशन (ई–सेवा जोन, ई–सेवा पोइन्ट) मा गई अनलाइन टिकट खरिद गर्न सक्नेछन् । उपत्यकामा मात्र ई–सेवाका करिब ५ हजार जोन, पोइन्ट रहेका छन् भने नेपालभर १७ हजारभन्दा धेरै जोन पोइन्ट छन् । त्यस्तै ई–सेवा एकाउन्ट भएका ग्राहकले सिधै ई–सेवा https://ticket.esewa.com.np मार्फत् अनलाइन टिकट खरिद गर्न सक्नेछन् । 
ई–सेवाले यसअघि नेपाल र नामिबियाबीचको खेलको टिकट बिक्री वितरण समेत गरेको थियो । तर, योपटक ई–सेवाले खरिद गरेको टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य राख्नुपर्ने जनाएको छ । त्यस्तै दर्शकले मैदानमा प्रवेशका लागि टिकटमा लेखिएको नाम प्रमाणित गर्ने परिचयपत्र अनिवार्य लिएर आउनुपर्नेछ । ई–सेवाले टिकट सुरक्षाको दृष्टिकोण र टिकट दुरुपयोग नहोस् भन्नका लागि हरेक टिकटमा दर्शकको नाम र सम्पर्क नम्बर अनिवार्य गरिएको जनाएको हो । 

Global Ime bank

\"\"

नेपाल तालिकाको छैटौं र केन्या पाँचौमा 
विश्व क्रिकेट लिग च्याम्पियनशिप अन्तर्गत पाचौं चरणको खेल सुरु हुनै लाग्दा नेपाल ६ अंकसहित अंक तालिकाको छैटौं स्थानमा छ । ८ अंक जोडेको केन्या भने पाँचौं स्थानमा छ । र, नेपाललाई केन्यासँगको खेल निकै महत्वपूर्ण रहेको छ । ८ टिम सहभागि यो प्रतियोगिताको शीर्ष चारमा पर्ने टोलीले सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेटको छनौट खेल्न पाउनेछन् । पुछारका चार टोली भने डिभिजन टु मा झर्नेछन् । नेपाललाई शीर्ष चारमा पुग्न केन्यालाई हराउनैपर्ने हुन्छ ।
च्याम्पियनसिपको शीर्ष स्थानमा १६ अंक जोडेको नेदरल्यान्ड छ । त्यस्तै  दोस्रोमा पपुवान्युगिनी, तेस्रोमा हङकङ, चौथोमा स्कटल्यान्ड र पाँचौमा केन्या छन् । नेपालभन्दा पछि नामिबिया र यूएई छन् ।
केन्यासँगको खेलका लागि नेपाली टोलि भारतको नोयडामा रहेका छन् । नेपाली टोलि बिहिबार नेपाल आउनेछ । त्यस्तै नेपालसँग खेल्न केन्या आगामी २६ गते नेपाल आउने कार्यक्रम छ । 

\"\"

सुरक्षाको व्यवस्था कडा 
नेपाल र केन्याबीचको खेलमा सुरक्षा व्यवस्था कडा हुनेछ । र, खेलको दौरान व्यवस्था हुने सुरक्षाबारे नेपालले आइसीसीलाई पत्र समेत पठाइसकेको छ  । नेपाल क्रिकेट संघ (क्यान) का प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामाका अनुसार नेपाल र केन्याबीचको खेलको लागि एसएसपीको नेतृत्वमा प्रहरी खटिनेछ । “टियुलाई आईसीसीले अन्तर्राष्ट्रिय स्तरको मैदानको स्टान्डर्ड दिएकोले आईसीसीकै स्टान्डर्ड अनुसारको सुरक्षा हुनुपर्छ । त्यो स्टान्डर्ड हामीले दिन सक्ने भएकाले खेल यहाँ हुन् लागेको हो,” कार्यसञ्चालन अधिकृत लामाले भने,“हामीले तयारी गरेको सुरक्षामा आइसीसी पूर्ण सन्तुष्ट छ ।”
त्यस्तै लामाले खेल सुरक्षाको लागि राष्ट्रिय खेलकुद परिषद्ले जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको र प्रशासनले प्रहरीका सम्बन्धित विभागलाई निर्देशन दिइसकेको समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७३  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement