site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Global Ime bankGlobal Ime bank
उहाँमा जिम्मा लिएको काम पूरा गरेरै छाड्ने बानी थियो 

गोल्छा अर्गनाइजेसनका परिवारसँग हाम्रो परिवारको सम्बन्ध भनेको आजको होइन । धेरै पहिलेदेखिकै सम्बन्ध थियो । मेरो बुबा स्व. इन्द्रभक्त श्रेष्ठको गोल्छा अर्गनाइजेसनका रामलाल गोल्छासँग घनिष्ट सम्बन्ध थियो । पछि त्यो सम्बन्ध कायमै रह्यो । मेरो सम्बन्ध पनि त्यो परिवारसँग उत्तिकै महत्वपूर्ण रह्यो । दिवाकर गोल्छासँग पनि मेरो सम्बन्ध अत्यन्तै राम्रो थियो ।

जब म उद्योग वाणिज्य महासंघको अध्यक्ष भएको थिएँ त्यो बेला उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसबेलादेखि नै निजी क्षेत्र र राजनीतिक क्षेत्रबीचको सम्बन्ध बलियो बनाउने काममा लागेका थियौं ।  त्यो बेलामा उहाँले मलाई निकै सहयोग गर्नुभयो । उहाँलगायत सबै पदाधिकारीको सहयोग थियो ।

उहाँले त्यसबेला नेपाल र भारतबीचको ट्रेड एण्ड ट्रिटिको समयमा जुन भूमिका निर्वाह गर्नुभयो । त्यो कहिल्यै पनि भुल्न सकिँदैन । उहाँले त्यसबेला त्यो सम्झौता हुने बेलामा उहाँले गरेको योगदानले हामीलाई सहयोग पुगेको थियो । उहाँसँग म विभिन्न मुलुकको भ्रमणमा गएको थिएँ । 

उहाँसँग मेरो व्यापार व्यवसायमा सम्बन्ध थिएन । उहाँसँग जति सम्बन्ध भयो त्यो उद्योग वाणिज्य संघमा रहेकै बेला भयो । उहाँको स्वभाव कस्तो थियो भने कुनै पनि कामको जिम्मा लिइसकेपछि उहाँले पूरा गरेरै छाड्नुहुन्थ्यो । मलगायत धेरै साथीहरु उहाँको घरमा गएरै गर्थ्यौं । उहाँले कहिले पनि यस्ता काम गर्न अप्ठेरो मान्नुभएन ।

निजी क्षेत्रको विकासका विषयमा धेरै कुराकानी हुन्थ्यो । औद्योगिक विकासका लागि उहाँले खेलेको भूमिका कहिल्यै भुल्न सकिँदैन । उहाँले व्यापार मात्रै होइन उद्योगमा नै हात हाल्नुपर्छ भन्नुहुन्थ्यो । उहाँ उद्योगमै बढी फोकस हुनुहुन्थ्यो । उद्योग चलाउन सजिलो काम होइन । उद्योग चलाउन कति समस्या र च्यालेन्ज थियो होला । त्यस्तो बेलामा पनि उहाँ कहिल्यै पनि पछि हट्नुभएन ।

प्रकाशित मिति: सोमबार, वैशाख ९, २०७६  ०७:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro