site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
ताप्लेजुङ दुर्घटनाले तीन क्षेत्रका खम्बा गुमायो
Sarbottam CementSarbottam Cement

२०७५ फागुन १५ गते वास्तवमा मुलुक अत्यन्त शोकमा परेको दिन हो । त्यो दिन मुलुकले सातजना होनहार व्यक्ति गुमाउन पुगेको छ । विशेषगरी मैले भन्दा तीनवटा क्षेत्रका तीनजना व्यक्ति गुमाउँदा मुुलुककै लागि अपूरणीय क्षति पुगेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रशासक युवराज दाहालको हेलिकोप्टर दुर्घटनाले वास्तवमा तीन क्षेत्रका खम्बा गुमाएको महसुस मैले गरेको छु ।

दुर्घटनाको दिनमा समेत १० बजेर ५३ मिनेट जाँदा म दाहाल सरसँग कुराकानीमै थिएँ ।

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

उहाँले म कार्यक्रममा छु, केहीबेरपछि कुरा गरौंला भन्नुभएको थियो । त्यसपछि उहाँसँग कुरा गर्न पाइएन । केहीबेरपछि अनलाइनहरुमा एकाएक समाचार देखिए । पहिले त मैले हेलिकोप्टर कतै आकस्मिक अवतरण गरेको हो कि जस्तो मानेको थिएँ । केहीबेरपछि अन्त्यन्त दुखद् खबर सुन्नुपर्यो । जुन मुलुकको लागि अपूरणीय क्षति हो ।

रवीन्द्र अधिकारीलाई मैले विद्यार्थी नेता हुँदादेखि नै चिनेको हो । उहाँलाई मैले अझ राम्रोसँग चिन्ने मौका सांसद भइसकेपछि पाएँ । उहाँ सांसद भएपछि विकास समितिको सभापति पनि हुनुभयो ।  त्यो बेला उहाँको भिजन, काम गर्ने जाँगरलाई मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।

Global Ime bank

विकास समितिमा रहँदा नेपालको समृद्धिको लागि उहाँले जुन भूमिका निर्वाह गर्नुभएको थियो, त्यो सायदै कसैले गर्न सक्ला । उहाँसँग नजिकमा हुँदा उहाँले गर्न खोजेका विषयमा म जानकार थिएँ । मन्त्री भइसकेपछि पनि उहाँसँग धेरै बस्ने र घुम्ने मौका पाएको थिएँ ।

पछिल्लो समयमा उहाँसँग झापामा रात्रिकालीन उडान सुरु गर्ने बेला पनि सँगै गएको थिएँ । त्यो तयारीका क्रममा उहाँ जानुभएको थियो । त्यही फ्लाइटमा म पनि सँगै थिएँ । तयारीका क्रममा त्यहाँ सानो कार्यक्रम पनि भएको थियो । त्यही फ्लाइटमा युवराज दाहाल सर पनि हुनुहुन्थ्यो । भैरहवा विमानस्थलको निरीक्षणका क्रममा पनि सँगै गएको थिएँ ।

व्यक्तिगत हिसाबमा भन्दा उहाँ अत्यन्त काम गर्न सक्ने युवा नेता हुनुहुन्थ्यो । मुलुकको लागि केही गरौं भन्ने व्यक्ति हुुनुहुन्थ्यो । उहाँको निधनले भावी नेतृत्व गुमाएको मैले महसुस गरेको छु । उहाँको निधन हुनुभन्दा करिब एक साताअघि पनि उहाँसँग भेट भएको थियो । उहाँले तपाईंलाई भारी बोकाउनुपर्नेछ भनेर भन्नुभएको थियो । तर त्यसपछि उहाँसँग भेट हुन पाएन ।

\"\"

उहाँले आफ्नो मन्त्रालयमा रहँदा छोटो समयमा देखिने परिवर्तन गर्नुभएको थियो । नेपालको पर्यटन क्षेत्रको मात्रै नभएर आर्थिक हिसाबले पनि राज्यको लागि ठूलो क्षति हो उहाँको निधन ।

उक्त दुर्घटनामा निधन भएका आङछिरिङ शेर्पा नेपालको पर्यटन व्यवसायीका हस्ती नै हुनुहुन्थ्यो । उहाँमा काम गर्ने जोश, जाँगर अरुको भन्दा निकै फरक थियो । उहाँको निधनले निजी क्षेत्रलाई वास्तवमा ठूलो क्षति पुगेको छ । हस्पिटालिटी क्षेत्रमा नेपालमा उहाँले जत्तिको अहिले कसैले काम गरेको पाइँदैन ।

पर्यटनमा उहाँले गरेको योगदान निकै ठूलो हो । उहाँको काम गर्ने क्षमता कस्तो थियो भने लो प्रोफाइलमा रहने तर निकै महत्वपूर्ण काम गर्नुहुन्थ्यो ।

प्रधानमन्त्रीको भ्रमणका बेला विदेश जाँदा हामी सँगै गएका थियौं । उहाँ कहिले पनि आफूलाई ठूलो व्यक्ति र व्यवसायी हुँ भन्ने घमण्ड थिएन । उहाँको निधनले यो क्षेत्रमा धेरै नै ठूलो क्षति पुगेको छ । परिवारको हिसाबमा त तुलना गर्न नसक्ने दुखद् अवस्था रह्यो । 

आङछिरिङ दाइलाई धेरै पहिले त होइन मैले चिनेको, २० वर्षजति भयो । किनकि पर्यटन क्षेत्रमा म पनि पछि लागेको हुँ । उहाँ मिडियामा पनि नआउने र लो प्रोफाइलमा बसेर काम गर्ने व्यक्ति हुनुहुन्थ्यो । कुनै काम सुरु गरेर त्यो सक्नुपर्छ भनेर लाग्नुहुन्थ्यो । 

\"\"

म पछि पर्यटन क्षेत्रमा लागेको भए पनि उहाँसँगै व्यापारिक साझेदार भएर काम गर्ने मौका भने मिलेन । हामी वित्तीय क्षेत्रतिर बढी थियौं र उहाँ पर्यटन क्षेत्रमा । हामी पर्यटन क्षेत्रमा प्रवेश गरेको पनि पछि नै हो ।  पर्यटन क्षेत्रमा जुन खालको उहाँको योगदान छ । त्यो उहाँले गरे बराबरको कसैको पनि छैन । भविष्यमा आउन सक्ला । तर साधारण तरिकाले उहाँले गरेको काम अतुलनीय नै देखिन्छ ।

त्यसैले म भन्छु, ताप्लेजुङ दुर्घटनाले तीन क्षेत्रका खम्बा गुमाएको छ । यो मुलुकको लागि अपूरणीय क्षति हो ।

(आइएमइ अध्यक्ष चन्द्र प्रसाद ढकालले बाह्रखरीसँग गरेको कुराकानीमा आधारित)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  ११:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय