site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
ताप्लेजुङ दुर्घटना: पर्यटन क्षेत्रमा अपुरणीय क्षति 
Sarbottam CementSarbottam Cement

अविच्युरी


काठमाडौं । पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा परेको आज १३ दिन पुगेको छ । पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा उनीहरुसँगै दुर्घटनामा परेर सात जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परेर मन्त्री अधिकारी, व्यवसायी शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

रवीन्द्र अधिकारी–मन्त्री पर्यटन तथा नागरिक उड्ययन

वि.सं. २०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी गाविसमा जन्मिएका अधिकारी विद्यार्थी अवस्थादेखि नै राजनीतिमा होमिएका थिए । प्रवेशिका उतीर्ण गर्ने बित्तिकै वनविज्ञान अध्ययन संस्थानमा भर्ना भएतापनि त्यसको केही समयमै २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गर्न थाले ।

Global Ime bank

पृथ्वीनारायण क्याम्पसबाटै अधिकारीको राजनीतिक जीवन सुरुवात भएको थियो । २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।

पहिलो संविधानसभा निर्वाचन २०६४ र दोस्रो निर्वाचन २०७० मा संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए ।  संसद्को विकास समितिमा रहँदा नेपालमा विकासको बहसलाई नयाँ उचाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाएको चर्चा हुने गर्छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी कास्की क्षेत्र नं. २ बाट निवार्चित भएका थिए । निर्वाचनमा ह्याट्रिक गरेका अधिकारीको पछिल्लो मन्त्री पद भने सुरुदेखि नै चर्चामा रहँदै आएको थियो । मन्त्री भइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सुचारु, १०० पर्यटकीय स्थलको सूचीकृत सहित सुधारका कार्यको संकेत देखाएका थिए ।

आङछिरिङ शेर्पा–पर्यटन व्यवसायी 

पर्यटन व्यवसायी स्व. आङछिरिङ शेर्पा सोलुखुम्बुमा जन्मिएका हुन् । सानै उमेरमा ट्रेकिङ व्यवसायमा लागेका शेर्पा आफैं ट्रेकिङमा जाने गर्थे । पछि बिस्तारै ट्रेकिङ एजेन्सी खोलेर व्यवसाय विस्तारमा लागे । शेर्पाकै नेतृत्वमा निजी एयरलाइन्स कम्पनी यति एयर रहेको थियो भने होटल व्यवसायसँगै जलविद्युत् उत्पादनमा पनि होमिएका थिए ।

२१ वर्षको उमेरमा चन्द्रा राईलाई विवाह गरेका शेर्पाका दुई छोरा छन् । शेर्पाले सन् १९९८ मा यति एयरलाइन्स सुरु गरेका हुन् । गोकर्ण रिसोर्ट, चितवनको कसरा रिसोर्टका मालिक शेर्पाका ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सीहरु देशैभर छन् । हिमालय एयरलाइन्स र तारा एयरलाइन्समा पनि आङछिरिङकै लगानी छ ।

शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाका देवर हुन् । दुर्घटनामा परेको डाइनेस्टी हेलिकोप्टरमा पनि आङछिरिङको लगानी छ ।

युवराज दाहाल–प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव

युवराज दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिवको रुपमा कार्यरत थिए । हक्की र निडर स्वभावका दाहाल जनसम्पर्क बढाउने कार्यमा माहिर थिए । हिँडडुल र घुमघाम मन पराउने दाहाल अन्तर्राष्ट्रिय समसामयिक राजनीतिको विषयमा चासो राख्थे । यसमा उनको राम्रै हेक्का थियो ।

उनले लामो समय प्रशासनमा बसेर काम गरेका थिए । दाहाल प्रधानमन्त्री ओलीको स्वकीय सचिव हुनुपूर्व करिब साढे ३ वर्ष दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका पदमा कार्यत थिए । २०६५ साल माघमा इलाम नगरपालिकाको कार्यकारी अधिकृत भएका दाहालले इलामका लागि ठूलो योगदान दिएका छन् । इलामलाई मुलुककै पहिलो हरित नगरी बनाउने श्रेय उनैलाई जान्छ ।

दाहाल २०२९ सालमा जन्मिएका हुन् । उनका तीनजना दाजुभाइ छन् । झापाको गौरीगञ्जकी बन्दना पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका दाहालका एक छोरा र एक छोरी छन् ।

वीरेन्द्रप्रसाद श्रेष्ठ–उपमहानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

वीरेन्द्रप्रसाद श्रेष्ठ नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता पनि थिए । श्रेष्ठले प्राधिकरणका इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन इन्जिनियरको रुपमा काम गरिसकेका छन् । त्यस्तै उनले एकवर्ष महाप्रबन्धकको रुपमा समेत प्राधिकरणमा काम गरेका छन् ।

सञ्चार, उड्डयन, नेभिगेसन र सर्वेलेन्ट विज्ञका रुपमा रहेका श्रेष्ठ अत्यन्त सरल मृदुभाषी र सबैसँग नम्र रहने व्यक्ति रहेका थिए । कर्पोरेट निर्देशनालयको निर्देशकसमेत रहेका श्रेष्ठको जिम्मेवारीमा प्राधिकरणको बजेट, मानव संशाधन रहेको थियो । श्रेष्ठका एक छोरा र एक छोरी छन् ।

ध्रुव भोछिभया– एरोड्रम इन्जिनियरिङ प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरण

ध्रुव भोछीभया नेपाल नागरिक उड्डयन प्राधिकरणका एरोड्रम इन्जिनियरिङ प्रमुख हुन् । उनी सधैं आफ्नो कामलाई तदारुकतााका साथ गर्ने, कुनै पनि निरीक्षणको काम आफैं गर्न तत्पर रहने व्यक्तित्व हुन् । उनी आफ्नो काम आफैं र समयमै गरौं भन्ने सोच राख्दथे ।
बनेपा घर भएका भोछिभया बागबजारमा बस्दै आएका थिए । उनका ३ जना छोरी र एक छोरा छन् ।

अर्जुन घिमिरे– जमदार, नेपाली सेना

ताप्लेजुङ दुर्घटनामा ज्यान गुमाउनेमध्ये अर्का हुन्, मन्त्री अधिकारीका पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) अर्जुन घिमिरे । २०५८ सालमा नेपाली सेनाको सेवामा प्रवेश गरेका घिमिरे सेनाको जमदार पदमा कार्यरत थिए । उनी १० भदौदेखि मन्त्री अधिकारीको गार्ड कमान्डर भएर खटिएका हुन् ।

उनकी श्रीमती शैलु घिमिरे र छोरा असिम घिमिरे कीर्तिपुरमा बस्दै आएका छन् । घिमिरेका एक भाइ र तीन बहिनी छन् ।

प्रभाकर केसी– पाइलट, डाइनेस्टी एयर

ताप्लेजुङमा दुर्घटना भएको हेलिकप्टरका पाइलट प्रभाकर केसी सन् २०१२ देखि पाइलट बनेका हुन् । उनी फिलिपिन्सबाट ६ महिनाको प्रशिक्षण लिई पाइलट बनेका थिए ।

काठमाडौंको ताहाचलमा स्थायी घर भएका केसीले ताहाचलको साइरिस स्कुलबाट एसएलसी दिएका थिए भने बल्खुको बर्नहार्ट कलेजमा प्लस टु पढेका थिए । पाइलट कोर्स सकेपछि श्री एअरलाइन्समा ८ महिना काम गरेर एअर डाइनेस्टीमा आवद्ध भएको दुई वर्ष भएको थियो ।

उनी निकै मिजासिला थिए भने सबैको उत्तिकै प्रिय व्यक्तित्व थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय