site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिरो वुमेन्स गोल्डकपको फाइनलमा नेपाल म्यानमारसँग पराजित 
SkywellSkywell

काठमाडौं । हिरो वुमेन्स गोल्डकपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ । पहिलो हाफमा १–१ को बराबरी खेलेपनि दोस्रो हाफमा दुई गोलको शिकार भएपछि नेपालले उपाधि म्यानमारलाई सुम्पिएको हो । 

भारत उडिसास्थित कंलिगा रंगशालामा ३५ औं मिनेटमा यी यी ओको गोलमार्फत म्यानमारले अग्रता लिएपनि लगत्तै ५ मिनेटपछि नेपालले बराबरी गोल फर्काएको थियो । मन्जली योन्जनकोे गोलमार्फत पहिलो हाफमा बराबरी खेलेको नेपाल दोस्रो हाफमा दुइको शिकार भयो । 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

म्यानमारका लागि ५३ औं मिनेटमा विन थिङगी र ६३ औं मिनेटमा यी यी ओले गोल गरेकी थिइन् । बाँकी समय नेपालले पुनरागमनको प्रयास गरेपनि जित निकाल्न सकेन । म्यानमार अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले आयोजक भारत र इरानमाथि जित निकाल्दै फाइनलमा यात्रा तय गरेको हो । गोल्डकपको पहिलो खेलमा पनि नेपाल म्यानमारसंग ३–० ले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भारतबिरुद्ध २–१ को एतिहासिक जित निकालेको नेपालले इरानलाई ३–० ले पराजित गरेको थियो । 

कात्तिकमा ओलम्पिक छनोटमा म्यानमार, भारत र बंगलादेशलाई १–१ को बराबरी रोक्दै दोस्रो चरणमा स्थान बनाएको नेपाल विगत २ महिनादेखी पाँचौं महिला साफ च्याम्पियनसिपको तयारीमा छ । भारतले पनि साफलाई केन्द्रितगरी ‘हिरो वुमेन्स गोल्डकप’को आयोजना गरेको हो ।  नेपाल पाँचौं महिला साफ च्याम्पियनसिपलाई केन्द्रित गरी गोल्डकपमा सहभागी भएको हो । साफ च्याम्पियनसिप फागुन २८ गतेबाट विराटनगरको सहिद रंगशालामा सुरु हुँदैछ । यस गोल्डकपबाट कमजोर पक्ष सुर्धार्दै नेपाल साफ च्याम्पियन बन्ने लक्ष्यमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ३, २०७५  २०:२८
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro