site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हात्ती महोत्सवसँगै सौराहामा पर्यटक बढे (तस्बिरहरु)
SkywellSkywell

काठमाडौं । चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको ओइरो लागेको छ । विशेषगरी जंगल सफारीका लागि पर्यटक सौराहा आउने गर्छन् । 
हात्ती महोत्सव अन्तर्गत हात्ती पोलो, हात्तीको ब्युटी कन्टेस्ट, फुटबल, वनभोज आदि कार्यक्रम समावेश गरिएको आयोजकले जनाएको छ । हिजो बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको महोत्सव ५ दिनसम्म चल्नेछ । 

महोत्सवको पहिलो दिन हात्ती वाक र छावाको मैत्रीपूर्ण फुटबल खेल भएको थियो । हात्ती वाक प्रतियोगितामा १५ वटा हात्तीको सहभागिता थियो । महोत्सवमा लोक गायक मिलन लामा, नेत्रजी पन्तलगायतको कलाकारले साङ्गीतिक प्रस्तुति दिएका छन् । 

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुनका लागि चितवन हात्ती महोत्सव गरिएको होटल संघ सौराहका अध्यक्ष सुमन घिमिरेले बताए । 

Dabur Nepal
NIC Asia

यस्तै महोत्सवका क्रममा ‘साहित्य र पर्यटन’ विषयक विशेष कार्यक्रम आयोजनासमेत गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव आयोजना भएको हो । 
 

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro