site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जस अञ्चलाधीशले लिने, अपजस जति सीडीओलाई  
SkywellSkywell

नेपाली राजनीतिका नायक बीपी कोइरालासँग उनको सम्बन्ध नितान्त नजिकको रह्योे । दार्जिलिङमा साहित्यकार धरणीधर कोइरालासँग पढ्दा नै उनले बीपीसंग भेट्ने मौका पाएका थिए । त्यसैले पनि उनको निकटता थियो । जब बीपी भारतको निर्वासित जीवन त्यागेर नेपाल फर्किए, उनी सुन्दरीजलमा थुनामा राखिए । 

उनी बीपीलाई भेट्न सुन्दरीजल जान सकेनन् । त्यसबेला उनी गृह मन्त्रालयमा कार्यरत थिए । सम्पर्क र सम्बन्ध भएपनि उनी सुन्दरीजलसम्म पुगेर बीपीलाई भेट्न असमर्थ रहे । जब बीपी कोइराला जयवागेश्वरीमा बस्न थाले, त्यसपछि उनी पनि जयवागेश्वरी जान थाले । उनी गृह मन्त्रालयमा कार्यरत रहेको र त्यसबेला बीपीलाई भेट्न कोको आउँछन् भन्ने निगरानीमा गुप्तचरहरु खटिएका कारण उनी बीपीलाई भेट्न जानसक्ने अवस्थामा थिएनन् । गृह अन्तरगतको विभागमा कार्यरत गुप्तचरहरुले उनलाई चिन्ने अवस्था रहन्नथ्यो । तर जब बीपी जयवागेश्वरी बस्न थाले त्यस पछि उनी अनेक गरेर बीपी कहाँ पुग्न थाले । 

चाबहिल क्षेत्रका पुराना बासिन्दा तथा सरकारी सेवामा लामो समय क्रियाशील रहेर उपसचिवबाट अवकास लिएका विजयकुमार खनाल     (८५) केही दिन अघि कुराकानीका क्रममा भन्दै थिए, “मलाई मन्त्रालयमा कतिले देखेका होलान् । त्यसैले पनि मैले सुन्दरीजलमा थुनामा रहँदा बीपी कोइरालालाई भेट्ने आँट गर्न सकिन । जब उहाँ जयवागेश्वरी बस्न थाल्नु भयो त्यस पछि म पनि कालो चस्मा र टोपी लगाएर कसैले नचिन्ने गरि बीपी कहाँ जान थालेँ ।”

KFC Island Ad
NIC Asia

\"\"

जयवागेश्वरीमा बीपीको निवास अगाडि पनि गुप्तचरहरु अनेक रुपरंगमा घुमिरहेका हुन्थे । कोही माग्ने जस्तो भएर बसेका हुन्थे भने कतिपय पाका मानिसहरु गुच्चा खेलेर बसीरहेका हुन्थे । तिनिहरु गुप्तचरका मानिस हुनसक्ने शंका वरपरका स्थानीयहरुले नगरेका होईनन । तर तिनीहरुकै अगाडिबाट बीपीको घरमा पस्नु धेरैका लागि दुरुह कार्य हुन्थ्यो । तर चावहिल (चाबेल) शान्ति गोरेटोमा बस्ने विजयलाई बीपी यति नजिकै रहँदा पनि भेट्न नसक्नुले चुकचुक लाग्थ्यो । त्यसैले जे पर्लापर्ला भन्दै उनी मौका मिल्नासाथ बीपीको निबासस्थान पुग्थे । केही बेर बसेर कुराकानी गर्थे । अनि घर फर्किन्थे । यो क्रम बीपीको निधन नहुँदासम्मै चल्यो ।     

Royal Enfield Island Ad

उनका अनुसार बीपी कोइरालासँग उनको भेटघाट दार्जिलिङमै भएको हो । उनका नातेदार साहित्यकार धरणीधर कोइरालाकै निगरानीमा उनको पढाई हुँदै थियो । धरणीधर कोइराला दार्जिलिङको स्कूलमा शिक्षक थिए । उनी पनि त्यही स्कूलमा पढ्थे । त्यहीँबाट उनको सम्पर्क बीपी कोइरालासँग गहिरियो । 

तर विजयलाई सक्रिय राजनीतिले तानेन । बीपीले उनलाई काँग्रेसमा सक्रिय हुन भनेका पनि हुन्, तर उनको ध्यान त्यता गएन । राजनीतिमाभन्दा जागिर खाएर बालबच्चाको भविष्य बनाउन तर्फ उनी लागे । त्यसैले उनले राजनीतिभन्दा आफ्नो जागिरलाई महत्व दिए ।

उनी भन्छन्, “बीपीले मलाई माया गर्नुहुन्थ्यो । उहाँसँग कुरा हुँदा कहिले काँही मसँग आध्यात्मिक कुरा पनि गर्नुहुन्थ्यो ।”

साढे आठ दशकको उमेरमा उक्लदै गरेका विजयकुमार सरकारी अधिकारी भएपनि बीपी कहाँ जाने र उनीसँग निकट रहेको विषयमा आफ्नो अफिसमा एक्सपोज भएनन् । मनमा कहिँकतै डर त थियो होला । तर उनको बानी, व्यहोरा र सरलपनाका कारण उनीमाथि कसैले पनि शंका गरेनन् । यसरी उनको जयवागेश्वरी यात्रा लामोसमय चल्यो । 

\"\"

०००

खनालकोे मुलथलो काठमाडौंको मुलपानी हो । तर उनी जन्मिए कलकत्ता(कोलकाता)मा । उनका पिताजी नारायणप्रसाद खनाल व्यापार व्यवसायमा सक्रिय थिए । त्यसले उनको संगत राणा र शाहहरुसँग पनि भयो । त्यसबेला शाह खलकका महेन्द्रविक्रम नाम गरेका एक व्यक्तिसँग उनको पिताजीको संगत भयो । 

पहाडतिरबाट काठमाडौं आएका महेन्द्रविक्रमको संगतले विजयका पिताजीलाई कोलकाता पु¥याएको थियो । विजयका पिताजी नारायणप्रसादको महेन्द्रविक्रमँंग हिमचिम बढ्दै गयो । र उनका पिताजी पनि डेरा लिएर कोलकाता तिरै बस्न थाले । 

उनकी आमा र पिताजीको बसोबास धेरैजसो कोलकातामै हुन्थ्यो । उनको जन्म पनि त्यहीँ नै भयो । र, शैशवकाल त्यहीँ बित्दो थियो । तर उनकी आमालाई लाग्यो अब काठमाडौं नै बस्नु पर्छ । सधै कोलकाता बसेर हुन्न । घरबारी, खेतीपाती पनि हेर्नुपर्छ । त्यसैले केही समय पछि बालक विजयलाई लिएर काठमाडौं हिँडिन् । तर, बीचमै उनकी आमाको निधन भयो । आमाको निधन पछि उनका पिताजीले अर्को बिहे गरेनन् । उनी आफ्नो कर्ममा निरन्तर लागिरहे । आफ्नै उद्यममा रमाए । पिताजीले बिहे गरेको भए उनका दाजुभाइ दिदीबहिनी बढ्ने थिए होलान् । तर पिताजीले दोस्रो बिहे गरेनन् । उनी एक्लै भए । 

उमेर बढ्दै गएपछि विजयको पठनपाठन दार्जिलिङको स्कूलबाट सुरु भयो । उनले केही वर्ष दार्जिलिङमै पढे । त्यस पछि उनी कोलकाता आए । र, त्यहिँबाट म्याट्रीक पास गरे । 

त्यो बेला उनका पिताजी पनि कोलकातामै थिए । उनले त्यहीँ आइएस्सी पढ्न सुरु गरे । तर आइएससी पढ्दापढ्दै उनको पढाई रोकियो । उनी आईएससी पढ्न छोडेर काठमाडौं फर्किए । 

विजय भन्छन्, “मेरा पिताजीलाई महेन्द्रविक्रमले खुबै मनपराउँथे । त्यसैबेला महेन्द्र भारतका लागि नेपाली राजदूत भएछन् । राजदूत भएपछि उनले मेरा पिताजीलाई पनि सँगै दिल्ली लगे । पिताजी दिल्ली गए पछि उहाँले मलाई कोलकाताबाट काठमाडौं जा भनेर यता पठाई दिनु भयो ।”

संभवतः त्यसैबेला विजयका पिताजीले कोलकाता छोड्ने निर्णय गरिसकेका थिए । त्यसैले पनि होला, विजयलाई आइएससी पढ्दा पढ्दै पढाई रोकेर काठमाडौं पठाए । कोलकातामा भाडामा लिएको घर छोडे । आफू दिल्ली गए । उनी काठमाडौं आएर मामाघर भएको गाउँ चाबेलमा बस्न थाले । त्यसबेला चाबेल गाउँ नै थियो । आजको जस्तो गज्याङमज्याङ शहर थिएन । 

काठमाडौं आईसकेपछि उनलाई आइएससी पढ्न मन लागेन । मन भएको भए कोलकातामै बसेर भएपनि आइएससी पढ्ने थिए होलान् । त्यसैले उनी मानविकी लिएर आइए पढ्न थाले, त्रिचन्द्र कलेजमा ।

वि.सं. २०१० सालको सेरोफेरोमा कोलकाताबाट म्याट्रिक पास गरेर आएका विजय त्यसबेला चाबेल क्षेत्रमा जान्ने बुझ्नेमा गनिन थाले । उनलाई स्थानीय केटाकेटीहरुलाई अंगे्रजी र म्याथ पढाउनका लागि भनियो । उनले पनि हुन्छ भन्दै स्कूले विद्यार्थीहरुलाई पढाउन सुरु गरे । यसरी ट्युशन पढाए वापत आफूले कहिल्यै पैसा नलिएको उनी बताउँदै थिए । आफूले जानेको सिकाउने हो भन्दै स्वयंसेवा गर्दै रहे । 

बेलामौकामा विद्यार्थी पढाउने विजयले यसपटक भने पढाई रोकेनन् । पढ्दै गए । र, त्रिचन्द्र कलेजबाटै बीए पास गरे । त्यो बेलामा चाबेलको बसाई र त्रिचन्द्रको पढाई, कस्तो होला अनुमान गर्न सकिन्छ । आजजस्तो गाडी र सडककोे सुविद्या नभएको चाबेलबाट उनी र उनका साथीहरु त्रिचन्द्र कलेज पुग्थे । 

उनी भन्छन्, “तपाईँ आज जुन चाबेल देखिरहनु भएको छ, यो त शहर भईसकेको छ । त्यसबेला त चाबेल गाउँ नै थियो । हाम्रो बसोबास शान्ति गोरेटोमा थियो । उता उत्तर तिर कपन विशाल र उर्बर फाँटकारुपमा विद्यमान थियो । चारैतिर खेतबारी थियो । चाबेलको बीचमा झिँगटीको छानो भएका गुजमुज्ज परेका घर थिए । कसैकसैका घर मात्रै पक्की थिए ।”

त्यसबेला चाबेलदेखि उत्तर पूर्वमा अवस्थित बौद्ध क्षेत्र पनि विस्तारित  हुँदै थियो । पर्यटकीय स्थल भएकोले त्यतातिर पनि चहलपहल थियो । विजयकुमारका अनुसार बौद्धतिर व्यापार व्यवसाय मनग्ये हुन्थ्यो । व्यापार गर्नेहरु बौद्धसम्म पुगेकै हुन्थे । व्यापारीहरु अनेक सामान बेच्न बौद्ध पुगेका हुन्थे । विजयका अनुसार बौद्धमा बिक्री नभएका सामानहरु व्यापारीहरुले चाबेलमा आएर बेच्थे । 

गाउँकारुपमा रहेको चाबेल समयसँगै फस्टाउँदै गयो । चाबेलका साहुहरुको हालीमुहाली थियो । उनीहरु व्यापार व्यवसायमै रमाएका थिए । विजय र उनको परिवारकोे काम भएको आफ्नो जग्गा जमिनमा अनाज उब्जनी गर्ने र वर्षदिन खानपानको बन्दोबस्त गर्ने थियो । दुहुनो गाई पनि पालेका थिए उनले ।

\"\"

त्यो बेला हिँडेर चाबेल आउनु पर्दथ्यो । हिंड्ने भनेकै चाबेल गणेशस्थानको बाटो भएर थियो । गौशालाको बाटो सानो थियो । रातीगरि एक्लै हिंड्न डरमर्दो हुन्थ्यो । त्यसबेला घुम्न जाने भनेको कपन र बौद्धका खुला फाँटहरु नै हुन्थे । उनी घुम्न जाँदा कतै बिसाउँदा दही मोहीले घरका मानिसहरुले स्वागत गर्थे । उनी भन्छन्, “आज वल्लो पल्लो कोठामै पनि मानिसको चिनाजान हुँदैन । कस्तो समय आयो !” 

जतिखेर उनी बुझ्ने भएर काठमाडौं आए, उनलाई चाबेलले छुन सकेन । कहाँ भारतको प्रसिद्ध महानगर कोलकातामा बस्दैआएका उनी, चाबेल जस्तो छाप्रो नै छाप्रोले घेरिएको गाउँमा उनको मन नरमाउनु अस्वाभाविक थिएन । यद्यपि समयले उनलाई त्यही परिवेशमा ढाल्दै लग्योे । उनी  यतै घुलमिल हुन थाले । यतै रमाउन थाले । छाप्रे घरहरु भएको पातलो बस्ती चाबेलमा उनी रमाएनन् मात्रै, चाबेलमै उनले आफ्नो ससुराली पनि बनाए ।  

विजय भन्छन्, “उतै बसेको भए कोलकातामा पढाई रहेको हुन्थेँ कि त अभिनय र गायन तिर लागेको हुन्थेँ । आज पनि मलाई मेरा नाती नातिनाहरुले गीत गाउन भन्छन् । म पनि तिनलाई गीत सुनाएर रमाउँछु ।” 

०००

काठमाडौं आगमनको प्रारम्भमा पढ्ने पढाउनेमै रमाए । उनका काकाहरुको काममा सहयोग पनि गर्दै गए । उनका अनुसार उनले आफ्नो जीवनलाई आफ्नै सोच र गतिका साथ डोर्याएका हुन् । लोभ लालसाले उनलाई कहिल्यै प्रभावित पारेन । त्यसैले सरकारी अधिकारी भएपनि उनको काम गर्ने शैली अलग रह्यो । काममा ध्यान दिन्थे । तोकिएको कामलाई पूर्णता दिनु नै उनको कर्म हुन्थ्यो ।   

वि.सं. २०१६ सालमा उनले बीए पास गरे । उनको मनले भन्यो, “अब सरकारी जागिर खानु पर्छ ।” त्यसैले उनले लोकसेवा लड्ने निश्चय गरे । लोकसेवाको परीक्षा दिए । परीक्षा पास भए । अनि शाखा अधिकृतमा नियुक्त भए । मन्त्रालय प¥यो, गृह । 

त्यतिन्जेलसम्म उनका पिताजी पनि काठमाडौं फर्किईसकेका थिए । उनका पिताजी, आफू र पत्नी अनि छ छोराछोरीका साथ उनको घरगृहस्थी चल्न थाल्यो ।  

गृहमन्त्रालयको जागिरलाई राम्रो जागिर मान्छन् धेरैले । तर एउटा इमानदार कर्मचारीका लागि सबै ठाउँ उत्तिक्कै राम्रो ठान्छन् विजय । कसैसँग लिनुदिनु नपरेपछि काम कसरी राम्रोसँग गर्ने भन्ने ध्याउन्न एउटा आदर्श कर्मचारीको हुन्छ । उनी सँधै यही ध्याउन्नमा रहे । 

कुराकानीका क्रममा उनले हाँस्दै भने, “मैले मेरो कुरा गर्नु भनेकोे मेरै बढाईँ गर्नु होइन् र ? यो त आत्मप्रशंसा जस्तै भयो । तर भन्नै पर्छ, मैले कहिल्यै नाजायज काम गरिन । त्यता मेरो ध्यान गएन । मेरो रुची घुस लिने वा अनैतिक सम्पति जोड्नेमा कहिले रहेन । सीडीओ एक पटक भएँ । त्यस पछि मलाई सीडीओ हुने रुची पनि रहेन ।” 

त्यसबेला सीडीओ बन्नका लागि तालिमहरु पनि लिनु पर्दथ्यो । त्यो तालिम एक किसिमले आर्मी र प्रहरीले लिने तालिम जस्तै थियो । घोडा चढ्ने कलादेखि बन्दुक चलाउने मात्रै होईन, बन्दुक सफा गर्नसम्म सिकाइन्थ्यो । विजयले यो तालिम पनि लिएका थिए ।  

\"\"

गृह मन्त्रालयमा जागिर खाएको करिब १० वर्ष पछि उनी पर्साको सिडिओ बनाईए । तर सीडीओले व्यहोर्नुपर्ने चौतर्फि दवावले सीडीओको साख धुमिल बनाउँदै लगेको उनले अनुभव गरे । कहिलेकाँही अञ्चलाधीशले सीडीओलाई अगाडि सारेर उसैको काँधबाट बन्दुक चलाउँथे । यस्तोमा अपजस जति सीडीओको भागमा पर्दथ्यो भने जस जति सबै अञ्चलाधीशले लिन्थे । यस्तै क्रियाकलापले गर्दा उनलाई फेरिफेरि सीडीओ हुने मन मरेर गयो । 

विजयकुमार भन्छन्, “सीडीओ हुँदा नाजायज काम गरेको भए सायद कमाइन्थ्यो होला । किनभने वीरगंजको सीडीओ भनेको पावरफूल सीडीओमा गनिन्थ्यो । तर मलाई अञ्चलाधीश र अञ्चलका नेताहरुको दवावमा काम गर्न मन लागेन । केही वर्ष पर्सामा बसेर म काठमाडौं फर्किएँ । त्यसको केही वर्ष पछि अर्को जिम्मेवारी लिएर म सोलुखुम्बु गएँ ।”

पर्साबाट सोलुखुम्बु ! त्यो पनि सीडीओ नभएर अन्य जिम्मेवारीमा ! उनले यसको कारण पनि बताए । परिवार ठूलो भएकोले तिनको लालनपालनका लागि सोच्नु स्वाभाविक थियो । त्यसैले उनले दूर्गममा भत्ता बढी आउने भएकोले सोलुखुम्बु जाने मन बनाए । उनी सोलु गए र चार वर्ष उतै बसे । 

विजय भन्छन्, “मलाई सीडीओ पद नै मन परेन । सायद कमाउने रहर नभएर होला । रहर हुँदो हो त फेरिफेरि सिडिओ बन्थेँ हुँला । तर मलाई त्यो तनाव झेल्न मन लागेन । त्यस पछि मलाई सीडीओमा जा भनेर कसैले भनेनन् पनि ।”
तीन दशकभन्दा लामो समय सरकारी जागिरमा बिताएका विजयकुमार खनाल २०४९ सालमा रिटायर भए । रिटायर हुँदा उनी स्वास्थ्य मन्त्रालयमा उपसचिव थिएँ । 

आज पनि उनी सम्झिन्छन् बीपी कोइरालाले राजनीति गर्न प्रेरित गरेको सन्दर्भ । तर राजनीतिमा रहर नभएको उनी पछि पनि बताउँदै थिए । तथापि, उनलाई चाबेलका काँग्रेसीहरुले अहिले पनि सम्मान गर्दै आएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  ०९:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro