site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाडोसँगै निमोनियाको जोखिम बढ्यो, यसरी सकिन्छ बच्न

काठमाडौं । सिन्धुपाल्चोककी लक्ष्मी तामाङ आफ्नो ६ महिनाकी छोरी स्नेहा लिएर काठमाडौंस्थित कान्ति बाल अस्पताल आइन् । स्नेहालाई सुरुमा सामान्य खोकी लाग्ने, ज्वरो आउने, स्वास लिन गाह्रो हुनेलगायतका समस्या देखिए । उनले घरायसी औषधी बनाएर खुवाइन् । तर छोरीमा देखिएको खोकी ज्वरो ठिक भएन । 

छोरीलाई नजिकैको फार्मेसीमा उपचारका लागि लिएर गइन् । तर फार्मेसीका चिकित्सकले स्वासप्रश्वासमा समस्या छ, कान्ति बाल अस्पताल लैजानू भने । छोरी लिएर लक्ष्मी कान्ति बाल अस्पताल आइपुगिन् । जाँच गर्दा निमोनिया भएको चिकित्सकले बताए । तीन दिनदेखि छोरीलाई भर्ना गरेर उपचार गरिरहेको लक्ष्मी बताउँछिन् । 

ग्वार्कोेकी ललिता पाठककी ९ महिनाको छोरा सन्देशलाई थरथर काँप्ने, ज्वरो आउने, कोखा हान्ने, रुनेलगायतका समस्या देखिएको थियो । ललिताले छोरालाई लिएर कान्ति अस्पताल पुगिन् । चिकित्सकले सन्देशलाई निमोनिया भएको बताए । हाल सन्देशलाई अस्पतालमै भर्ना गरेर राखिएको छ । 

बालबालिका जन्मेदेखि ६ महिनासम्म आमाको दूधमात्रै खुवाएमा निमोनियाबाट बचाउन सक्ने चिकित्सकहरु बताउँछन् । कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले बालबालिकामा खोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएमा निमोनिया हुने खतरा बढी हुने हुँदा तुरुन्त अस्पताल लैजानुपर्ने बताए । “नेपालमा बालमृत्युदरलाई गणना गर्ने हो भन्ने पहिलो नम्बरमा निमोनिया पर्ने गरेको छ भन्ने दोस्रोमा झाडापखला र कुपोषण रहेका छन्,” उनले भन्ने, “पहिला पाँच वर्षमुनिका बालबालिका बढी देखिने गरेको निमोनिया पछिल्लो समय दुई वर्षमुनिका बालबलिकामा निमोनिया बढी देखिने गरेको छ ।”

वायु प्रदूषण बढी हुने स्थानका बालबालिकामा निमोनिया हुने सम्भावना बढी हुन्ने डा. राईको भनाइ छ । कान्ति बाल अस्पतालका फिजीसियन डा. नन्दकिशोर चौधरीले रुघाखोकी विकसित देशका बालबालिकामा पनि देखापर्ने तर त्यहाँ निमोनिया हुने बालबालिकाको दर कम हुने बताए । “विकसित देशहरुमा पोषणसँगै सबै बालबालिकालाई दिइने सबै खोप नियमित लगाएको हुन्छ,” उनले भने, “अविकसित देशहरुमा बालबालिकामा पोषण मात्रा कम हुनुका साथै खोप पनि नियमित लगाएको हुँदैन ।” अस्पतालमा उपचारका लागि आउने दश जना बालबालिकामा ५ जनामा निमोनिया देखापर्ने गरेको डा. चौधरी बताउँछन् ।

सरकारले दिएका सबै खोप नियमित लगाउँदा पनि निमोनिया हुने दर कम हुन्छ । बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा लगाइदिनुपर्ने र धुलोधुँवाबाट जोगाएमा पनि निमोनियाबाट बच्न सकिने डा. चौधरीको भनाइ छ ।

नेपालमा निमोनियावाट बर्षेनी ५ हजार ६ सय बालबालिकाको मृत्यु हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाबाट हुने बताइएको छ ।

के हो निमोनिया ?
बालबालिकामा धेरै देखिने रोग हो निमोनिया । यो रोग लागेमा फोक्सोका कोषहरू सुनिने र श्वासप्रश्वासमा समस्या आउने हुन्छ । विशेष गरेर निमोनिया ब्याक्टेरिया र भाइरसले गराउँछ । फोक्सोले कार्बनडाइअक्साइड फालेर अक्सिजन लिनुपर्ने हुन्छ । तर लिने ठाउँ नै धुवाँ, धुलोको कारणले ब्लक हुने हुँदा सोही ठाउँमा जम्मा भएर बसिरहन्छ । जसले गर्दा सहजै रूपमा अक्सिजन लिने र फाल्न गाह्रो हुन्छ । 

पहिलो एक पटक निमोनिया देखिएको छ भन्ने पटक पटक दोहोरिने हुन्छ । विशेष गरेर जाडो महिनामा निमोनिया हुने दर बढी हुने चिकित्सक बताउँछन् । डा. राई भन्छन्, “निमोनिया किटाणुले गराउने हुन् । कसैलाई जन्मजात निमोनिया हुन्छ त कसैलाई जन्मेको केहि महिनापछि धुलोधुवाँ, फोहोरमैला र खानपानले हुन्छ ।” 

निमोनियाका लक्षण
श्वास फेर्न गाह्रो हुने 
आखाको दूध चुस्न नसक्ने 
खोकी लाग्ने 
ज्वरो आउने 
छिटो छिटो श्वास फेर्ने
श्वास फेर्दा छाती र करङको भाग धस्सिने

कसरी बच्ने ?
बालबालिकालाई जन्मेदेखि ६ महिनासम्म आमाको दूध नियमित खुवाउने 
६ महिनापछि अन्य पोषणयुक्त खानेकुरासँगै स्तनपान दुई वर्षसम्म गराउने 
घरबाहिर गएर आउँदा साबुनपानीले हात धोएर मात्र बालबालिका छेउमा जाने 
हात नधोइकन बालबालिका समात्ने, अंगालो हाल्ने काम नगर्ने
सरकारले दिएका सबै खोप लगाउने
बालबालिकाको खानपानमा ध्यान दिने 
बजारका खानेकुरा नदिने 
बालबालिकामा रुघाखोकी, ज्वरो, स्वासप्रश्वासमा समस्या देखिए तुरुन्तै चिकित्सककोमा लैजाने

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro