site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
तस्बिर
Sarbottam CementSarbottam Cement

“केटाकेटी खै ?”

“मरे सबै ।”
“हँ के भनेको ? मरे ??”
“हो । आज खुबै बच्चाहरूको याद आएछ त ! हालखबर सोध्न मन पनि लागेछ ।”
“म उनीहरूको बुबा हो, सोधेर के बिराएँ ?”
“तपाईंजस्तो बुबा त भगवानले पनि कहिल्यै कसैलाई नदिऊन् ।”
“तिमी आज यति धेरै किन रिसाएकी ? मैले त केही बुझ्नै सकिरा’ छैन । छिनको छिनमै रिसाइहाल्छ्यौ । अफिसबाट थाकेर आएको छु, त्यसमाथि तिम्रो कचकच सुरु । योभन्दा त अफिसमै पंखा पनि थियो, त्यतै आराम गर्नुपर्ने रहेछ ।”

“पंखा त यहाँ पनि त छ । तपाईं त सुखसयलमा रमाउने मान्छे, यहाँ विराजमान भएर आराम गर्न सक्नुहुन्छ ।”
“तिम्रो अरुलाई उडाउने बानी कहिल्यै सुध्रिने भएन, तिमीले यो चिज दाइजोमै पाएको हुनुपर्छ ।”
“तपाईंले यस्ता खुराफाती कुरा नगरेकै राम्रो । तपाईंको त होस नै हराइसकेको छ ।”
“यहाँ त सबैथोक हराइसकेको छ । तिम्रो त्यो जवानी कहाँ गयो ? अब त म सय वर्षको बूढो नै भएँजस्तो लाग्न थालिसक्यो ।”
“यो त सबै तपाईंको आचरणको नतिजा हो । मैले त आफ्नो उमेर ढल्केको महसुस गरेकै छैन ।”
“मेरो आचरण त्यति कालो पनि त छैन । फेरि तिम्रो लोग्ने भएको नाताले पनि यति महसुस गर्न सक्छु कि तिम्रो जवानी ढल्किँदै छ ।”
“सीधा कुरा गर्नुस् न, किन घुमाइफिराइ गरिरा’को ?”
“छाड यस्ता कुरा । आऊ मायाप्रीतिका कुरा गरौँ ।”
“भर्खरै त भन्दै हुनुहुन्थ्यो कि सय वर्षको बूढोझैँ अनुभव भइरा’छ भनेर !”
“मन त जवानै छ नि ।”

Prabhu Bank
Agni Group
NIC Asia

“तपाईंको मनलाई म के भनूँ र ! तपाईं यसलाई मन भन्नुहुन्छ, यदि कसैले मलाई यसबारे सोध्यो भने यो मन नभई पत्थरको टुक्रा हो भनिदिन्छु । तपाईं माया गर्न जान्नुहुन्छ ? के जान्नुहुन्थ्यो र ! माया त नारीले मात्रै गर्न जानेका छन् ।”
“आजसम्म कति नारीले पुरुषलाई माया गरेका छन्, हिसाब गर त । सधैं पुरुषले नै महिलालाई माया गरेका छन् र त्यसलाई व्यवहारमा उतारेका पनि छन्, महिलाहरू त सधैँ धोकेबाज रहँदै आएका छन् ।”
“झुट । योभन्दा ठूलो झुट हुनै सक्दैन, धोका त सधैँ पुरुषले नै दिएका छन् ।”
“अनि त्यो ब्रिटेनका राजाले सामान्य महिलाका लागि पूरा सिंहासन नै छोडेको कुरा ? के त्यो पनि झुटो र अफवाहमात्रै थियो ?”
“बस, एउटा उदाहरण दिएर मलाई प्रभावित पार्न खोजेको ?”
“हेर, यस्ता हजारौँ उदाहरण छन् । जब पुरुष कुनै महिलासँग प्रेम गरिरहेको छ भने ऊ कहिल्यै पछि हट्दैन । बरु आफ्नो ज्यानको बलि दिन तयार हुन्छ तर आफ्नी प्रेमिकालाई अलिकति पनि चोट पुऱ्याउन चाहँदैन । तिमीलाई थाहा छैन, जब पुरुष प्रेममा पर्छन्, उनीहरूमा कति तागत पैदा हुन्छ ।”
“सबै थाहा छ मलाई । तपाईंले हिजो दराजको ढोका त खोल्न सक्नु भएन, लास्टमा मैले नै जोड लगाएर खोल्नुपऱ्यो ।”
“हेर प्रिय, तिमी अति नै भन्दैछ्यौ । तिमीलाई थाहा छ कि मेरो दाहिने हात दुखिरहेको छ । म त्यो दिन अफिस पनि गएको थिइनँ । दिनभर र रातभर छटपटाउँदै बसेको थिएँ । तिमीले मेरो केही ख्यालै राखिनौ, साथीहरूसँग फिल्म हेर्न गयौ ।”
“तपाईंले त बहाना बनाइराख्नुभाथ्यो ।”

“हे भगवान ! मैले बहाना पो बनाएको ? दुखाइले मेरो हालत खराब भएको थियो । तिमी भन्छ्यौ, मैले बहाना बनाइरा’थें ? धिक्कार छ यस्तो जिन्दगीप्रति ।”
“यो धिक्कार मलाई पठाइएको होला ।”
“तिम्रो बुद्धिको बिर्काे लागेको होला, म त आफ्नै जिन्दगीदेखि रोइरहेको थिएँ ।”
“तपाईं जतिबेला नि रोइरहनुन्छ ।”
“तिमी नै हाँसिरहेकी हुन्छ्यौ नि ! तिमीलाई त कुनै चिजको परवाह नै छैन । बच्चाहरू नर्कमा जाऊन् कि मेरो मलामी निक्लून् । यो घर जलेर खरानी होस्, तिमी हाँसिरहेकी हुन्छ्यौ । यस्तो कठोर हृदयकी महिला त जिन्दगीमा कहिल्यै देखेको छैन ।”
“अहिलेसम्म तपाईंले कति महिला देख्नुभयो ?”
“हजारौँ, लाखौँ । आजकल त सडकमा महिला नै महिला देख्न पाइन्छ ।”
“झुट नबोल्नुस् । तपाईंले कुनै न कुनै महिलालाई विशेष नजरले हेर्नुभएको होला ।”
“तिम्रो विशेष नजरको मतलब के हो ?”
“म तपाईंको रहस्य खोतल्न चाहन्नँ, अब म गएँ ।”
“कहाँ ?”
“एउटी साथीकोमा । आफ्नो दुःखका कथा भन्छु गएर । आफू नि रुन्छु, उसलाई नि रुवाउँछु । अलिकति भए पनि मन हल्का होला ।”
“त्यो दुःख मलाई नै सुनाऊ न । म पनि तिम्रो दुःखको साझेदार बन्ने कसम खान्छु ।”
“कसम ? कहिले पूरा भएका छन् र ?”
“यो त अत्ति भयो है । मैले आजसम्म जति पनि वाचा गरेको छु, सबै पूरा गरेको छु । अस्तिमात्रै तिमीले कपसेट ल्याउन भन्यौ, मैले साथीसँग पैसा सापटी लिएर सुन्दर कपसेट ल्याइदिएँ ।”

Global Ime bank

“बडो उपकार गर्नुभयो नि मेरो, त्यो त तपाईंले आफ्नै साथीको लागि ल्याउनुभएको थियो । त्यसमध्ये दुईवटा कसले फुटायो, त्यो त भन्नू न ।”
“एउटा तिम्रो ठूलो छोरोले फुटायो, एउटा सानी छोरीले ।”
“सारा आरोप उनीहरूलाई नै लगाउनुहुन्छ । ठीक छ अब यो बहस बन्द गरम् । मलाई नुवाउनु छ ।”
“हेर, मैले आजसम्म तिमीलाई कहिल्यै कडाइ गरिनँ । तिमीसँग जहिल्यै नरम व्यवहार गरेको छु । तर, अब अति भयो । तिमी कहीँ जान पाउन्नौ आज ।”
“अरे वाह ! आदेश जारी भो । मलाई आदेश दिने तपाईं को हो ?
“यति छिटो बिर्सिसक्यौ ? म तिम्रो लोग्ने हुँ ।”
“मलाई थाहा छैन लोग्ने के हो भन्ने कुरा । म आफ्नै मर्जीकी मालिक हुँ । म बाहिर जान्छु, हेरौं न कसले रोक्छ ।”
“तिमी जान पाउन्नौ । मेरो फैसला हो ।”
“फैसला अब अदालतले नै गर्नेछ ।”
“अदालतको कुरा कहाँबाट आयो फेरि ? आज तिमी किन यस्ता हावा कुरा गरिरा’को ? काम लाग्ने कुरा गर न । जाऊ नुहाऊ । कमसेकम दिमाग त ठन्डा होला ।”
“तपाईंसँग बसेर त म शिरदेखि पाउसम्म बरफ नै बनेकी छु ।”
“केही महिला आफ्ना पतिसँग खुसी हुँदैनन्, चाहे ऊ जति नै सीधा र सरल होस् । दोष लगाउने कुरा त महिलाको बानी नै हुन्छ । मैले तिम्रा धेरै गल्तीलाई माफ गरेको छु, याद गर ।”

“मैले के गल्ती गरेकी छु र ?”
“पोहोर साल शलगमको तरकारी पकाउने रवाफ देखायौ, साँझ कराई बसालेर सुत्यौ । बिहान भान्छाकोठामा गएर हेर्दा त शलगम पूरै कालो भएको थियो । त्यसलाई निकालेर मैले चिया बनाएँ तर तिमी सुतिरहेकी थियौ ।”
“म यस्तो बकवास सुन्न चाहन्नँ ।”
“तिमी सुन्न चाहन्नौ किनकि यो रत्तिभर पनि झुट होइन । म अक्सर सोच्ने गर्छु कि महिलालाई सत्य कुराले यति धेरै किन चिढ्याउँछ । यदि मैले तिम्रो देबे्र गाला दाहिने गालाभन्दा मोटो छ भनेँ भने तिमी मसँग जिन्दगीभर बोल्दिनौं जबकि सत्य त्यही हो । जुन कुरा तिमी आफैंले पनि महसुस गरिरहेकै छ्यौ होला । त्यो पेपरवेट त्यहीँ राख त खुरुक्क । प्रहरी केस भयो भने बेकार केरकारमा परिन्छ ।”
“मैले पेपरवेट तपाईंलाई हान्न उचालेकी होइन । यो त ठ्याक्कै तपाईंकै अनुहारजस्तो छ । यसको भित्र हावाको बुलबुल छ, त्यो तपाईंको आँखाजस्तो छ । र त्यो रातो रातो छ नि, तपाईंको नाक हो, जुन सधैँ रातै हुन्छ । पहिलोपटक तपाईंलाई देख्दा यस्तो लागेको थियो कि मानौं तपाईंको आँखाको मुुनि गाईको आँखाजस्तै ठाउँमा साङ्ले कीरा बसेको छ ।”
“तिम्रो मन हल्का भयो अब ?”
“मेरो मन कहिल्यै पनि हल्का हुन सक्दैन । भो छाड्नुस् यस्ता कुरा । नुहाइधुवाइ गरी शायद यहाँबाट म सधैँका लागि जान्छु ।”
“जानुभन्दा पहिले यो त बताऊ कि जानेचाहिँ कोसँग हो ?”
“म बताउन चाहन्नँ । तपाईंजस्तो वाहियात मान्छे मैले देखेकै थिइनँ ।”
“अरे, तिम्रा यी सबै कुरा अहिलेसम्म मैले बुझेकै छैन । थाहा छैन तिमीलाई मप्रति यति धेरै गुनासा किन छन् ।”
“एकचोटि आफ्नो कोटको भित्री खल्तीमा हात हाल्नुस् त ।”
“मेरो कोट ? कहाँ छ ?”
“पख्नुस्, ल्याउँछु ।”

“मेरो कोटमा के हुन सक्छ र ? ह्विस्कीको बोतल थियो । त्यो त मैले बाहिरै सकेर फालिदिएको थिएँ । तर, त्यहीँ पनि हुन सक्छ ।”
“यसको भित्रको खल्तीमा हात छिराउनुस् र त्यो केटीको तस्बिर निकाल्नुस्, जोसँग तपाईं आजकल चक्कर चलाइराख्नुभएको छ ।”
“हे भगवान ! तिमीले त झन्डै मेरो सातो नै उडाएकी थियौ । यो तस्बिर त मेरी बहिनीको हो, जसलाई तिमीले अहिलेसम्म देखेकी छैनौ । अफ्रिकामा छिन् । तिमीले त्यो चिठी देखिनौ ? सँगै त थियो, यी हेर ।”
“ओहो ! कति राम्री ! मेरो भाइसँग ठ्याक्कै जोडा मिल्ने रै’छ ।”

अनुवाद: उपेन्द्रराज पाण्डेय

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७३  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय