खेल

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपका निम्ति एक महिनाअघि नै अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेपाली टिमको तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार नेपालले फ्लोरिडामा मे ८ देखि १२ सम्म प्रशिक्षण गर्नेछ । मे १२ मा भिन्सेन्ट प्रस्थान गर्ने नेपालले त्यहाँ मे १३ मा प्रशिक्षण, १४ मा पहिलो प्रशिक्षण खेल, १६ मा दोस्रो र १८ मा तेस्रो प्रशिक्षण खेल खेल्नेछ ।
मे १९ मा नेपाल ह्युस्टन प्रस्थान गर्नेछ । जहाँ नेपालले २१ मेमा प्रशिक्षण र २२ मेमा ह्युस्टन हुरिकेन्ससँग तयारी खेल खेल्नेछ । मे २५ देखि नेपालले आईसीसीको आधिकारिक वार्म अप म्याच खेल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१ १६:२०
प्रतिक्रिया दिनुहोस्