site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
KYGIa0Rgo
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्रमा कमेडियनको भूमिकाले असाध्यै महत्व राख्छ । यही कारणले हलिउड, बलिउड, कलिउडदेखि साउथ इन्डियन फिल्म इन्डस्ट्रीसम्म निर्माण हुने झण्डै प्रत्येक चलचित्रमा कोही न कोही कमेडियन अवश्य हुन्छन् ।

साउथ इन्डियन चलचित्र उद्योगमा यस्तै चर्चित कमेडियन छन् । जसमा सबैभन्दा अघि ब्रम्हानन्दमको नाम आउँछ ।

प्रत्येक चलचित्रमा उनको इन्ट्री नै गज्जबको हुन्छ । उनको डाइलग डेलिभरी, स्टाइल र प्रेजेन्टेसनले नै दर्शक मन्त्रमुग्ध हुन्छन् । साउथ इन्डियन चलचित्र हेर्ने, रुचाउने जोकोही पनि ब्रह्मानन्दमको फ्यान हुन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

‘२४ घण्टामा पाँच लाख रुपैयाँ कमाउँछन् साउथका कमेडी किङ, गिनिज बुकमा छ नाम’ शीर्षकमा अमरउजाला लेख्छः   

तपाईँले यी व्यक्तिलाई साउथ इण्डियनका प्राय सबै चलचित्रहरुमा देख्नु भएको होला । तपाईँलाई थाहा छ, यी व्यक्ति को हुन् ? र, किन प्रत्येक चलचित्रमा देखिन्छन् । उनी हुन् साउथ इन्डियन चलचित्रका महशुर कमेडियन ब्रह्मानन्दम ।

Global Ime bank

ब्रह्मानन्दमको लोकप्रियताको कारण साउथका प्रायः सबै निर्देशकले आफ्नो चलचित्रमा उनलाई लिन चाहन्छन् । यसै कारणले उनले आफ्नो तीन दशकको चलचित्र करियरमा एक हजारभन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । र, राम्रो कमाइ पनि गरेका छन् । 

ब्रह्मानन्दम कलेजमा विद्यार्थीहरुको क्यारिकेचर (मिमिक्री) गर्ने गर्थे । परिवारको आर्थिक अवस्था राम्रो थिएन । उनको परिवारमा उनी नै त्यस्ता एक व्यक्ति थिए जसले एमए गरेका थिए । तर, उनको भाग्य तब खुल्यो जब तेलुगुका एक नामी निर्देशकले उनलाई चलचित्रमा काम दिए ।

तेलुगुका चर्चित निर्देशक जन्धयालाले ब्रह्मानन्दमको ‘मोद्दाबाई’ नामक नाटकमा अभिनय गरेको पहिलो पटक देखे । उनको अभिनयबाट जन्ध्याला यति प्रभावित भए कि उनले ‘चन्ताबाबाई’ नामक चलचित्रमा ब्रह्मानन्दमलाई छोटो भूमिका अफर गरे । र, यसै चलचित्रबाट ब्रह्मानन्दमको फिल्मी करियरको सुरुआत भयो । 

चलचित्रमा ब्रह्मानन्दमको काम निर्देशकलाई यति मनपर्यो कि उनले अरु एक चलचित्रमा पनि काम गर्ने अवसर दिए । चलचित्रमा अभिनय राम्रो गरिसकेपछि सबै निर्देशकहरुको छनोटमा पर्न थाले ब्रह्मानन्दम । उनको भाग्य फेरियो । र, उनले जुन गति प्राप्त गरे त्यो अहिलेसम्म पनि सकिएको छैन ।

६० वर्षको उमेरमा पनि ब्रह्मानन्दम उति नै लोकप्रिय छन्, र उति नै जोशका साथ काम गरिरहेका  छन् । यतिमात्र होइन ब्रह्मानन्दमलाई उनको अभिनयका लागि पाँच नन्दी अवार्डसहित कैयौँ अवार्डस्बाट सम्मानित गरिसकिएको छ । 

ब्रह्मानन्दमको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ता भएको छ । यो  रेकर्ड उनले एउटै भाषामा ७०० भन्दा धेरै चलचित्रमा काम गरेकाले दर्ता भएको हो । जुन अहिलेसम्म उनकै नाममा छ । 

साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा ब्रह्मानन्दमले यति धेरै हिट कमेडी चलचित्र दिएका छन् कि उनलाई त्यहाँको कमेडी किङ भनिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १, २०७३  ०१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय