site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
ट्रम्प ‘...टेप’ र रुसका ‘कठपुतली’ राष्ट्रपति
Sarbottam CementSarbottam Cement

काठमाडौं । डोनाल्ड ट्रम्पले केही सञ्चार माध्यममा छापिएका खबर (‘चुनाव प्रचारमा ट्रम्पको रुससँग साँठगाँठ थियो’ र ‘रुससँग उनको निजी जीवनसँग जोडिएको आपत्तिजनक सामग्री छ ) लाई ‘फर्जी’ भनेका छन् ।

बीबीसीका पल वुडका अनुसार चुनावको केही अघि पनि यसै प्रकारको आरोप लागेको थियो । ट्रम्प अहिले भन्दैछन् – यो सबै मामिला कसरी अगाडि आयो ।

यदि यो विवाद साँचो हो भने रसियाले अमेरिकी राष्ट्रपतिलाई ‘ब्लाकमेल’ गर्न सक्छ । मेरो जानकारीमा सीआइएलाई लागिरहेको छ कि, रुससँग नवनिर्वाचित राष्ट्रपतिसँग सम्बन्धित ‘कमप्रोमाइज्ड’ वा आपत्तिजनक सामग्री छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै एउटा संयुक्त टास्कफोर्स बनाइएको छ जसमा सीआईए र एफबीआई पनि सहभागी छन् । रुसीहरुले चुनावप्रचारका लागि ट्रम्प या उनको कुनै संस्थालाई पैसा पठाएका थिए कि थिएनन् भन्ने कुराको अनुसन्धान भइरहेको छ । 

रसियासँग ट्रम्पका ‘कम्प्रोमाइज्ड’ सामग्री भएको भन्ने दाबी एक पूर्व ब्रिटेन गोप्य एजेन्टले लेखेको रिपोर्टमा गरिएको थियो । एमआई सिक्सको लागि काम गर्ने यी एजेन्ट मस्कोस्थित ब्रिटेन दूतावासाम काम गर्थे । र, रिटायर भएपछि एक कन्सलटेन्सी चलाउँछन् । जो रुसमा व्यापार वा उद्योग सुरु गर्नेहरुलाई सल्लाह दिन्छन् । 

Global Ime bank

एजेन्टले रुसी गोप्य एजेन्सी एफएसबीका कैयौँ पुराना पहिचान भएकाहरुसँग कुराकानी गरेका थिए र ती मध्ये केही सूचनाका सट्टा पैसा पनि दिएका थिए ।

ट्रम्पको एक भिडियो मस्कोस्थित रिट्ज कार्लटन होटलमा बनाइएको ती व्यक्तिले यी एजेन्टलाई भनेका थिए । जसमा उनी धेरै यौनकर्मीसँग उपस्थित थिए । 

एफएसबीलाई पहिले केजबीको नामबाट चिनिन्थ्यो । 

\"\"

मलाई यो कुराको पहिलेनै जानकारी थियो । किनकि राजनीतिको क्षेत्रमा अनुसन्धान गर्ने एउटा संस्थाले यो चुनाव प्रचारको अन्तिम दिनमा यो रिपार्ट देखाएको थियो । यही संस्थाले यो रिपोर्ट ब्रिटेन एजेन्टलाई कमिशन गरेको थियो । हामीले तब यसको प्रयोग गरेका थिएनौँ ।

हामीलाई थाहा थिएन कि, साँच्चै यस्तो टेप त्यहाँ थियो र, हाम्रो तर्क थियो कि, टेपलाई नहेरी हामीलाई कसरी थाहा हुन्थ्यो कि यो दाबी साँच्चैको हो या होइन ।
यो रिपोर्टमा जे लेखेको थियो, त्यो साँच्चै नै रंगीन थियो । यो रिपोर्टको श्रृङ्खला अब इन्टरेनेट न्युज साइट ‘बजफिड’ मा पोस्ट गरिएको थियो ।

ट्रम्प समर्थकहरुको भनाइअनुसार हमला राजनीति विद्वेशले गरिएको थियो । रिसले चुर नवनिर्वाचित राष्ट्रपतिले ट्वीटरमा सोधेका छन्, “के हामी नाजी जर्मनीमा बसिरहेका छौँ ?”

पछि ट्रम्पले एउटा पत्रकार भेटघाटमा भने, “यस प्रकारको रिपोर्ट कहिले पनि लेखिनु हुँदैनथ्यो, र, कमसेकम यसलाई सार्वजनिक गर्नुहुँदैनथ्यो ।” ट्रम्पले भने, “यो मेमो केही मानसिक बिमारीले लेखेका हुन् । र, केही नचाहिँदो कुरालाई एकीकृत गर्ने कोसिस गरिएको हो ।”

विरोधी शोध संस्थाले राष्ट्रपति चुनावको प्राइमरीको समयमा ट्रम्प विरोधी खेमाका लागि काम गथ्र्यो । फेरि चुनावकै समयमा त्यसको फन्डिङ एउटा डेमोक्रेटिक पार्टीको एक अज्ञात समर्थकले गरे ।

तर, यो राजनीतिमाथि लेख्ने पत्रकार होइन, उसको काम कहाँ कारोबार गर्नु आर्थिक दृष्टिले कस्तो हुनेछ भनेर सामान्यरुपमा एमआइसिक्स एजेन्टको कन्सलटेन्सीका माध्यमद्वारा विश्लेषण गर्ने काम हो ।

यस्तो लाग्छ ब्रिटेनको एजेन्टले एफबीआईलाई आफ्नो रिपोर्ट उनको सल्लाहबिना दिएको थियो । तर, निर्वाचित राष्ट्रपतिमाथि कमप्रोमाइज्ड जानकारी भएको दाबी गर्ने एउटै मात्र सूत्र एमआईसिक्स को यो एजेन्टमात्र थिएन ।

मलाई एक पूर्व जासुसले अगस्टमा यो रिपोटका बारेमा बताएको थियो । ती पूर्व जासुसलाई यसको बारेमा ‘पूर्वी युरोपका गोप्य ऐजेन्सीका प्रमुखबाट जानकारी प्राप्त भएको थियो ।’ 

मैले पछि एकजना बिचौलियामार्फत यो केस फाइलमाथि काम गरिरहेका सीआईए एजेन्टलाई केही प्रश्न गरेको थिएँ । र, उनी मसँग सिधा कुरा नगर्नलाई तयार थिएनन् ।

मलाई जवाफ मिल्यो की त्यस्ता टेप एक होइन कैयौँ छन् । अडियो र भिडियो दुवै । छुट्टाछ्ट्टै मितिका । र, कैयौँ स्थानका । मस्कोस्थित रिट्ज कार्लटनतर्फ सेन्ट पीटरबग्र्सको पनि । भनियो कि, ‘टेप सेक्स सम्बन्धि छ ।’ सीआईएलाई लागेको थियो यो दाबी ‘विश्वसनीय’ छ ।

न्युयार्क टाइम्स र वाशिंगटन पोस्टका अनुसार दाबी गरिएका यी रिपोर्ट गत हप्ता राष्ट्रपति ओबामासँग पुगेका थियो, संसदका नेताहरुलाई पनि सुचित गरिएको थियो । र, ट्रम्पलाई समेत बताइएको थियो ।
ट्रम्पले नोभेम्बर २०१३ मा मस्कोको यात्रा गरेका थिए ।

ती टेप त्यसै समयमा बनाएको अनुमान गरिएको छ । एक टीभी फुटेजमा उनी मिस युनिभर्स प्रतियोगितामा देखिएका थिए । मस्कोस्थित कुनै भव्य होटलमा बस्ने कुनै पनि व्यक्तिलाई जानकारी हुन्छ कि, त्यहाँ मिनीबारसँगै क्यामेरा र माइक्रोफोन पनि अवश्य लुकाएर राखिएको हुन्छ ।

आपत्तिजनक जानकारी प्राप्त गर्न रुसी सुरक्षा एजेन्सी विज्ञ छन् । रुसी मामिलाका एक विशेषज्ञले मलाई भने कि, भ्लादिमर पुटिन पनि कहिलेकाहिँ भन्छन्, उनको आपत्तिजनक जानकारी पनि छ ।

तर, हुनसक्छ, पुटिनले रमाइलो गरेर भनेका हुन् । एक विशेषज्ञले मलाई भने, कि एफएसबी अधिकारी ठूला व्यक्तित्वहरुको टेप सार्वजनिक गर्न तत्पर छन् ।

र, यदि यस प्रकारको कुनै दाबी गरिन्छ भने त्यसलाई लिएर सजग हुन आवश्य छ । ट्रम्पले एक एफएसबी अधिकारीसँग टेपका बारेमा कुरा गरेका थिए, सीआईएका एक पूर्व एजेन्टले भने  । उनले भनेका छन्, ‘यो वाहियात हो ।’ तर यो आरोप आधारिहीन हो भनेर ट्रम्प र उनका समर्थक यो सही भनिरहेका छन्  । 
तर, यो मामिला मात्र सेक्सको होइन । पैसाको पनि हो ।

पूर्व एमआईसिक्स एजेन्टले विस्तारमा लेखेका छन् –रुसले ट्रम्पलाई यो भनेर किन्ने कोशिस गर्यो । रुसमा  ट्रम्पलाई नाफाको डिल गर्ने मौका दिइनेछ  भन्ने प्रस्ताव ट्रम्पले अस्विकार गरे किनभने रुसमा उनको व्यवसाय ठूलो छैन ।

तर, एक ज्वान्ट इन्टेलिजेन्स एण्ड ल इन्फोर्समेन्ट टास्क फोर्स यो मामिलाको अनुसन्धान गर्दैछ । १५ अक्टुबरमा युएस सिक्रेट इन्टेलिजेन्स कोर्टले दुई रुसी बैंकलाई अनुसन्धान गर्न वारेन्ट जारी गरेको छ । 

यो खबर मकहाँ धेरै ठाउँबाट आयो । र, यसको प्रमाणिकतामाथि एक व्यक्तिले कुरा गरे । उनलाई म अमेरिकी सुरक्षा एजेन्सीका वरिष्ठ सदस्य भनेर सम्बोधन गर्छु । उनले म आफैँलाई केही भनेनन् । किनकि यसो गर्नु गैरकानुनी हुन्छ । तर, उनले मलाई आफ्नो स्रोतबाट जानकारी पाएको सूचनाहरु सही हो या गलत बताउँदथे ।

म उनलाई भन्दथेँ, ...... म एउटा रिपोर्ट लेख्न गइरहेको छु । यदि मेरो सूचना गलत हुन्थ्यो भने त उनी भन्थे मलाई केही अप्ठ्यारो छैन । उनी मलाई खबरको क्रम बारे बताउँथे । 

गत अप्रिलमा, सीआईए निर्देशकसँग यस्तो गोप्य जानकारी पुग्यो । जसलाई लिएर उनी चिन्तित भए । यो एउटा कुराकानीको रेकर्ड थियो । जसमा अमेरिकी राष्ट्रपति चुनावमा रुसी पैसा दिएको बारे जानकारी थियो । अमेरिकालाई यो जानकारी कुनै बाल्टिक देशको गोप्य एजेन्सीबाट प्राप्त भएको थियो ।  
सीआईए देशभित्र कुनै शहरका विरुद्ध कारबाही गर्न सक्दैनथ्यो । यसैले ६ अमेरिकी गोप्य एजेन्सीलाई मिलाएर एउटा ज्वाइन्ट काउन्टर इन्टेलिजेन्स टास्क फोर्सको गठन गरिएको थियो ।

फेरि यो मामिलालाई गोप्य अमेरिकी अदालतमा लगिएको थियो । यो अदालतले गोप्य मुद्दामा सुनुवाई गथ्र्यो । अदालतलाई दुई रुसी बैंकको इलेक्ट्रोनिक्स रेकर्ड्समाथि ध्यान दिन भनिएको थियो । न्यायाधीशले त्यसलाई गत जुनमा सिधा अस्विकार गरिदिएको थियो ।

जुलाईमा फेरि उच्चस्तरीय रिटका साथ अदालत लगिएको थियो । पुनः अदालतले आदेश दिन मानेको थिएन । अन्तिममा यसको अनुमति मतदानको तीन हप्ता अघि प्राप्त भएको थियो । त्यतिबेलासम्म अदालतमा नयाँ न्यायधीश नियुक्त भइसकेका थिए । 
अदालतको आदेशमा ट्रम्प र उनका नजिकका व्यक्तिको उल्लेख छैन ।

\"\"

यसमा मात्र विदेशी तत्वको कुरा गरिएको छ । जो यस मुद्दामा दुई रुसी बैंक छन् । तर, अन्तिम अनुसन्धान रुसबाट अमेरिका पठाइएको कोष (रकम) को कुरो छ ।

यदि प्रमाणित भए गम्भीर अपराधको मामिला छ । न्याय मन्त्रालयको जानकारी राख्ने एक अधिवक्ताले मलाई भने कि, अनुसन्धान ट्रम्पका तीन नजिकका व्यक्तिलाई लिएर भएको छ ।

उनले भने, “तर, यो साँचो हो कि, ट्रम्पसँग जोडिएको छ ।” मैले ती तीनैसँग कुरा गरेँ जसका बारेमा अधिवक्ताले मलाई बताएका थिए । तर, ती तीनैलाई स्पष्ट भनियो कि, उनीहरुले केही पनि गलत गरेका थिएनन् । 

दुई मध्ये एक रुसी बैंकले कुनै पनि प्रकारको दुराचारलाई अस्विकार गरेको थियो । तर, दोस्रो बैंकले कुनै पनि उत्तर दिएको थिएन । अनुसन्धान चुनावका समयमा पनि जारी थियो ।

यसै समय सिनेटमा टेमोक्रेटिक पार्टीका नेता ह्यारी रिडले एफबीआई निर्देशकमाथि ट्रम्प, उनका नजिकका र रुसी सरकारमाथि विष्फोटक जानकारी लुकाएको आरोप लगाएका थिए । 

अदालती वारेन्टका बारेमा मलाई सीबीआई, एफबीआई र सरकार कसैले पनि जानकारी दिन अस्विकार गरिदियो । यो जानकारीमा छैन कि, ट्रम्प प्रशासनमा सम्पूर्ण अनुसन्धान कसरी अगाडि बढ्छ ।

रुसीहरुले नवनिर्वाचित राष्ट्रपति चुनावलाई कुनै पनि तवरले प्रभावित गर्ने कोसिसलाई अस्विकार गरिदिएको छ । यदि यस्तो कुनै टेप छ भने रुसीले उसलाई दिने छैनन् । यद्यपि केही व्यक्तिलाई आशा छ कि धेरै पैसा कमाउने चक्करमा सायद कसैले एफएसबी अधिकारीलाई टेप जिम्मा लाइदिन सक्छ ।  

चुनावको समयमा ने प्रोनोग्राफिक म्यागेजिन हस्टलरले ट्रम्प टेपका लागि १० लाख डलर दिने घोषणा गरेको थियो । अब यसै प्रकारको अफर त्यस्तै पत्रिका पेन्टहाउसले दिएको छ । यो अत्याधिक आश्चर्यको स्थिति छ, जब १० दिनभन्दा पनि कम समयमा ट्रम्पलाई राष्ट्रपतिको सपथ लिनु छ । यद्यपि चुनाव प्रचारका समय यसमा कम ध्यान केन्द्रित भएको थियो । 

उम्मेद्वारका बीच भएको विवादमा हिलारी क्लिन्टनले ट्रम्पलाई रुसको ‘कठपुतली’ भनेकी थिइन् । जसमा ट्रम्पले उनलाई रोक्दै भनेका थिए, “हैन, हैन तिमी कठपुतली हो,” सीआईएका पूर्व निर्देशकले माइकल मुरले अगस्टमा न्युयोर्क टाइम्समा लेखे, ‘ गोप्य संसारमा, हामी भन्छौँ कि पुटिनले ट्रम्पलाई उनलाई थाहा नदिई रुसको एजेन्ट बनाए ।” एजेन्ट र कठपुतली दुवै शब्दमा नियन्त्रणको भाव निहित छ । 

सीआईए र एनएसएका पूर्व प्रमुख माइकेल हेडनले ट्रम्पलाई यस्ता बेवकुफ भने जसलाई प्रयोग गर्न सकिन्छ । यद्यपि यी शब्दका पछाडि कस्तो कथा छ, यो जानकारी तत्कालीन गोप्य समुदायका बीचमा थियो । र, अब यी दाबीलाई सबै अमेरिकीले सुनेका छन् । 

बीबीसी हिन्दीबाट
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय