site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
प्रधानमन्त्रीको प्रस्तावः निर्वाचनको मिति घोषणा गरौं, मोर्चाले भन्यो–संविधान संशोधन नभई हुँदैन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न प्रस्ताव गरेका छन् ।
कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चामा आवद्ध राजनीतिक दलका नेताहरुको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीका बारेमा जानकारी गराएका थिए ।

“संविधान संशोधन सम्बन्धी प्रस्ताव अघि बढ्छ, प्रक्रिया पनि अघि बढ्छ निर्वाचनको मिति घोषणा गरौं भनेर प्रस्ताव गर्नुभयो,” दाहालको भनाई उद्धृत गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पत्रकारहरुसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

तर आफूहरुले संविधान संशोधन नभई कुनै पनि हालतमा निर्वाचनको मिति घोषणा नगर्न सुझाव दिएको बताए ।

उनले मोर्चा, गठबन्धन  र सरकारका प्रतिनिधि सम्मिलित कार्यदल बनाएर संविधान संशोधन प्रस्तावमा केही थपघट गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
उनले सरकारले नश्लवादलाई प्रोत्साहन हुने गरी नियुक्तिहरु गरिएको भन्दै आपत्ति जनाए ।

Global Ime bank

तर गृहमन्त्री विमलेन्द्र निधिले पत्रकारहरुसँग कुरा गर्दै अब राजनीतिक सहमतिका आधारमा मात्रै संविधान संशोधन प्रस्ताव अघि बढ्ने बताए ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संविधान संशोधन र निर्वाचनका बारेमा छलफल भएको जानकारी दिँदै निर्वाचनसम्बन्धी सबै कानुन बनेपछि मात्रै निर्वाचनको मिति घोषणा हुने बताइन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय