site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘बाहुबली’पछि अब महाभारतः तीन खान, अक्षय र अमिताभ एकैसाथ आउलान ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बाहुबलीका निर्देशक एसएस राजमौलीले पुनः एउटा भव्य चलचित्र निर्माण गर्ने चर्चा चलेको छ । ती चलचित्रमा बलिउडका सुपरस्टारको जमघट हुनेछ । उनीहरूले पहिलो पटक एकैसाथ स्क्रिन शेयर गर्नेछन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार बाहुबलीपछि चाँडै नै राजामौलीले नयाँ काम सुरु गर्नेछन् । मिडियास्रोतका अनुसार यस चलचित्रमा तीन खान– सलमान, शाहरुख र आमिरसँगै अमिताभ बच्चन र अक्षय कुमार पनि सँगै हुन सक्नेछन् । 

जुन विषयमा काम गर्नुपर्ने हो यस विषयमा राजामौलीले चलचित्र निर्माण गर्ने योजनामा काम सुरु गरिसकेका छन् । यो आमिर खानको सबै भन्दा मन परेको विषय हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

र, उनले चलचित्र ‘पीके’को प्रमोशनको समयमा आफैँ भनेका थिए– यदि कोही महाभारतमाथि चलचित्र बनाउँछ भने, त्यसमा उनी काम गर्न स्वीकार गर्छन् । राजामौलीको आगामी चलचित्र अब महाभारतको कथामाथि हुनेछ ।

स्मरणीय यो छ कि, सन् २०१५ मा कमाइको मामिलामा कैयौँ बलिउड चलचित्रलाई पछि पार्दै कीर्तिमानी कायम गरेको चलचित्र ‘बाहुबलीः द बिगिनिङ’को दोस्रो भाग अर्थात् ‘बाहुबली२’ को रिलिजको समय पनि घोषणा भइसकेको छ । 

Global Ime bank

अहिले भने, कुरा महाभारतको– यस कथानकमा चलचित्र निर्माण गर्ने हो भने यो एक, दुई होइन तीन भागमा रिलिज हुनेछ । र, यसको निर्माणमा झण्डै ४–५ वर्ष लाग्न सक्छ । महाभारतको कथामाथि विभिन्न टीभी सिरियल र चलचित्र बनिसकेका छन् ।

तर, ‘बाहुबली’का निर्देशकले यो चलचित्रलाई सुपरहिट बनाउनका लागि केही अरू नै सोचेको हुनुपर्छ । 

वास्तवमा, राजामौली यो चलचित्रमा बलिउडका चर्चित स्टारलाई काम गराउने योजना बनाइरहेका छन् । जसले आजसम्म एकैसाथ काम गरेका छैनन् । अब उनी यो चलचित्रको योजनाअनुसार ‘कास्टिङ’को तयारीमा जुटिइरहेका छन् ।

यसबाहेक यो पनि जानकारी प्राप्त भएको छ कि, यदि स्टारकास्टका साथ यो चलचित्र बन्यो भने,  यो बलिउडकै आजसम्मको सबैभन्दा महँगो ‘प्रोजेक्ट’ हुनेछ । 

हेर्ने हो भने, बलिउडमा ठूला स्टार एकैसाथ काम गर्न हिच्किचाउँछन् । तर, राजामौलीको यस चलचित्रमा काम गर्नका लागि सायद बलिउड सुपरस्टार सँगसँगै रहनेछन् । यदि यस्तो भयो भने, महाभारतको भूमिकाअनुसार कसले कस्तो भूमिका निर्वाह गर्लान् ? हेरौँ –

आमिर खान– राजामौलीको महाभारतमा कृष्णको भूमिकामा आउन बलिउडका ‘पर्फेक्सनिस्ट’ आमिर खानले आफ्नो इच्छा देखाइसकेका छन् । उनलाई कृष्णको भूमिकामा देख्नपाउनु दर्शकका लागि पनि राम्रो अनुभूति हुनसक्छ । 

शाहरुख खान– महाभारतमा युधिष्ठिरको भूमिकाका लागि बलिउडका ‘किङ खान’भन्दा राम्रो को हुन सक्ला, हुन सक्दैन ।

सलमान खान– सलमान खानको दबंग इमेजलाई सुहाउने भूमिका भनेको भीमको चरित्र नै हो ।

अक्षय कुमार– भन्ने नै हो भने, अक्षय कुमारले यसअघि ‘ओ माई गड’ चलचित्रमा कृष्णको चरित्र अभिनय गरिसकेका छन् । तर, महाभारतमा उनलाई कर्णको भूमिका राम्रो हुन सक्छ ।

अमिताभ बच्चन– भीष्म पितामहका लागि अमिताभ बच्चनभन्दा उत्कृष्ट कोही हुन सक्दैन । 

रितिक रोशन– कृष्णका नजिक रहने अर्जुनको भूमिकामा रितिकलाई हेर्न पाउँदा दर्शकलाई असाध्यै मन पर्नेछ । 

तमन्ना भाटिया– द्रौपदीको भूमिकामा ‘बाहुबली’ अभिनेत्री तमन्ना भाटियालाई अभिनय गराउनु एउटा राम्रो निर्णय हुनसक्छ । 

अब हेर्न बाँकी छ, कि बाहुबलीभन्दा पनि ठूलो बजेटको ‘महाभारत’का लागि बलिउडका यी स्टारहरू एकैसाथ आउन तयार छन् या छैनन् । यदि यी तीनै खान, अक्षय कुमारका साथ चलचित्रमा अभिनय गर्न राजी हुन्छन् भने, यो चलचित्रसँग त कुनै पनि बलिउड चलचित्रले प्रतिस्पर्धा नै गर्न सक्दैन नि ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३  ००:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय