site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सीएनएनका रिपोर्टरसँग ट्रम्पको चर्काचर्की, ट्रम्पले भने– सीएनएन फेक न्युज हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछिको आफ्नो पहिलो पत्रकार सम्मेलनमा त्यहाँको एक प्रतिष्ठित समाचार संस्था तथा टेलिभिजन सीएनएनका रिपोर्टरसँग डोनाल्ड ट्रम्पको चर्काचर्की भएको पीटीआईले जनाएको छ ।

पत्रकार सम्मेलनका क्रममा ट्रम्पले सीएनएनका रिपोर्टरलाई प्रश्न सोध्नसमेत रोकेका थिए । त्यतिमात्र नभएर उनले समाचार संस्था  सीएनएनलाई ‘फर्जी न्युज’ भनेर आलोचना गरेका थिए ।
‘बजफीड’ नामक म्यागजिनले अपुष्ट जानकारीका आधारमा ट्रम्पको आपत्तिजनक भिडियो रसियाको गुप्चर निकायसँग भएको भन्नेबारे समाचार छापेको विषयमा सीएनएन रिपोर्टरले प्रश्न गरेपछि उनीसँग ट्रम्पको भनाभन भएको थियो । भनाभनका क्रममा ट्रम्पले त्यस्तो समाचारलाई ‘फोहोरी चिज’को संज्ञा दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार सम्मेलनका क्रममा सीएनएनका ती पत्रकार ‘के म तपाईंसँग प्रश्न सोध्न सक्छु ?’ भन्दै ट्रम्पतिर फर्केर चिच्याएका थिए । ट्रम्पले ‘सक्दैनौ,  किनभने तिम्रो संस्था खराब छ’ भनेर जवाफ दिएका थिए । रिपोर्टरले फेरि सोधे, “तपाईंले हाम्रो समाचार संस्थालाई आक्रमण गरिरहनु भएको छ । एउटा प्रश्न सोध्ने अवसर दिनुहुन्छ महोदय ?” 

ट्रम्पले जवाफ फर्काए, “अशिष्ट नबन्नुस् । म तपाईंलाई प्रश्न सोध्ने अनुमति दिन्नँ, किनभने सीएनएन एक फेक न्युज हो ।”

Global Ime bank

सो अवसरमा ट्रम्पले रसियाका गुप्तचरसँग आफूसँग सम्बन्धित आपत्तिजनक भिडियो रहेको भन्ने सूचना अमेरिकी गुप्तचर निकायहरुले नै चुहाएको हुन सक्ने आरोप लगाएका थिए । ट्रम्पले गुप्तचर संस्थाले यस्तो सूचना चुहाएको भए त्यो लाजमर्दो कदम भएको पनि बताए ।

ट्रम्पले पत्रकार सम्मेलनमा आफूविरुद्ध लगाइएका आरोप झुटोे र कपोल्कल्पित भएको पनि दाबी गरे । “बजफिड र सीएनएनले अपुष्ट दाबीका आधारमा समाचार बनाउने निर्णय गर्र्नु निराशाजनक तथा दयनीय प्रयास हो,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७३  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय