site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘ट्रयाक राम्रो भएको भए रेकर्ड बनाउन सक्थें’
Sarbottam CementSarbottam Cement

इटहरी । विश्वएथलेटिक्सको ट्रयाक विधाको १ सय मिटर र २ सय मिटरमाजमैकन धावक हुसेन बोल्टको नाम सबैले सुन्दै आएको नामहो । यो स्पर्धामाबोल्टको नाममा सबै किर्तिमान छ । जसको कारण विश्वएथलेटिक्समा बोल्टको चर्चा छ ।

ट्रयाक विधाको १ सय मिटर दौडबिजेताविश्वकै सर्वाधिक तीव्र गतीमा दौड्ने व्यक्तिपनि मानिन्छन् । विश्वएथलेटिक्समा सबैभन्दा रुचाइने, हेरिने स्पर्धा पनि यही नै हो । विश्व खेल जगतमा यस स्पर्धाको चमक बेग्लै छ ।

त्यसैले त मध्यपश्चिममाञ्चल क्षेत्रबाट प्रतिनिधित्व गर्ने छोटो दूरीका २४ वर्षीय धावक यामसजन सुनार बोल्टले सहभागिताजनाउने स्पर्धा १ सय र २ सय मिटर दौडमा दौडन थाले । आफूले खेल्दै आएको स्पर्धा परिवर्तन गरे । अहिले यामसजनले आफूलाई प्रमाणित गरिसके । यस दुवै विधातर्फ आफूलाई नेपालकै तीव्र गतीका धावक बनाउन सफलभएका छन् । बृहत राष्ट्रिय खेलकुदको पहिलो सहभागिता मानै दुवैमा स्वर्ण तथा ४ गुणा १०० मिटर रिलेमायामसजनको टिम मध्यपश्चिमले रजतजित्यो  ।

Prabhu Bank
Agni Group
NIC Asia

“पहिले खेल्दै आएको स्पर्धा मलाई खासै मन लागेन । त्यसमापनि म च्याम्पियन नै थिँए । तर, मलाई सबै हिसाबले यो स्पर्धा ठिक लाग्यो । मैले ट्राइ गरें, सक्ने जस्तो लागेपछियताआएँ,” पूर्वाञ्चलमाजारी सातौं राष्ट्रिय खेलकुदमा सय र २ सय मिटरमादुवै विधातर्फ स्वर्ण जितेपछि यामसजन सुनारले बाह्रखरीसँग भने, “अन्तराष्ट्रिय खेलमा यो स्पर्धा जतिचर्चा छ । नेपालमापनिचर्चित छ, मिडियालगायत सबै क्षेत्रमा । खेल खेलर पहिलो हुनमात्र ठूलो कुरा हैन । पपुलारिटीको पनि कुरा आउँछ ।मलाई पनित्यो क्राउड मन पर्यो । म यताहोमिएँ । ”

आफ्नो स्पर्धा परिवर्तन गरेपछि यामसजनलाई  सुरुआतमा केही गाह्रो भयो । तर उनले आफूलाई मनले खाएको स्पर्धामा सफलहुन् धेरै मेहेनत गरे । त्यसैले त अहिले आफूलाई स्थापित गरे ।

Global Ime bank

यामसजनबोल्टको फ्यानहुन् । उनलाईबोल्टसँग सँगै ट्रयाकमा दौडने इच्छापनि छ । उक्त सपना साकार पार्न यामसजनलगभग ९ महिनापछि लन्डनमा हुने विश्वच्याम्पियनसिपमा सहभगिता जनाउन चाहन्छन् । “अबको मेरो योजना लन्डनमा हुने विश्वच्याम्पियनसिप खेल्नु रहेको छ । त्यहाँबोल्टलगायत सबै एथलेटिक्सका हस्तीहरु देखिने छन्,“ यामसजनले भने ।

विश्वएथलेटिक्स बोल्टको नामजति छ नेपालमापनियामसजनको नाम चर्चीत छ ।  यामसजनको केही आचरण बोल्टसँग पनि मिल्छ । बोल्ट जसरी दौड पूरा गर्दा अन्य खेलाडीलाई पछि फर्केर हेर्छन्, यामसजन त्यसै गर्छन् । तर, दौड पूरा गर्दा यामअझै आक्रामकपनि हुन्छन् । सय मिटरको दौड पूरा गर्दा उनले चिच्याएकाथिए “यामसजनलाई जित्ने कोही छैन ।”

फेरी दोस्रो दिन २ सय मिटरमा स्वर्ण जित्ने बेलादर्शकले नेपालएपीएफकाआशिषचौधरीलाई समर्थन गरी हुटिङ गरिरहेको अवस्थामायामसजनले ‘को आशिष?कहाँ छ आशिष?’  भन्दै दौड पूरा गरेका थिए ।

\"\"

तर, यसलाई यामसजन सामन्य मान्छन् । त्यसलाई जीतको भावनात्मकबिस्फोट मान्छन् । र, यसलाई मनमा नराम्रो रुपमा नलिन पनि अनुरोध गर्छन् । “खेलाडीहरु एग्रेसिभ हुन्छन् । त्यसमाथिआफ्नो विषयमाब्याक बाइटिङ भइरहेको हुन्छ, फेरी दौडीरहेको बेला अनेक कुरा खेलिरहेको हुन्छ । शरीरका ज्ञानेन्द्रीयहरुले सामान्य अवस्थामा कामगरिरहेको हुँदैन,“यामसजनले भने, “दौडीरहँदाअन्य खेलाडीको हुटिङ आउादाझन् तनाव हुन्छ तर, जब आफूले जित्न सफलभइन्छ । त्यो बेलाआफूलाई गर्व हुन्छ र त्यस्ताआवाजआँफै बिस्फोट हुन्छ, त्यो मलाई सामान्य लाग्छ ।”

ट्रयाकमा आक्रामक रुपमा प्रस्तुतहुने यामसजनआफूले सहभागिताजनाउँदै आएको स्पर्धा लङजम्प र ट्रिपल जम्पलाई चटक्क छाडेर यस स्पर्धामाआएकाहुन् ।   उनले छोटो समयमै आफूलाई प्रमाणित गरे । जाजरकोटमा जन्मिएकायामसजन पुरानो स्पर्धा बिट मार्दै १ सय र २ सय मिटर दौडमा राष्ट्रिय कीर्तिमान स्थापित नै गरिसके । त्यसैले त यामसजन अभिमानले भन्छन् – “यो स्पर्धामा (छोटो दुरी) मलाई जित्ने कोही छैन । आफूले ठोकुवागर्न मिल्दैन नत्रमलाई यो स्पर्धामा हार्छु भन्ने फिटिक्कै लाग्दैन ।”

यामसजनले २०१४ मा दक्षिण कोरियामाभएको इन्चोन एसियाडको छनोटमा १ सय मिटर दौडमा १० दशमलब३ सेकेन्डको दूरी निकाल्दै राष्ट्रिय किर्तिमानबनाएकाथिए ।  २ सय मिटरको राष्ट्रिय कीर्तिमानयामसजनकै नाममा छ । यामसजनले डेढ वर्षअघि २१ दशमलब ४१ सेकेन्डको समय निकाल्दै राष्ट्रिय रेकर्ड बनाएकाथिए । इटहरी रंगशालाको ट्रयाकमा सय मिटरमायामसजन चाहन्छन् आफूले बनाएको रेकर्ड आफैले ब्रेक गर्न । तर, नेपालमा सिन्थेटिक ट्रयाक नहुने कारण आफूलाई ग्राहो भएको उनले सुनाए ।

“मैले यही पटक दुवैमा रेकर्ड बनाउने थिए, यहाँको ट्रयाक राम्रो भएको भए । तर यो ट्रयाक बालुवा जस्तै छ । यहाँ दौडन ग्राहो छ नत्र रेकर्ड बनाउनकुनै समस्या थिएन,” यामसजनले आफ्नो प्रतिद्वन्दीलाई निकै पछि पारेको भन्दै सुनाए, “तपाइँले रिजल्ट्स हेर्न सक्नु हुनेछ । मरो मात्र १० सेकेन्ड आएको छ, अरुको ११ सेकेन्ड आएको छ । यो स्पर्धामा यो ज्ञाप भनेको धेरै हो । हामी केही खेलाडी राम्रो भएर मात्र हो नत्र दौड्न नै गाह्रो छ ।”

हुन त यामसजनबहुप्रतीभाभएको एथेलेट हुन् ।सबै विभागीय टोलीबाट कन्ट्याकमा खेलिसकेका यामसजनले आफ्नो खेल करियरको सुरुआती स्पर्धामापनि स्वर्ण नजितेका हैनन् । यामसजनले पाँचौं र छैटौं बृहत् राष्ट्रिय खेलकुदप्रतियोगितामालङजम्पमा स्वर्ण पदकहातपारेका थिए । त्यस्तै उनले छैटौं राष्ट्रिय खेलकुदमाउनले ट्रिपल जम्पमा रजतजितेका थिए ।

त्यसपछि भने उनले आफ्नो स्पर्धा परिवर्तन गरे । अब भने उनको लक्ष्य ४ मिटरमा स्वर्ण जित्ने छ । आफ्नो स्पर्धा परिवर्तन गर्दै धेरै पटक च्याम्पियन भैसकेका यामसजनले भने, “मैले पाचौं र छैटौंमापनिगोल्ड मेडल जितेका थिएँ । त्यसैले मलाई खासै हार्न आउँदैन । आफैलाई मूल्यांकनगर्न मिल्दैन तर म आफैलाई चिनाउनु पर्दा म मल्टीट्यालेन्ट खेलाडी हँु भन्न रुचाउँछु । आफूले रुचाएको विषयमाबिजेताबन्न चाहन्छु ।”

यामसजन खेलमामात्रच्याम्पियन हैन । पढाइमापनिअब्बल छन् । उनले खेलसँगै अध्ययनलाई पनि सँगसँगै लागेका छन् । “खेलपछि मेरो दोस्रो रोजाई पढाइ हो । म विद्यार्थी हुँ त्यसैले खेलको अलावा मैले पढाइलाई पनि अघि बढाउँदै छु । मैले फिजिक्समाबीएस्सी सकें । अब डिग्री गर्ने विचार छ,” उनले सुनाए ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७३  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement