site stats
बाह्रखरी :: Baahrakhari
विचार
नेपाल प्रज्ञा प्रतिष्ठान, संयुक्त वर्ण र विद्यार्थीको सिकाइ

सर्वप्रथम वर्ण विन्यासले वि.सं.२०३४ हुँदै २०४० देखि सुधारको बाटो हिँड्न थालेको देखिन्छ । नेपाली बृहत् शब्दकोशले (२०४०ः१९—२१) यस्तो सुधारलाई मुख्य आधार बनायो । शब्दकोशले भने उल्लेख गरेजति सुधारलाई न्यून प्रवेश दिएको छ । उक्त पृष्ठ १९—२१ मा सर्वप्रथम वर्ण विन्यासका सुधार प्रक्रिया स्थापित भएको देखिन्छ । स्थापित वर्ण विन्यासका नियम र त्यसपछिका विविध प्रकाशनलाई तुलना गर्दा झन् मेल देखिँदैन । बेमेलको प्रभाव नेपालका सञ्चार गृह, पत्रपत्रिका र सरकारी कार्यालयमा आजसम्म पर्दै आएको छ । त्यसैले साइन बोर्ड, संसद्बाट पारित कानुन, संविधान, विद्तीय सञ्जाल, विद्युतीय र प्रकाशन गृहका प्रकाशन, विद्यालयका विविध विषयका गुरुवर्गका लेखनमा समेत प्रशस्त बेमेलबाट उत्पन्न वर्ण विन्यास सम्बन्धी विविधता देख्न सकिन्छ ।  
नेपाली बृहत् शब्दकोशमा (२०४०ः१९—२१) स्थापित भएका सुधारलाई क्रमशः नेपाल प्रज्ञा प्रतिष्ठानका वर्ण विन्यास विषयक अधिगोष्ठी (वि.सं.२०५७) र नेपाली भाषा सङ्गोष्ठीका (वि.संं.२०६७) निष्कर्ष र निर्णयले क्रमशः अनुसरण गर्ने प्रयास गरेका छन् । ती अनुसरणका प्रयास अहिलेको प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्बाट नभई विद्वत् भेलाबाट भएका थिए । त्यसलाई आधार बनाएर प्रतिष्ठानले शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रमा मिति २०६९ जेठ २६ गते वर्ण विन्यास सम्बन्धी सुधारको सुझाउ पठायो ।

यता प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश नबौँ संस्करण बाहिर आयो । आएपछि देखिएका वर्ण विन्यास सम्बन्धी विवाद र धारणालाई मत्थर गराउन वि.सं.२०७३ कार्तिक ३० गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्को निर्णय भनी वर्ण विन्यास सम्बन्धी निर्णय बाहिर आएको छ । यस निर्णयलाई विभिन्न प्रकाशन गृह र संस्थाबाट प्रज्ञा प्रतिष्ठान पूर्वनिर्णयबाट पछि हट्यो भनेर स्वागत पनि गरेका छन् । यसमा नेपाली बृहत् शब्दकोशको नबौँै संस्करणका वर्ण विन्यासको केही पक्ष सच्याउने,  विस्थापित प्रविष्टि राख्ने, शुद्धिपत्र सार्वजनिक गर्ने र दसौँ संस्करणमा त्यसलाई समावेश गर्ने, यसले निर्णय गरेका वर्ण विन्यासमा प्रज्ञाका प्रकाशन गराउने र मानक वर्ण विन्यासको विमर्श चलाउने जस्ता पाँच ओटा निर्णय देखिन्छन् ।

वर्ण विन्यासको केही पक्ष सच्याउने निर्णय अन्तर्गत वर्ण विन्यास सम्बन्धी संयुक्त व्यञ्जन, नेपाली वृहत् शब्दकोश २०५८ र २०६७ अनुसारको प्रविष्टि, पदयोग र पद वियोग, ह्रस्वदीर्घ, सकार जस्ता पाँच ओटा पक्ष छन् । पाँच वटामध्ये संयुक्त व्यञ्जन अर्थात् खुट्टो काटिएको द् वर्णसँग यो लेख सम्बन्धित छ । किनभने नेपाली बृहत् शब्दकोशको नबौँ संस्करणका द् वर्णसँग जोडिएर आउने शब्दका मूल प्रविष्टि, उपप्रविष्टि र अर्थ लेखनमा द् नलेखी द्य, द्व, द्ध अर्थात् बुद्ध, युद्ध द्वन्द्व, विद्या लेखी सच्याउने उल्लेख रहेको छ । यस सम्बन्धमा गुरु व्याकरणमा देखिने संयुक्त वर्ण सम्बन्धी दृष्टिकोण, स्वयं प्रज्ञा प्रतिष्ठानका पूर्वनिर्णय, पाठ्यक्रम विकास केन्द्रको प्रकाशन शैली पुस्तिका र  अनुसन्धानका निष्कर्ष समेत आकर्षित भएकाले संक्षेपमा नेपाली संयुक्त वर्णको स्थिति प्रस्ट्याउन खोजिएको छ । 
संयुक्त व्यञ्जन वर्णका बारेमा सोमनाथ सिग्द्यालको गुरु व्याकरण मध्य चन्द्रिका (२०२३) ले बढी ध्यान दिएको देखिन्छ । यस व्याकरणमा (२०४३ ः९) संयुक्त व्यञ्जन वर्णलाई घन संयोग र शिथिल संयोग भन्ने दुईथरि नाम दिइएको छ । घन संयोग भनेको बुद्ध (बुद्ध) युद्ध (युद्ध) सुन्दछ, उद्भव (उद्भव), उद्धरण, (उद्धरण), उद्देश्य (उद्देश्य), बुद्धि, उत्पत्ति, पद्म (पद्म), छद्म (छद्म), बल्ल जस्ता शब्द उच्चारण गर्दा अघिल्लो स्वरमा जोड पर्ने संयुक्त व्यञ्जन वर्ण हुन् ।

शिथिल संयोग भनेको विद्या (विद्या), गद्य (गद्य) पद्य (पद्य), खाद्य (खाद्य) भन्यो, देख्यो, ग¥यो जस्ता शब्दका पछिल्लो स्वरमा जोड पर्ने र खुकुलो उच्चारण हुने संयुक्त व्यञ्जन वर्ण हुन्, यसमा प्रज्ञा परिषद्को निर्णय नम्बर क आकर्षित भएको छ  । घन संयोग भएका संयुक्त वर्णको मिश्र उच्चारण हुँदैन, जस्तै, बस्छ, बुद्ध, खिन्न आदि । शिथिल संयोग भएका संयुक्त वर्णको मिश्र उच्चारण हुन्छ, जस्तै विद्या, बस्यो, प्वाल आदि ।

यस्ता दुबैथरि संयुक्त व्यञ्जन वर्ण देवनागरी लिपिमा लेख्दा माथि उदाहरण दिए झैँ कतै जोल्ट्याएर कतै नजोल्ट्याई लेख्ने प्रचलन देखिन्छ । अर्थात् यो द् कतै जोल्टिन्छ, कतै जोल्टिन्न । क्रियापदमा भने द् को खुट्टो काटेर य वर्णसँग (कुँद्यो, खाँद्यो, छाँद्यो, लाद्यो, उठ्यो, चुट्यो, कुट्यो, खुट्यो, रह्यो ) नजोल्टिएको देखिन्छ । क्रियामा जोल्ट्याएर हुने खाँद्यो, साँद्यो, लाद्यो, छाद्यो, पाद्यो लेख्ने प्रचलन छैन । त्यसैले द् जोल्टिएर वा नजिोल्टिईकन लेखिने, कतै मिश्र र कतै अमिश्र उच्चारण हुने वर्ण हो ।

हाम्रा परम्परामा कतै उच्चारण फरक तर लिपि एउटै भएका संयुक्त वर्ण देखिन्छन्, जस्तै ः पद्य, गद्य पद्म बुद्ध आदि । द् को खुट्टा काटेर लिपि एउटै बनाउँदा उच्चारण फरक भए पनि लिपिमा एकरूपता आउँछ, बाल बालिकालाई मिश्र वर्ण चिन्न र उच्चाण गर्न सजिलो हुन्छ । हाम्रा ङ, छ, ट, ठ, ड, ढ, द, ह जस्ता पाइ नदेखिने वर्णलाई संयुक्त वर्ण बनाउँदा खुट्टा काटेर संयुक्त वर्ण बनाउने चलन छ । द् को खुट्टो काटिनुमा  (गोद्यो, साँद्यो आदि) यही चलनले काम गरेको छ । नेपाली भाषामा यस्ता संयुक्त वर्णहरुको मिश्र उच्चारण हुँदैन, जस्तै- बुद्ध, क्रुद्ध, शुद्ध, बुद्ध कुट्छ, बढ्छ आदि ।

यस्ता संयुक्त वर्णमा मिश्र उच्चारण हुन्छ, जस्तै गद्य, पद्य, बस्यो, उठ्यो,ब्लक, र्याल, प्वाल, रह्यो, खाद्य आदि । बुद्ध शुद्ध लाई बुद्ध र शुद्ध लेख्दैमा मिश्र उच्चारण हुने होइन । जोल्ट्याएर लेखने र नलेखिने संयुक्त वर्ण अशुद्ध नभएकाले परम्परादेखि चल्दै आएका दुबै संयुक्त वर्णलाई विकल्प सहित शब्दकोशमा प्रविष्टि दिनु विवेकपूर्ण हुने छ । देवनागरी लिपिमा लेखिने भाषामा जोल्ट्याएर वा नजोल्ट्याई लेख्ने चलन छ ।

अहिले विद्धुतीय सञ्जालको र संस्कृत हिन्दी भाषाका विद्यतीय छपाइमा उक्त दुई किसिमको (जोल्टिएको र नजोल्टिएको) दलाई प्रयोग गरिएको पाइन्छ । 
नेपाल प्रज्ञा प्रतिष्ठानको वि.संं २०६७ मा भएको भाषा सङ्गोष्ठीको पृष्ट नम्बर १५५ को निर्णय नम्बर (घ) मा संयुक्त व्यञ्जनहरुलाई यथासम्भव हलन्त व्यञ्जनका साथ लेख्न प्रोत्साहित गर्ने (बुद्धि, विद्वान्, विद्या, बुद्धि) भनिएको छ । ङ, छ, ट, ठ,ड, ढ, द जस्ता व्यञ्जन वर्णहरु हलन्त व्यञ्जन साथ मानक नेपाली भाषा लेखनमा प्रयोग हुँदै आएका छन् ।

त्यस कारण उल्लिखित घ नम्बरको निर्णयलाई स्वामित्वमा लिन यस निर्णय अनुसार लेखिएका संयुक्त वर्णलाई पनि वैकल्पिक प्रयोगमा ल्याउन आवश्यक छ । वैकल्पिक प्रयोगमा राखियो भने मात्र  नेपाल प्रज्ञा प्रतिष्ठानले मिति २०६९ जेठ २६ गते पठाएको वर्ण विन्यास सुधारको सुझाउ र सुझाउ अनुसार पाठ्यक्रम विकास केन्द्र भक्तपुरबाट प्रकाशित प्रकाशन शैली पुस्तिका (२०७०ः४१) को छपाइ प्राज्ञिक ठहर्छ ।  

किनभने शैली पुस्तिकाले प्रयोगमा ल्याएका संयुक्त व्यञ्जनहरु बालमैत्री छन् । यिनले विद्यतीय सञ्जालमा प्रचलित नेपाली, हिन्दी र संस्कृत भाषालाई अनुसरण समेत गरेका छन् । तसर्थ प्रज्ञा प्रतिष्ठानको गत कार्तिक ३० गतेको निर्णयले अशुद्ध भन्दैमा विद्धुतीय सञ्जालमा प्रचलित भइसकेको खुट्टा काटिएको द् अशुद्ध हुँदैन । किनभने भाषाको नियम प्रयोक्ताहरुको प्रयोगले निर्धारण गर्छन् । 
पङ्तिकारबाट गरिएको “प्राथमिक विद्यालयमा अक्षर लेखन समस्याको अध्ययन”ले (२०५४ः२४—२८) संयुक्त अक्षरको हस्त लेखन, अनुलेखन, श्रुति लेखन र उच्चारणमा समेत विद्यार्थीहरुलाई कमजोर  देखाएको छ । हालसम्म भएका अन्य अनुसन्धानले पनि विद्यार्थीहरुको सिकाइ क्षमता कमजोर रहेको बताएका छन् ।

उता केदार भक्त माथेमा र मीन बहादुर विष्टले पनि आफ्नो प्रसिद्ध अनुसन्धानमा “विद्यार्थीहरुको क्षमता प्रदर्शन उनीहरुको भाषिक दक्षतासँग सम्बन्धित हुन्छ भन्ने कुरा उत्तर पुस्तिकाको विश्लेषणले देखाएको छ” भनेका छन् । प्राथमिक तहमा अक्षरै नचिन्ने, उच्चारण गर्न नजान्ने विद्यार्थीहरुको सिकाइ क्षमता बढ्ने कुरै भएन । उनीहरुको सिकाइ क्षमता बढाउन संयुक्त अक्षर लेखन र उच्चारणको ठुलो महत्व रहन्छ । प्रज्ञा प्रतिष्ठानले आफ्नो शब्दकोशमा विद्यार्थीहरुको सिकाइ क्षमता कमजोर नबनाउन संयुक्त वर्णलाई (खुट्टो काटेका) प्रवेश दिनु आवश्यक छ । 
यत्तिखेर उक्त संयुक्त वर्ण सम्बन्धी निर्णयलाई प्रयोगमा ल्याउँदा प्रज्ञा प्रतिष्ठानकै पूर्वनिर्णय, आपैmँले दिएको सुझाउ, विद्यालयका अनुसन्धानका निष्कर्ष, पाठ्क्रम विकास केन्द्र, विभिन्न शोधार्थीका लेखन, जर्नलका प्रयोग, बालमैत्री, नेपाली, हिन्दी र संस्कृत भाषाका विदधुतीय सञ्जाल र नेपाल सरकारको अहिले चलिरहेको राष्ट्रिय पढाइ कार्यक्रमलाई समेत ध्यान दिनु पर्ने देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७३  १०:४२
प्रतिक्रिया दिनुहोस्