site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । चिनियाँ ठेकेदार चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले अर्को शुक्रबारदेखि रसुवागढी जलविद्युत् आयोजनाको काम सुरु गर्ने भएको छ ।
प्रवद्र्धक रसुवागढी हाइड्रोपावर लिमिटेड र सीडब्ल्यूईका भाइसप्रसिडेन्टद्वय वाङ र जियाङबीच भएको वार्तापछि  आउँदो मंसिर १० गते शुक्रबारदेखि आयोजनाको काम सुचारु गर्ने सहमति भएको छ । ठेकेदारले उठाउँदै आएको सुरक्षाको मुद्दालाई परामर्शदाता र सीडब्ल्यूईका प्रतिनिधिले अध्ययन गरेपछि आवश्यक सुरक्षाको व्यवस्था गर्न रसुवागढी सहमत भएपछि ठेकेदादार फर्किन सहमत भएको हो । ठेकेदार आज बिहीबारदेखि आयोजनास्थलमा काम सुरु गर्नका लागि आवश्यक पुर्वतयारीमा जुटेको रसुवागढीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । 
सीडब्ल्यूईका भाइसप्रसिडेन्टसँग छलफल भएपछि सबै विवादित विषयमा सहमति जुटेको उनले जानकारी दिए । उसले उठाउदै आएको सुरक्षाको मुद्दालाई आवश्यकता अनुसार आयोजनाले सम्बोधन गरिदिने सहमति भएको छ । ठेकेदार काममा परिचालन भएपछि आयोजनाको काम सक्ने नयाँ कार्यतालिक तया गर्ने उनले बताए । यसअघि गत कात्तिको दोस्रो साता सीडब्ल्युई सशर्तका साथ काममा फर्कने सहमति जनाएपछि सीडब्ल्यूईको केन्द्रीय कार्यलयबाट भाइसप्रेसिडेन्ट आएर बाँकी विवाद समधान भएको  हो । “ बाह्रखरीसँग कुरा गर्दे कोइरालाले भने “अब आयोजनाको काम सुचारु भयो, कुनै समस्या छैन ।” आयोजना र ठेकेदारबीच विवाद बढेपछि ठेक्का तोडिने अवस्थामा पुगेको थियो ।
वर्षातका कारण लगातार पहिरो र ढुङा खस्ने काम नरोकिएपछि सीडब्ल्यूईले सुरक्षाको कारण देखाउँदै गत साउन २६ देखि काम पूर्ण रुपमा बन्द गरेको थियो । साउनसम्म दैनिक ४ सय मजदुरले आयोजनाको काम गरिरहेकोमा पहिरो र ढुङा क्याम्प र आवासगृहमा खस्न थालेपछि साउन २६ देखि ठेकेदारले एकपक्षीय रूपमा काम बन्द गर्ने पत्र दिएपछि आयोजनाको काम ठप्प हुँदै आएको छ ।  
भूकम्प र नाकावन्दीले आयोजनाको काम १ वर्षभन्दा बढी ठप्प भएपछि यसको असर आयोजनामा परेको छ । आगामी भदौमा आयोजन सम्पन्न गर्ने लक्ष्य लिएकोमा सन् २०१९ को मध्यमा सम्पन्न हुने अनुमान गरिएको छ । यद्यपी आयोजनाले म्याद थप भने गरेको छैन । ठेकेदार, परामर्शदाता र आयोजनाबीच आपसी सहमतिमा आयोजनाको म्याद थप र नयाँ कार्यतालिका तयार हुने छ । 
भूकम्प र नाकावन्दीले र नेपाली रुपैयाँ डलरसँग अवमूल्यन भएपछि आयोजनाको लागत १५ प्रतिशतसम्म बढ्ने देखिएको छ । भूकम्पले भएको क्षतिको पूर्ति बिमाले गर्ने भएपनि नाकावन्दीको असरको क्षतिपूर्ति आयोजनाले तिर्नुपर्ने छ । आयोजना सुरु हँुदा १ डलर बराबर ८० रुपैयाँ रहेकोमा अहिले नेपाली रुपैयाँ अवमूल्यन भएर १०७ पुगिसकेको छ । आयोजनाको काम ३० प्रतिशत सम्पन्न भएको छ ।  आयोजनाको कुल लागतको ७० प्रतिशत डलर र ३० प्रतिशत मात्र रुपैयाँमा भुक्तानी हुनेछ । 
निर्माण अवधिको व्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ । रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीयबासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ । प्रवद्र्धकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी सेयर संरचना तयार गरिएको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७३  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय