site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
व्यावसायिक कफी खेती गर्ने कृषकलाई सुविधै सुविधा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । ठूलो क्षेत्रफलमा व्यावसायिक रुपमा कफी खेती गर्ने कृषकलाई सरकारले विशेष सुविधा दिने भएको छ ।
कफी गर्ने कृषकलाई सरकारले सिँचाई, विद्युत्, सडक पूर्वाधार, कफीका विरुवा साथै अन्य सहयोगसमेत गर्ने बताएको छ । १२ औँ राष्ट्रिय कफी दिवस मनाउँदै सरकारले कफी खेती गर्ने किसानलाई उत्साहित बनाउन सुविधाहरु दिने घोषण गरेको हो । 
विदेशमा नेपालमा उत्पादन भएको कफीको उच्च माग भए पनि उत्पादन बढाउन नसके पछि सरकारले यस्तो सुविधा सार्वजनिक गरेको हो । कफी दिवसलाई सम्बोधन गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले सरकारले व्यावसायिक रुपमा कफी खेती कृषकलाई सहुलियत तथा सेवा सुविधा घोषणा गरेका हुन् । 
गौतममा अनुसार देशभरका जुनसुकै स्थानमा व्यावसायिक रुपमा कफी स्टेट सञ्चालन गर्नेहरुलाई कफीको विरुवा, मल तथा आर्थिक रुपमासमेत सरकारले सहयोग गर्नेछ । यसैगरी कफी स्टेट सञ्चालन हुने ठाउँसम्म सडक निर्माण, विद्युत् तथा सिँचाइको सुविधासमेत उपलब्ध गराउने उनले प्रतिवद्धता गरे ।
“विदेशमा नेपाली कफीको वार्षिक ८ हजार टन कफीको माग छ” गौतमले भने, “नेपालमा कुल ५ सय टन पनि कफी उत्पादन छैन् ।” उनका अनुसार  अर्गानिक र उच्च गुणस्तरको कफी भएकै कारण नेपालमा उत्पादित कफीको माग बढी भएको हो । 
नेपालमा हालसम्म कुल २६ सय ८२ हेक्टर क्षेत्रफलमा मात्रै कफी उत्पादन हुने गरेको छ । कफी उत्पादन बढाउन भन्दै बोर्डले यो वर्ष कफी रोप्ने वर्षसमेत भनेर घोषण गरेको छ । बोर्डले गत वर्ष नर्सरी वर्ष भन्दै १० हजार भन्दा बढी कफीको विरुवा उत्पादन गरेको छ । कफी वर्षको घोषणा भने कृषि मन्त्री गौरीशंखर चौधरीले गरेका हुन् । कफी दिवसकै अवसर पारेर राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेदेखि लागु हुने गरी कफिको न्यूनतम समर्थन मूल्य तोकेको छ । बोर्डका अनुसार गत वर्षभन्दा यस वर्ष कफीको मूल्यमा प्रतिकेजी ३ देखि २५ रुपैयाँले वृद्धि भएको छ । बोर्डले कफीलाई तीन तहमा बर्गीकरण गरेर न्यूनतम मूल्य निर्धारण गरेको छ । जसमा ‘फ्रेस चेरी ए’ ग्रेड कफीको मूल्य प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।
यो मूल्य गत वर्षको भन्दा ३ रुपैयाँले बढी हो । त्यस्तै ‘फ्रेस चेरी बी’ ग्रेडको मूल्य ७८ रुपैयाँ तोकिएको छ । यो मूल्य पनि गत वर्षको भन्दा ३ रुपैयाँले नै बढी हो । फ्रेस चेरी कफी भन्नाले कृषकबाट उत्पादित ताजा प्याक गरिएको र पानीमा डुबेको कफी हो । यसैगरी ‘पर्चामेन्ट ए’ ग्रेडको कफी प्रतिकिलो ४ सय १५ रुपैयाँ तोकिएको छ । यो मूल्य गतवर्षको भन्दा १५ रुपैयाँले बढी हो । त्यसै गरी ‘पर्चामेन्ट बी’ ग्रेडको कफीको मूल्य भने प्रतिकिलो ४ सय रुपैयाँ निर्धारण गरिएको छ । 
बोर्डका अनुसार यो मूल्य गतवर्षको भन्दा २५ रुपैयाँले बढी हो । त्यस्तै ग्रेड एको ‘ड्राइ चेरी’ को मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँ, बी ग्रेडको प्रतिकिलो १ सय र सी ग्रेडको ४० रुपैयाँ तोकिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । मागभन्दा उत्पादन कम नेपालबाट विदेश निर्यात हुने बस्तु मध्ये कफी एक महत्वपूर्ण कृषिजन्य उत्पादन हो । तर, स्वदेश तथा विदेशमा कफीमा माग बढ्दो छ । 
कफी व्यवसायी भरत रेग्मीसहित तीन उद्योग सम्मानित 
हिमालय अनटप अर्गानिक कफी स्टेटका प्रवन्ध निर्देशक भरत रेग्मीलाई सम्मान समेत गरेको छ । गुणस्तरीय कफी उत्पादन गरी बजार प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याए वापत चिया तथा कफी विकास बोर्डले सम्मापन गरेको हो । त्यसैगरी, नुवाकोटमा रहेको कफी स्टेट, कोटेश्वरमा रहेको हिमालय अरबिका कफी उद्योगलाई पनि सम्मान गरेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७३  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय