site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौं । नेपालका लागि जेसीबी हेभी मेसिनको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स प्रालिले नेपालमै पहिलो पटक भू–उपग्रहकका माध्यमबाट मेसिनको निगरानी तथा हेरचाह गर्ने अत्याधुनिक प्रविधि ‘जेसीबी लाइभलिंक’ सार्वजनिक गरेको छ । 
‘जेसीबी लाइभलिंक’ मार्फत ‘टेलिम्याटिक सिस्टमका माध्यमबाट जेसीबी मेसिनको टाढाबाटै निगरानी राख्न सक्ने कम्पनीले जनाएको छ । करिब २ वर्ष अगाडि नै छिमेकी राष्ट्र भारतमा सार्वजनिक भइसकेको यो प्रविधि नेपालमा भने कम्पनीमा प्रवन्ध निर्देशक विष्णु अग्रवालले राजधानीमा आयोजित एक कार्यक्रम माझ यसको सुरुआत गरको हुन । 
कम्पनीले अहिले तीनवटा मेसिनमा जीपीएसको मार्फत यो प्रविधि जडान गरेर काम गरिरहेको जनाएको छ । अब भने मंसिरदेखि आउने सबै जेसीबीका हेभी मेसिनमा यो प्रविधि अनिवार्य रुपमा जडान भएर आउने उनले बताए । पुराना प्रयोगमा आइरहेको मेसिनको हकमा भने आउँदो फागुनदेखि सुरु गर्ने उनले बताए ।
“हेभी मेसिनामा यो प्रविधि प्रयोग गर्दा ग्राहकलाई थप ६० हजार रुपैयाँ थप पर्ने हुन्छ” अग्रवाललले भने “तर आफ्नो समानको पूर्ण हिफाजात हुने र अफरेसन शुल्कमा भने २५ देखि ३० प्रतिशत कम गर्न सकिन्छ ।” जुन प्रविधि आज हामीले नेपाल प्रवेश गराएको छौं त्यसैको मद्दतबाट मेसिनको निगरानी र उत्कृष्ट प्रयोगलाई प्रत्याभुत गर्न तयार गरिएकको छ । 
खास विशेषता के–के त ? 
यो प्रविधिले जेसीबी मेसिनहरुको सर्भिस, अपरेसन, सेक्युरिटी (एसओएस) को बारेमा महत्पूर्ण जानकारी दिने कम्पनीको दाबी छ । यो प्रविधि पहिलै सञ्चालनमा रहेका जेसीबी ब्याकहो लोडरमा समेत रेट्रोफिटिङ गर्न सकिने सुविधा छ । जेसीबी मेसिन चोरिएको अवस्थामा भू–उपग्रहको माध्यमबाट ट्रयाक गर्न सकिन्छ । यो प्रविधि प्रयोग गरेपछि आफनो मेसिन कहाँ छ, के काम गरिरहेको छ, कुन अवस्थामा छ, मेसिनका इन्धन कति बाँकी छ भने कुरा पनि अफिसमै बसेर तथा मोबाइलमा आउने एसएमएस बाट पनि थाहा पाउन सकिन्छ । 
साथै मेसिन कति चल्यो, कति सयम अफ गरेर अपरेटरले मेसिन राखेको छ, मेसिनको अवस्था के छ, सर्भिस कहिले गर्ने र सामानको पार्टपुर्जा चोरी भएको अवस्था, इन्धन चोरी भएको अवस्था समेत ट्रयाक गर्न सकिने कम्पनीले जनाएको छ । लाइभलिंकमा विशेष ‘जियोफेन्स’ सुविधा पनि दिइएको छ । जस्का कारण कुनै बेला मेसिन वर्किङ आवर भन्दा बढी चलेको खण्डमा समेत मालिकलाई जानकारी गराउँछ । 
यो प्रविधि जडान गर्दा मालिकहरुलाई अपरेटरहरुले झुटो बोल्न पनि नसक्ने कम्पनीको दाबी छ । सन् २००३ बाट नेपालमा प्रालीले डिलरसिप लिएको थियो । १३ वर्षको अवधिकै कम्पनीले ५० प्रतिशत बजार हिस्सा ओगटन सफल भएको अग्रवालले बताए । साथै , ब्याकहो लोडरमा भने ७० प्रतिशत बजार हिस्सा रहकेको उनले दाबी गरे । 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro