site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलेखानी जलाशयमा पानीको सतह ८ मिटर कम
काठमाडौं । ऊर्जाको ब्याकपअपको रूपमा रहेको कुलेखानी जलाशयमा पानीको सतह गत वर्षको भन्दा ८ मिटर कम भएको छ । 
कुलेखानी आसपास क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण जलाशय नभरिएको हो । हाल जलाशयमा पानीको सतह १ हजार ५२२ मिटरभन्दा अलि बढी छ । कुलेखानी जलाशयको उचाइ १ हजार ५३० मिटर छ । जलाशय सञ्चालन नभएकाले पानी भरिने क्रम जारी रहेको नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख विष्णु श्रेष्ठले बताए । 
दिनको ४ सेन्टिमिटरका दरले पानीको सतह बढ्दै गएको उनले जानकारी दिए । उपत्यकाको माग व्यवस्थापन गर्न कहिलेकाहीँ साँझ केही मिनेटमात्र विद्युत् गहृ सञ्चालन भएको उनले बताए । उनका अनुसार यही गतिमा बढेमा सतह १ हजार ५२४ मिटर पुग्नेछ । 
हाल विद्युत् माग १ हजार ३ सय मेगावाट र आपूर्ति ९ सय मेगावाट भइरहेको छ । अझै प्रणालीमा ४ सय मेगावाट अपुग भएको उनले बताए । माग र आपूर्तिको अवस्था हेर्दा मंसिरभर काठमाडौं उपत्यकामा लोडसेडिङ हुने सम्भावना नरहेको श्रेष्ठको भनाइ छ । त्यसपछि माग र आपूर्तिमा निर्भर रहने उनले जानकारी दिए । आपूर्ति घटेमा पुसदेखि लोडसेडिङ केही घण्टा हुने उनको अनुमान छ । 
सरकारले उपत्यकालाई लोडसेडिङमुक्त बनाउने हाल परीक्षण गरिरहेको जानकारी दिएको छ । आउँदो हिउँदमा लोडसेडिङ हटाउन भारतबाट ६ सय मेगावाटसम्म बिजुली आयतको तयारी भइरहेको छ । हाल भारतबाट ३ सय मेगावाट बिजुली आयात भइरहेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ न्यूनीकरण नभई मुक्त गर्न सरकार लागिपरेको बताएका छन् ।
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro