site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खराब कर्जा बढेपछि एनआईडीसीको नाफा घट्यो
काठमाडौं । एनआईडीसी डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा नाफा आधा घटेको छ ।
चालु आवको पहिलो त्रैमाशमा बैंकले २ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ करोड बढी नाफा कमाएको थियो । गत आवमा बैंकले कुल ४० करोड ४८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको खराव कर्जा अनुपात बढी रहेकाले व्यवस्थापन गर्दा नाफा घटेको देखिन्छ । बैंकले सोमबार सार्वजनिक गरेको पहिलो त्रैमाशको वित्तीय विवरण अनुसार खराव कर्जा झन्डै १६ प्रतिशत हाराहारीमा पुगेको छ । 
चालु आवमा बैंकले १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । समीक्षा अवधिमा बैंकले २ अर्ब २९ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ बढी छ । बैंकका चुक्तापुँजी ४१ करोड ५८ लाख रुपैयाँ छ । आगामी असारसम्म बैंकले चुक्तपुँजी बढाएर साढे २ अर्ब रुपैयाँ पु¥याउनु पर्ने छ । 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro